Dictionary

All Word

65551 भाग्यरेखा ना. १. हस्तरेखाअनुसार मान्छेका हत्केलामा रहेको, मणिबन्धदेखि सिधै माझी औँला र साँहिली औँलाका बिचतिर गएको रेखा; भाग्यसूचक ठाडो रेखा।
65552 भाग्यरेखा ना. २. सञ्चित शुभाशुभ कर्मको भोग; भाग्यको खेल।
65553 भाग्यलेखा ना. भाग्यमा रहेको भनी मानिएको कुरो ; प्रारब्धमा रहेको शुभाशुभ परिणाम।
65554 भाग्यवती वि. राम्रो भाग्य भएकी वा पति, पुत्र, सम्पत्ति आदिले युक्त (स्त्री); सौभाग्यवती।
65555 भाग्यवश/वशात् क्रि.वि. भाग्यले गर्दा; भाग्यअनुसार; दैवात्।
65556 भाग्यवाद ना. प्रारब्धमा जे छ त्यही मात्र जीवनमा भोग्नुपर्छ भन्ने सिद्धान्त; मान्छेले पूर्वजन्मको कमाइ नै भोग्छ भन्ने परम्परा।
65557 भाग्यवादी वि. भाग्यको भर पर्ने; भाग्यमा निर्भर रहने; भाग्यवादको अनुयायी।
65558 भाग्यवान् वि. सुखसमृद्धिले पूर्ण भएको; भाग्यशाली; भाग्यमानी।
65559 भाग्यविधाता वि. १. कसैको भाग्यनिर्माण गर्ने वा बनाइदिने; भाग्यनिर्माता। ना.
65560 भाग्यविधाता वि. २. सुखदुःखको कारणभूत मानिने शक्तिरूप ईश्वर।
65561 भाग्यविपर्यय ना. परिस्थिति र कार्यकारणले भाग्यमा परिवर्तन आउने काम; राम्रो अवस्थाबाट आउने नराम्रो अवस्था वा नराम्रो अवस्थाबाट आउने राम्रो अवस्था।
65562 भाग्यशाली वि. राम्रो भाग्य भएको; भाग्यवान्; भाग्यमानी।
65563 भाग्यहीन वि. १. भाग्य राम्रो नभएको; भाग्यले ठगिएको; अभागी।
65564 भाग्यहीन वि. २. दु:खी; पीडित।
65565 भाग्योदय ना. राम्रो भाग्यको उदय; दिनप्रतिदिन हुँदै जाने उन्नति; बिस्तारै फर्किएको राम्रो दिन।
65566 भाङ ना. १. सिलामका जस्तै मसिना दाना फल्ने, ती दाना खाँदा मात लाग्ने, गाँजाका जातको एक बोट; भाँग।
65567 भाङ ना. २. त्यसैका पात, दाना सबै माडेर - पिँधेर बनाइएको मादक वस्तु वा पेय पदार्थ ; घोट्टा; भाँग।
65568 भाङपाली ना. कुनै वस्तु वा व्यवहार बिग्रँदै जाने काम; भत्कोस।
65569 भाङ पेलाइ ना. कुनै जुक्तिले आफ्नो मतलब साध्य गर्ने काम; थिचोमिचो।
65570 भाङभुङ ना. १. नष्टभ्रष्ट वा तोडफोड गर्ने काम।
65571 भाङभुङ ना. २. छिटोछिटो हात चलाएर गरिने पिटाइ; पाकपुक।
65572 भाङभुङ ना. ३. भएभरका कुराको पोखाइ वा उदाङ्ग्याइ। वि.
65573 भाङभुङ ना. ४. भत्काएर लथालिङ्ग पार्ने; भताभुङ्ग।
65574 भाङभुडे / भाङभुङ्गे वि. भाङभुङ गर्ने खालको; भाङभुङ पार्ने; उपध्य्राहा।
65575 भाङभुजो ना. १. केही नबच्ने गरी भएको बाँडचुँड।
65576 भाङभुजो ना. २. सबै सकिने वा रित्तिने स्थिति; पूर्ण समाप्ति।
65577 भाङ्ग्रे १ वि. १. भाङ्ग्रोजस्तो; भाङ्ग्राबाट बनेको।
65578 भाङ्ग्रे १ वि. २. सबै सकिने वा रित्तिने स्थिति; पूर्ण समाप्ति।
65579 भाङ्ग्रे २ वि. १. भाङ्ग्रोजस्तो; भाङ्ग्राबाट बनेको।
65580 भाङ्ग्रे २ वि. २. भाङ्ग्राको लुगा लगाउने। स्त्री. भाङ्ग्री।
65581 भाङ्ग्रे सिस्नु ना. पाट निकाली भाङ्ग्रा; बोरा आदि बनाइने, काम्लेका जस्तै पात हुने र पातमा काँडा हुने ठुलो जातको सिस्नु; अल्लो।
65582 भाङ्ग्रो ना. पाटाबाट बुनेको बोराजस्तो खस्रो कपडा; टाट; चट्टी।
65583 भाङ्जो ना. १. कुनै काम कुराका बिचमा पर्न आउने बाधा; विघ्न; भाँजी।
65584 भाङ्जो ना. २. अल्झो; झमेला। जमिनमा बिछ्याइएको पानीको पाइप।
65585 भाङ्जो ना. ५. रेलको लिक।
65586 भाङ्जो ना. ६. पढाइ वा जागिरको विषय।
65587 भाजक ना. १. गणितमा कुनै सङ्ख्या वा राशिलाई भाग लिने अङ्क; भाजक सङ्ख्या। वि.
65588 भाजक ना. २. भाज्यलाई भाग गर्ने; भाग लिने वा भाग लगाउने।
65589 भाजन ना. १. कुनै वस्तु भाग लगाउने काम; बाँड्ने काम।
65590 भाजन ना. २. पात्र ; भाँडो।
65591 भाजन ना. ३. कुनै काम वा कुराको अधिकारी वा पात्र (जस्तै- कोपभाजन, विश्वासभाजन इ.)।
65592 भाजित वि. बाँडेर अलग पारिएको; भाग लगाइएको; विभक्त।
65593 भाज्य वि. १. भाजक सङ्ख्याले भाग लगाउनुपर्ने; भाग लगाउन सकिने; भाग लगाउन उचित। ना.
65594 भाज्य वि. २. गणितमा भाजकले भाग लगाउन सकिने मूल सङ्ख्या वा राशि।
65595 भाट ना. १. राजामहाराजा वा ठुलाबडाको स्तुति गाएर जीविका चलाउने एक जाति।
65596 भाट ना. २. ब्राह्मणले सन्न्यासी जातकी नारीसँग सहवास गरी पैदा भएको सन्तान। ३ तीनलिङ्गे वा सोभन्दा बढीको जैसी जातले त्यस्तै जैसी वा खसकी छोरीसँग बिहे गरी जन्माएको सन्तान।
65597 भाटगिरी ना. स्तुतिगान गर्ने काम।
65598 भाटभुट ना. धेरथोर भुट्ने काम; भुटभाट।
65599 भाटा ना. समुद्रमा उठेर बिस्तारै घट्दै जाने तरङ्ग; ज्वारको विपरीत अवस्था।
65600 भाटिया ना. १. सुन-चाँदीको एक प्रकारको सिक्रीवाल गहना।