Dictionary

All Word

65201 भरेली वि. २. भरिभराउ; प्रशस्त।
65202 भरेली वि. ३. सिङ्गै; पूर्ण (भरेली जून आदि)।
65203 भरेल्ती क्रि.वि. १. भरिने गरी; लटरम्म भएर।
65204 भरेल्ती क्रि.वि. २. सबैजस्तो; पूर्णतः।
65205 भरोस/भरोसा ना. १. कुनै काम, व्यवहार आदिमा अरूबाट हुने भरको आशा वा विश्वास।
65206 भरोस/भरोसा ना. २. आधार; भर; आश्रय; टेको।
65207 भरौट ना. १. भाडा; ज्याला; मजदुरी।
65208 भरौट ना. २. भर्ने तथा भरिने काम वा स्थिति; भराइ।
65209 भरौटे वि. १. ज्याला लिएर अरूको काम गर्ने।
65210 भरौटे वि. २. भाडा वा ज्यालामा ल्याइएको; भाडाका पछि लाग्ने; भाडाको टट्टू।
65211 भरौटे वि. ३. चाहिने वा नचाहिने किसिमले भरिने ( मानिस, चिज इ. )। ना.
65212 भरौटे वि. ४. भरिया; कुल्ली।
65213 भरौटे वि. ५. भाडामा लिइएको व्यक्ति वा माल।
65214 भर्कनु अ.क्रि. तर्सेर कुद्नु वा भर्र उड्नु; भड्कनु।
65215 भर्काइ ना. भर्कने क्रिया वा प्रक्रिया।
65216 भर्काइनु क.क्रि. भर्कने पारिनु; भड्काइनु।
65217 भर्काउनु प्रे.क्रि. भर्र उडाउनु; भड्काउनु।
65218 भर्किनु अ.क्रि. भर्कने होइन; भड्किनु।
65219 भर्खर क्रि.वि. केही बेर मात्र अघि; थोरै समयपहिले; भक्खर।
65220 भर्खरको वि. १. केही समय मात्र पहिलेको; तत्कालैको।
65221 भर्खरको वि. २. जवानी चढेको; नौजवान। स्त्री. भर्खरकी।
65222 भर्जनी ना. नाउ लाग्ने ठुलो नदी; महानदी।
65223 भर्ता १ वि. १. भोगपोषणको अभिभारा वहन गर्ने; पालन- पोषण गर्ने (व्यक्ति)। ना.
65224 भर्ता १ वि. २. लोग्ने; पति।
65225 भर्ता २ वि. १. भरिएको; टन्न भएको।
65226 भर्ता २ वि. २. पूरा; भरी। ना.
65227 भर्ता २ वि. ३. भर्ती।
65228 भर्ताल ना. जुवाको खेलमा च्याँखेहरूलाई तिर्नुपर्ने रकम।
65229 भर्ती ना. १. कुनै कामका निम्ति गरिने नियुक्ति; भर्ना।
65230 भर्ती ना. २. पल्टन आदिमा भर्ना हुने काम।
65231 भर्ती ना. ३. गर्भधारण। वि.
65232 भर्ती ना. ४. भरिएको; भर्ता।
65233 भर्ती केन्द्र ना. पल्टन आदिमा भर्ती हुने मुख्य ठाउँ।
65234 भर्तीवाल वि. १. भर्ती भएको।
65235 भर्तीवाल वि. २. सेनामा भर्ना भएको; रिक्रूट गरिएको। ना.
65236 भर्तीवाल वि. ३. उक्त प्रकारको मानिस; लाहुरे। स्त्री . भर्तीवाल्नी।
65237 भर्तीवाला वि. १. सेना आदिमा भर्ना गर्न पठाउने; गल्लावाल। ना.
65238 भर्तीवाला वि. २. त्यस्तो काम गर्ने मानिस। स्त्री. भर्तीवाल्नी।
65239 भर्तृ ना. १. पति; लोग्ने।
65240 भर्तृ ना. २. स्वामी; मालिक।
65241 भर्तृ ना. ३. विष्णु।
65242 भर्तीमती ना. पति जीवित रहेकी स्त्री; सधुवा स्त्री।
65243 भर्तृहरि ना. पछि प्रसिद्ध कवि र योगी भएका उज्जैनका एक राजा; नीतिशतक, वैराग्यशतक, शृङ्गारशतक आदि संस्कृत ग्रन्थका रचयिता; भरथरी।
65244 भर्त्सना ना. १. कसैलाई दिइने धम्की; हप्कीदप्की।
65245 भर्त्सना ना. २. कुनै अभद्र र निन्दनीय कामप्रति प्रकट गरिने क्षोभ; निन्दा; गाली; खेद।
65246 भर्थरी ना. १. राजा भर्तृहरिको कथा, गुणगान आदि सुनाउँदै नेपाल र भारतका गाउँगाउँ चहार्ने गेरुवाधारी जोगी; भरथरी।
65247 भर्थरी ना. २. भर्तृहरि।
65248 भर्ना ना. १. कुनै पद, काम आदिमा मानिसहरू नियुक्त गर्ने काम; नियुक्ति; भर्ती; भरना।
65249 भर्ना ना. २. एक वस्तुको सट्टामा अर्को वस्तु दिने काम; क्षतिपूर्ति गर्ने काम; सट्टाभर्ना; बदला; सट्टा।
65250 भर्ना ना. ३. नपुग भएको वस्तु पूरा गर्ने काम।