Dictionary

All Word

65351 भविष्य ना. २. पछि आउने समय; अहिलेभन्दा पछि। वि.
65352 भविष्य ना. ३. पछि हुने।
65353 भविष्य कथन ना. भविष्यवाणी।
65354 भविष्यत् ना. १. आउने समय; आगामी काल। वि.
65355 भविष्यत् ना. २. पछि हुने; भावी।
65356 भविष्य काल ना. १. वर्तमान समयभन्दा पछि आउने समय; आउँदो समय।
65357 भविष्य काल ना. २. व्याकरणमा भविष्यमा घटित हुने सूचना दिने क्रियाको रूप (लेख्नेछु, आउनेछौँ, हेर्नेछ इ.)।
65358 भविष्य पुराण ना. व्यासद्वारा रचित अठार पुराणमध्ये भविष्यका घटना वा कुरालाई सङ्केत गरी लेखिएको एक पुराण; अठार महापुराणमध्ये एक।
65359 भविष्यवक्ता ना. पछि हुन सक्ने कुरालाई पहिले नै घोषित गर्न सक्ने व्यक्ति; भविष्यवाणी गर्ने मान्छे ( ज्योतिषी, विचारक आदि)।
65360 भविष्यवाणी ना. पछि हुन्छ भनेर पहिले नै ठोकुवा गरिएको कुरा; पूर्वघोषित वाणी।
65361 भविष्यवाद ना. परम्पराप्रति विद्रोह गर्ने, भाषिक प्रयोग र अभिव्यक्तिका दृष्टिले नवीनता दिन खोज्ने र घनत्ववाद जस्तै सम्पूर्णतालाई व्यक्त गर्न चाहने साहित्यिक वाद।
65362 भविष्यवादी वि. भविष्यवादको अनुयायी वा समर्थक।
65363 भव्य वि. १. हेर्दैमा सुन्दर एवं विशाल; हुनेसम्मको; सानदार।
65364 भव्य वि. २. कल्याणकारी; मङ्गलदायक; शुभ। ३ उपयुक्त; योग्य; सुहाउँदो।
65365 भव्य वि. ४. प्रसन्न तथा शान्त।
65366 भव्यता ना. भव्य हुनाको अवस्था वा भाव।
65367 भसक्क क्रि.वि. कुनै वस्तु एकाएक डढ्ने वा बिग्रने गरी; भुसुक्क।
65368 भसभस क्रि.वि. १. खुरुखुरु डढ्ने वा खतम हुने गरी।
65369 भसभस क्रि.वि. २. खुकुलो जमिन भस्किने चालसँग; फसफस।
65370 भसभसी क्रि.वि. अझै भसभस भएर।
65371 भसरभुँडी वि. अलपत्रे; भसार।
65372 भसाइ ना. १. भासिने क्रिया वा प्रक्रिया। [भसाउ+आइ]
65373 भसाइ ना. २. भसाउने क्रिया वा प्रक्रिया।
65374 भसाइनु क.क्रि. गहिऱ्याइनु; गडाइनु; डुबाइनु।
65375 भसाउनु स.क्रि. १. कुनै वस्तुलाई गिलो वा गहिरो ठाउँमा ठोकेर वा छोपिने गरी गाड्नु; खाँद्नु।
65376 भसाउनु स.क्रि. २. जग्गाजमिनको माटो फालेर गहिरो पार्नु; गहिऱ्याउनु।
65377 भसाउनु स.क्रि. ३. कसैलाई अप्ठ्यारो स्थितिमा पार्नु; उक्सन नसक्ने बनाउनु।
65378 भसाभस क्रि.वि. १. कुनै काम धमाधम हुने गरी; सरासर।
65379 भसाभस क्रि.वि. २. सबै डढ्ने किसिमले।
65380 भसार वि. केही पनि स्याहारसम्भार गर्न नजान्ने; अलपत्रे; फोहोरी।
65381 भसारे वि. भस्रक्क परेर बसिरहने; भसार।
65382 भसार्नी वि. अलपत्रे; फोहोरी (स्त्री)।
65383 भस्कनु अ.क्रि. फस्को वा फुको जमिन आदि भासिनु।
65384 भस्काइ ना. भस्कने क्रिया वा प्रक्रिया।
65385 भस्काइनु क.क्रि. भस्कने पारिनु; भत्काइनु।
65386 भस्काउनु स.क्रि. १. फस्को जमिन थिची ठोकी गहिऱ्याउनु वा भत्काउनु; भसाउनु।
65387 भस्काउनु स.क्रि. २. खुब खन्नु; भास्तु।
65388 भस्काउनु स.क्रि. ३. धेरै काम गर्नु।
65389 भस्किनु अ.क्रि. भस्कनु।
65390 भस्म ना. १. कुनै पनि वस्तु जलेर भएको खरानी; विभूति।
65391 भस्म ना. २. आयुर्वेदका विधिले विभिन्न धातुउपधातु जलाएर बनाइएको औषधी।
65392 भस्मकारी वि. डढाएर भस्म पार्ने।
65393 भस्म खरानी ना. सत्यानाश (प्रायः सराप्ता आउने)।
65394 भस्मसात् वि. डढेर पूरा खरानी भएको ; खाक भएको।
65395 भस्मावशेष वि. डढेर खाक भई खरानी मात्र रहेको।
65396 भस्मासुर ना. पुराणमा वर्णित, शिवजीको तपस्या गरेर कसैको शिरमा हात राख्दा त्यो व्यक्ति जलेर भस्म हुने वरदान पाएको, पछि आफ्नै शिरमा हात राखिन जाँदा जलेर मरेको दानव।
65397 भस्माभुटी टु. केही नभएको अवस्था; भुटिभाटी।
65398 भस्मीभूत वि. डढेर खरानी भएको; भस्म भएको।
65399 भस्मे वि. १. भस्म पार्ने। ना.
65400 भस्मे वि. २. डढेलो लगाई फाँडफुँड आदि पारेर कमाइ लगाइने पाखो बारी; खोरिया।