Dictionary

All Word

65151 भरभर क्रि.वि. २. शरीरमा मसिना पिड्का वा खटिरा भरिएर निस्कँदै।
65152 भरभराइ ना. भरभराउने क्रिया वा प्रक्रिया।
65153 भरभराइनु अ.क्रि. भरभर शब्द निस्कनु; भरभराउने होइनु।
65154 भरभराउँदो वि. १. धुवाँ नपुतपुताई राम्ररी बलेको; ढकढकाउँदो; दनदनाउँदो; झरिलो (आगाको फिलिङ्गो)।
65155 भरभराउँदो वि. २. यशको प्राप्ति, अनुहारको तेज आदिले उज्यालो भएको; झरझराउँदो।
65156 भरभराउनु अ.क्रि. दाउरा, काठपात आदि बल्दा चिसो, हावा आदिका कारणले भरभर गर्नु; भरभर शब्द निस्कनु।
65157 भरभित्तो क्रि.वि. क्षमताले भ्याएसम्म; टुङ्गो पुऱ्याएर; यथाशक्य; भरमग्दुर; भरिभित्तो।
65158 भरमग्दुर क्रि.वि. ताकतले भ्याएसम्म; सकुन्जेल; सकेसम्म; भरभित्तो ; भरमौर।
65159 भरम ना. १. भ्रम। वि.
65160 भरम ना. २. ज्यादै निर्बलियो।
65161 भरमार वि. मात्राभन्दा पनि बढ्ता; यथेष्ट; पर्याप्त; थुप्रै।
65162 भरमौदुर क्रि.वि. भरमग्दुर।
65163 भरसक क्रि.वि. हुन र मिल्न सम्भव भएसम्म; सकभर; भरमग्दुर।
65164 भरस्ट वि. १. भ्रष्ट।
65165 भरस्ट वि. २. चारैतिर बिग्रेको; लथालिङ्ग।
65166 भराइ ना. भर्ने भाव, क्रिया वा प्रक्रिया।
65167 भराइ ना. भराउने क्रिया वा प्रक्रिया।
65168 भराइनु क.क्रि. भर्न लाइनु।
65169 भराउनु प्रे.क्रि. १. भर्न लाउनु; पुराउनु।
65170 भराउनु प्रे.क्रि. २. क्षतिपूर्ति गराउनु; तिराउनु।
65171 भराउनु प्रे.क्रि. ३. बुट्टा, रफ्फु आदि भर्ने काम गराउनु।
65172 भराउनु प्रे.क्रि. ४. नपुग पूरा गर्न लाउनु।
65173 भराभर ना. १. धमाधम भर्ने काम। वि.
65174 भराभर ना. २. भरिभराउ; भरिपूर्ण।
65175 भरि ना. यो. १. कुनै शब्दको उत्तरपदका रूपमा आएर जति, सम्म, पर्यन्त, तक आदि अर्थ बुझाउने पदांश (दिनभरि, समयभरि, आँखाभरि, मुटुभरि इ.)। क्रि.वि.
65176 भरि ना. यो. २. कुनै खास सीमा, स्थान वा समयसम्म; भर; तक।
65177 भरि ना. यो. ३. सबै ठाउँमा; सर्वत्र।
65178 भरित वि. भरिएको; परिपूर्ण; टनाटन।
65179 भरिनु क. क्रि. कुनै वस्तु भाँडाकुँडामा भरी हालिनु।
65180 भरिपूर्ण वि . परिपूर्ण; भरिभराउ।
65181 भरिभन्ड क्रि.वि. १. जतासुकै अस्तव्यस्त भएर छरिने गरी; छ्याल्लब्याल्ल।
65182 भरिभन्ड क्रि.वि. २. जथाभाबीसँग ; नाश हुने चालले; मनपरी।
65183 भरिभराउ वि. १. कुनै वस्तु वा पात्र पूर्णरूपले भरिएको; परिपूर्ण; टनाटन। ना.
65184 भरिभराउ वि. २. भराउने वा तिराउने काम; भराइ; दिलाइ; भर्ना।
65185 भरिभित्तो क्रि.वि. हे. भरभित्तो।
65186 भरिया ना. भारी बोकेर जीवननिर्वाह गर्ने व्यक्ति; कुल्ली।
65187 भरिलो वि. पोटिलो; परिपुष्ट; खँदिखँदाउ।
65188 भरिसक्के / भरिसक्य क्रि.वि. बल, बुद्धि वा क्षमताले भ्याएसम्म; अवस्था र तागतले धान्नेजति; सकेसम्म; सकभर; यथाशक्य।
65189 भरी वि. १. भरिएको; भरिभराउ; टनाटन।
65190 भरी वि. २. पूर्ण; पूरा। विप. रित्तो।
65191 भरुवा वि. १. भरिएको; हालिएको।
65192 भरुवा वि. २. भर्नुपर्ने; भरिने।
65193 भरुवा वि. ३. भर्ने; नाप्ने (मानापाथी )। ना.
65194 भरुवा वि. ४. बारुद, छर्रा आदि हालेर हानिने वा पड्काइने बन्दुक।
65195 भरे क्रि.वि. १. दिन सकिने बेलामा; घाम डुब्न लागेपछि; बेलुकीपख।
65196 भरे क्रि.वि. २. भविष्यमा ; परन्तुमा ; पछि।
65197 भरेभोलि क्रि.वि. १. आजैको दिन वा भोलिसम्ममा।
65198 भरेभोलि क्रि.वि. २. एक दुई दिन वा दुईचार दिनपछि, छिट्टै भविष्यमा।
65199 भरेङ ना. हे. भऱ्याङ।
65200 भरेली वि. १. अन्न, फलफूल आदि वस्तु फलेर भरिनलागेको वा सबै पाकेको; लटरम्म।