Dictionary

All Word

65451 भाँत/भाँती ना. १. जुनसुकै कामको तौरतरिका; पद्धति।
65452 भाँत/भाँती ना. २. कुनै विषय वा वस्तुको प्रकार; कोटि; थरी; किसिम।
65453 भाँत भूखण्ड ना. कुनै काम सफल पार्न गरिने अथक प्रयास; भरिसक्के मेहनत।
65454 भाइ ना. १. एउटै आमाबाबुबाट जन्मेको वा एउटै बाबुको अर्की आमाबाट जन्मेको, आफूभन्दा कान्छो व्यक्ति; भ्राता ; अनुज।
65455 भाइ ना. २. त्यस्तै नाताको आफूभन्दा कम उमेरको व्यक्ति।
65456 भाइ ना. ३. आफूभन्दा कान्छो कुनै पनि व्यक्तिलाई स्नेहले सम्बोधन गरिने शब्द।
65457 भाइचारा ना. कुनै दुई थरी व्यक्ति वा पक्षका बिचमा भाइबन्धुका नाताले गरिने आत्मीयतापूर्ण व्यवहार वा सम्बन्ध।
65458 भाइटिका/टिको ना. १. कार्त्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले अष्टचिरञ्जीवी र यमयमुनाको पूजा गरी दाजुभाइलाई लगाइदिने मङ्गलको टिका।
65459 भाइटिका/टिको ना. २. भ्रातृद्वितीया; भाइतियार; भाइतिहार।
65460 भाइतियार/तिहार ना. दिदीबैनीले दाजुभाइलाई टिका लाएर सेल, मिठाई आदि परिकार खान दिने दिन; भाइटिका; भाइटीको।
65461 भाइनाइके ना. दाइनाइके नभएका खण्डमा नाइकेको अभिभारा वहन गर्ने व्यक्ति; नाइकेपछिको नाइके; सानो नाइके।
65462 भाइबन्दी ना. दाजुभाइका बिचको मेल; एकता।
65463 भाइबन्धु ना. एकै वंशका सहोदर दाजुभाइ तथा मित्रहरूको समूह।
65464 भाइबिन्द्रालो ना. आफ्नै वंशका भाइभैयाद तथा अन्य कुटुम्बेरी नाताका व्यक्तिहरूको समूह।
65465 भाइबुहारी ना. १. आफ्नै भाइकी पत्नी; सहोदर भाइकी श्रीमती।
65466 भाइबुहारी ना. २. भाइ र बुहारी।
65467 भाइबुहारी ना. ३. भाइ पर्ने व्यक्तिकी पत्नी।
65468 भाइभारादार ना. राजपरिवारका नातागोताभित्रका व्यक्ति तथा उच्च पदाधिकारी।
65469 भाइभैयाद ना. सबै बन्धुवर्ग; भाइबन्धु।
65470 भाइरस ना. रोग सार्ने विषालु कीटाणु; जीवाणु; विषाणु।
65471 भाइस शब्दमा 'द्वितीय' अर्थको बोध गराउने एक अङ्ग्रेजी उपसर्ग।
65472 भाइस चान्सलर ना. उपकुलपति।
65473 भाइस चेयरम्यान ना. उपसभापति।
65474 भाइस प्रेसिडेन्ट ना. १. प्रेसिडेन्टको सहायक; उपराष्ट्रपति।
65475 भाइस प्रेसिडेन्ट ना. २. उपसभापति।
65476 भाइसराय ना. कुनै उपनिवेशमा राजाको प्रतिनिधि भएर शासन चलाउने व्यक्ति; राजप्रतिनिधि।
65477 भाइसरह क्रि.वि. आ-आफ्नै हैसियत वा औकात अनुसार बराबरी रूपमा; भाइ-भाइले पाएजति।
65478 भाउँटिनु अ.क्रि. भाउँटो आइलाग्नु; आपत्ति खनिनु; झन्झट थपिनु।
65479 भाउँटो ना. १. बित्थामा आइपरेको आपत्ति; कठिनाइ।
65480 भाउँटो ना. २. नचाहिँदो झन्झट; फजुलको टन्टा।
65481 भाउँरी ना. विवाहमा दुलहादुलहीले जग्गेमा गर्ने परिक्रमा; माणो घुमाइ।
65482 भाउ ना. १. नाचगान, बोलचाल आदिमा आन्तरिक वा साङ्केतिक भाव प्रकट गरिने आङ्गिक चेष्टा वा मुद्रा; नकल; हाउभाउ।
65483 भाउ ना. २. मर्यादा; मान; सम्मान; आदर।
65484 भाउ ना. ३. किनबेच गरिने वस्तुको प्रचलित वा निश्चित मूल्य; दर; मोल।
65485 भाउचर ना. १. कार्यालयमा नगद वा जिन्सी धरौट राख्दा वा तिर्दा प्रमाणस्वरूप पाइने रसिद; नगद जम्मा गरेको प्रमाणपत्र; भौचर।
65486 भाउचर ना. २. भुक्तानी तथा हिसाब ठिक छ भनी प्रमाणित गर्ने रसिद।
65487 भाउजिया ना. भाउजेलो; भाउजू।
65488 भाउजू ना. दाजुकी पत्नी।
65489 भाउजेलो १. भाउजू लाने व्यक्ति (देवर)।
65490 भाउजेलो २. देवर-भाउजूको अवैध सम्बन्धबाट जन्मेको बालक।
65491 भाउज्यू ना. हे. भाउजू।
65492 भाउताउ ना. कुनै वस्तुको भाउ कायम गर्ने काम वा स्थिति; मोलतोल; दरभाउ।
65493 भाउन्न ना. भोक, रोग, गर्मी, कमजोरी, रिस आदि कारणले लाग्ने चक्कर; रिँगटा; भर्मन।
65494 भाउबेसाहा ना. बजारमा किनमेल गरिने खाद्यान्न आदि उपभोग्य वस्तुको मोल।
65495 भाउसान्ती क्रि.वि. भाउमा चलेमुताबिक; प्रचलित मूल्यअनुसार।
65496 भाक्नु स.क्रि. १. कुनै कार्य सिद्ध होस् भनी देवदेवीलाई पूजा, बलि अर्पण गर्नु; प्रतिज्ञा गर्नु; भाकल गर्नु।
65497 भाक्नु स.क्रि. २. शपथ - ग्रहण गर्नु; किरिया खानु।
65498 भाकभुक क्रि.वि. १. हारहुर गरेर कुनै काम चाँडै सिद्ध गर्ने गरी।
65499 भाकभुक क्रि.वि. २. जथाभाबी पिट्ने चालसँग; पाकपुक।
65500 भाकल ना. आफ्नो इच्छा सिद्ध होस् भनेर देवदेवीलाई पूजा गर्ने तथा बलि चढाउने प्रतिज्ञा; देवता भाक्ने काम।