Dictionary

All Word

65401 भस्मे ठुँडो ना. भस्मेठुटो।
65402 भस्मे ठुटो ना. १. बलेर बचेको कालो ठुटो।
65403 भस्मे ठुटो ना. २. एकदमै कालो वा अँगारजस्तो मानिस।
65404 भस्मे माटो ना. खोरियापाखो डढेलो लगाई फाँडेपछिको कालो मलिलो माटो।
65405 भस्मेली वि. १. भस्मेमा बस्ने वा हुने।
65406 भस्मेली वि. २. भस्मसम्बन्धी; भस्मको।
65407 भस्याकभुसुक क्रि.वि. आगो पूरै निभ्ने किसिमले।
65408 भस्योट ना. भासिने खालको जमिन; भासिलो जग्गा।
65409 भा ना. १. चमक; दीप्ति; कान्ति।
65410 भा ना. २. छटा; छवि; शोभा।
65411 भा ना. ३. विद्युत्; बिजुली।
65412 भाँग ना. हे. भाङ।
65413 भाँच्नु स.क्रि. कुनै लाम्चो वस्तुलाई टुक्र्याउनु; तोड्नु।
65414 भाँचकुँच ना. दोबारेर भाँच्ने तथा थिचेर कुच्च्याउने काम; भाँचभुँच।
65415 भाँचभुँच ना. भाँचकुँच।
65416 भाँचाभाँच ना. धमाधम भाँच्ने काम; परस्परको भँचाइ।
65417 भाँचिनु क.क्रि. १. भाँच्ने काम गरिनु। अ.क्रि.
65418 भाँचिनु क.क्रि. २. टुक्रिनु; टुट्नु; ठुन्किनु।
65419 भाँचीकुँची ना. १. भाँच्नेकुच्च्याउने काम; भाँचकुँच। क्रि.वि.
65420 भाँचीकुँची ना. २. भाँचकुँच पारेर।
65421 भाँचो ना. १. डन्डीबियोको खेलमा पाँचको गन्ती।
65422 भाँचो ना. २. सो गन्तीमा बियो हान्ने काइदा वा त्यस्तो हनाइ।
65423 भाँचो ना. ३. झटारो।
65424 भाँज ना. १. लुगाफाटा पट्याउने र दोब्र्याउने काम।
65425 भाँज ना. २. त्यस्तो पट्याएको र दोब्र्याएको ठाउँ; तह।
65426 भाँज ना. ३. जुक्ति; उपाय।
65427 भाँजा ना. जीवजन्तुहरूलाई थिचेर मार्न तिनीहरूको बाटो पत्ता लगाई दायाँबायाँ राखिने काठका मुढाहरूको धराप; खोर; पासो।
65428 भाँजी / भाँजो ना. कुनै काम वा व्यवहारमा पर्न आउने व्यवधान; विघ्न; बाधा।
65429 भाँटी ना. छालाको थैलोजस्तो पारेर बनाइएको, आगो फुक्ने साधन; खलाँती।
65430 भाँड्नु स.क्रि. १. हुन लागेको कामकुरो बिगार्नु; बिचैमा बिथोल्नु।
65431 भाँड्नु स.क्रि. २. नराम्रो बाटो वा नजाती लतमा लाग्नु; बराल्नु; बिगार्नु।
65432 भाँड्नु स.क्रि. ३. कसैलाई बिभिन्डिने स्थितिमा पुऱ्याउनु; भड्काउनु।
65433 भाँड ना. १. गाएर वा नाचेर जीविका चलाउने परम्परा भएको एक जात। स्त्री. भँडिनी; भँडेनी।
65434 भाँड ना. २. भाँड्ने चाल। वि.
65435 भाँड ना. ३. अनावश्यक रूपमा वा जानीजानी झैझमेला गर्ने; कचिङ्गल मच्चाउने; जथाभाबी बोल्ने।
65436 भाँड गीत ना. भाँड-जातिले वंशक्रमका रूपमा गाउँदै आएको गीत; भाँडजातिको गीत।
65437 भाँडभैलो ना. १. अव्यवस्थित एवं अनुशासनहीन ढङ्गबाट गरिने कुनै कामकुरो।
65438 भाँडभैलो ना. २. अश्लील वचन; मनपरी बोली।
65439 भाँडभैलो ना. ३. जथाभाबी र बदमासीका साथ भएको काम व्यवहार।
65440 भाँडा ना. भाँडोको ब. व. रूप।
65441 भाँडाकुँडा ना. घरव्यवहारमा खानपिन तथा सामान राखनधरन गर्न आवश्यक पर्ने साधन; भाँडाहरूको समूह; भाँडाबर्तन; कसनतमन।
65442 भाँडा वर्तन ना. भाँडाकुँडा।
65443 भाँडिउँ ना. १. भाँड्ने खालको बोलीचाली; भाँड्ने निहुँ। वि.
65444 भाँडिउँ ना. २. अचाक्ली; उत्पात; औधी; भाँडिम (उदा.- तिमीले मात्रै त्यो भाँडिउँ लिएर मलाई के नि?)।
65445 भाँडिनु क.क्रि. १. आफै बिग्रनु वा बरालिनु; भ्रष्ट हुनु।
65446 भाँडिनु क.क्रि. २. भइरहेको कामकुरो आदि बिथोलिनु; बिभिन्डिनु।
65447 भाँडिम ना. / वि. हे. भाँडिउँ।
65448 भाँडी ना. आरनमा चलाइने सानो हतौडी वा मार्तोल।
65449 भाँडो ना. १. दैनिक खाद्य वस्तु राखनधरन गर्ने, पकाउनेपस्किने र खानेपिउने आदि काममा प्रयोग हुने, धातु, माटो आदिको पात्र; बर्तन।
65450 भाँडो ना. २. पात्र।