Dictionary

All Word

65601 भाटिया ना. २. मारबाडी जातिका क्षत्री, खत्री, आदिको एक वर्ग वा थर।
65602 भाटी ना. १. कटकटिएको मयल बफाई खुकुलो पार्न पकाइने भाँडो वा अँगेनु।
65603 भाटी ना. २. सफा पार्नका निम्ति मसलाहरू हालेर लुगा धुने एक प्रक्रिया।
65604 भाटी ना. ३. नदीका छेउमा, वेणी परेका ठाउँमा वा तीर्थस्थलमा अस्थायी मेला लाग्दा बेपारी वा तीर्थयात्रीहरू बस्न बनाइएको स्याउलाको छाप्रो।
65605 भाड ना. झरी वा हिउँ पर्दा अन्न सुकाई कुट्न, पिँध्न असुविधा पर्ने हुँदा सुकाउनका निमित्त अँगेनामाथि झुन्ड्याइने भाँडो।
65606 भाडा ना. अर्काको कुनै वस्तु प्रयोग गर्दा सो वस्तु प्रयोग गरेबापत नियमित वा पटक-पटक गरी दिइने धनराशि; किराया; बहाल; महसुल।
65607 भाडाको टटुटु ना. तलब खाएपछि आफ्नो अस्तित्व नै बिर्सने व्यक्ति; अरूका हातमा बिक्ने मान्छे; दलाल; दास।
65608 भाडाको भरोट ना. भाडामा बिकेको भरिया बराबरको व्यक्ति; भाडाको टटुटु।
65609 भाडा भरोट ना. भाडा भर्ने वा दिने काम; भाडा।
65610 भाडावाल वि. १. भाडामा पाइने वा उपयोग गरिने; किरायामा दिइने।
65611 भाडावाल वि. २. भाडामा बस्ने (व्यक्ति)।
65612 भाण ना. संस्कृत नाट्यसिद्धान्तअनुसार एउटै मात्र अङ्क हुने र हास्य-रसप्रधान हुने, दृश्यकाव्यको एक भेद; हास्यप्रधान एकाङ्की।
65613 भाणिका ना. नायक मन्दगति र नायिका प्रगल्भा भएको, कैशिकी र भारतीवृत्तिले युक्त, एक प्रकारको उपरूपक।
65614 भाण्ड ना. १. भाँडो।
65615 भाण्ड ना. २. मूल धन; पुँजी।
65616 भाण्ड ना. ३. बिक्री गरिने माल वा वस्तु।
65617 भाण्ड प्रतिभाण्ड ना. वस्तुको मूल्यको अनुपातमा हुने विनिमय; समान वस्तुको अदलाबदली वा वस्तु- वस्तुको साटासाट गर्दा प्रयोग गरिने गणना।
65618 भाण्डागार ना. ढुकुटी; भँडार; गोदाम।
65619 भाण्डार ना. हे. भन्डार।
65620 भात ना. १. पानीमा चामल पकाएर सितैसिता हुने गरी बनाइएको खाद्य वस्तु।
65621 भात ना. २. बिहान-बेलुकाको नियमित भोजन। भातको भकारी- वि.
65622 भात ना. १. जति खाए पनि नअघाउने; घिचुवा।
65623 भात ना. २. अल्छीको राजा; भात मात्र खाएको पनि उपती नगर्ने।
65624 भातभान्छा/भान्सा ना. भात, तिहुन पकाउने र खाने मेलो; खानपिनको बाटो।
65625 भातमारा वि. १. अर्काका घरमा लाजै पचाएर बस्ने र विनाकामै भात मात्र खाने।
65626 भातमारा वि. २. खानका लागि मात्र अरूका घर-घर चहार्ने; भतुवा; भाते।
65627 भातहटक ना. कुनै गैरसामाजिक र जातिविरुद्ध काम गरेबापत भातभान्साबाट अलग गर्ने वा ओराल्ने पुरानो चलन।
65628 भाती १ ना. खलाँती।
65629 भाती २ ना. उसिनेको आलुलाई छोडाएर पिठो मुछे झैँ मुछेर तयार पारिने खाद्य वस्तु; आलुभाती।
65630 भाते वि. १. भातका भरमा अर्काको काम गरी जीवन बिताउने; भतुवा।
65631 भाते वि. २. कुनै काम, इलम नगरी बसेर मात्र खाने; भातमारा।
65632 भाते डोरो ना. जनै (व्यङ्ग्यार्थ वा हेयार्थमा)।
65633 भाते निद्रा/निद ना. भात खाएर सुतेपछि लाग्ने गाढा निद्रा; खानापछिको गहिरो निद।
65634 भाते बेथु ना. सागको तरकारी खान हुने, ठुला जातको बेथे।
65635 भाते सितारा ना. पानीले भिज्ने बित्तिकै भातजस्तो भएर गल्ने कमसल खालको सितारा।
65636 भादगाउँ ना. भक्तपुरको पुरानो नाउँ; भक्तपुर।
65637 भादगाउँले वि. १. भादगाउँको; भादगाउँसम्बन्धी।
65638 भादगाउँले वि. २. भादगाउँमा बनेको वा तयार भएको।
65639 भाते टोपी ना. राष्ट्रिय पहिरनको शिरोभूषण मानिएको, खिपेर सिइएको तथा गरैगरा परेको, कालो र बलियो नेपाली टोपी।
65640 भाद्र ना. भदौ; भाद्रपद।
65641 भाद्रपद ना. भाद्र महिना।
65642 भाद्रपदा ना. सत्ताइस नक्षत्रमध्येका बिसौँ र एक्काइसौँ दुई नक्षत्र; पूर्वभाद्रपदा र उत्तरभाद्रपदा।
65643 भाद्रपदी ना. भदौ महिनाको शुक्लपक्षको अन्तिम तिथि; भाद्रशुक्ल पूर्णिमा।
65644 भान ना. १. कुनै विश्वस्त तथ्य फेला नपरेको ज्ञान; आभास; झझल्को।
65645 भान ना. २. भ्रमपूर्ण धारणा; भ्रान्त ज्ञान।
65646 भानिज ना. १. दिदी वा बहिनीको छोरो ; भान्जो।
65647 भानिज ना. २. नन्द वा आमाज्यूको छोरो; लोग्नेका दिदीबहिनीको छोरो।
65648 भानिज जेठाज्यू ना. आफ्ना लोग्नेकी फुपूको छोरो; फुपूसासूको छोरो।
65649 भानिज दाइ/दाजु ना. आफूभन्दा जेठो फुपूको छोरो; भान्दाइ।
65650 भानिज बाबु ना. आफ्ना बाबुकी फुपूको छोरो; बाहुनबाबु।