Dictionary

All Word

65651 भानिज भाइ ना. आफूभन्दा सानो उमेरको, फुपूको छोरो।
65652 भानु ना. १. सूर्य; रवि।
65653 भानु ना. २. किरण; प्रकाश।
65654 भानु ना. ३. कवि भानुभक्तको संक्षिप्त नाम; भानुभक्त।
65655 भानुभक्त ना. वि. सं. १८७१ मा जन्म भएर वि. सं. १९२५- मा देहान्त भएका, नेपाली भाषामा अध्यात्मरामायण, प्रश्नोत्तरी, भक्तमाला, वधूशिक्षा र प्रशस्त फुटकर पद्य लेख्ने, नेपाली साहित्यका प्राथमिककालीन तथा रामभक्तिधाराका प्रमुख कवि; नेपाली साहित्यका आदिकवि।
65656 भानुभक्तीय वि. भानुभक्तसम्बन्धी; भानुभक्तले तयार पारेको (विशेषतः रामायण)।
65657 भाने वि. भान हुने; झझल्को लाग्ने।
65658 भानेमुङ्ग्रो ना. मुङ्ग्रोजस्तो भान हुने वा देखिने, डँडाल्नु, पुच्छर र टाउकामा पखेटाजस्तो हुने, चिप्लो र बलियो छेपाराका छाँटको तर छेपारोभन्दा ठुलो र गोहोरोभन्दा सानो एक जन्तु।
65659 भान्छा ना. हे. भान्सा।
65660 भान्जन ना. दनुवारसमाजमा झमेला पर्दा मध्यस्थ रही दुवै पक्षलाई मिलाउने प्रमुख व्यक्ति; दनुवार समाजको नाइके वा गाउँबुढो।
65661 भान्जाभान्जी ना. दिदीबहिनीका छोराछोरीको समूह; भान्जा र भान्जी।
65662 भान्जी ना. १. दिदी वा बहिनीकी छोरी।
65663 भान्जी ना. २. नन्द वा आमाज्यूकी छोरी; लोग्नेका दिदी बहिनीकी छोरी।
65664 भान्जीदिदी ना. उमेरमा आफूभन्दा जेठी, फुपूकी छोरी।
65665 भान्जीबहिनी ना. उमेरमा आफूभन्दा कान्छी, फुपूकी छोरी।
65666 भान्जीबुहारी ना. भानिजकी गृहिणी; दिदीबहिनीकी बुहारी।
65667 भान्जी भाउज्यू ना. भान्दाइकी पत्नी; फुपूकी बुहारी।
65668 भान्जे वि. भान्जो वा भान्जीसम्बन्धी; भान्जाभान्जीको।
65669 भान्जेउलो ना. भान्जाभान्जीतिरको नातागोता; भान्जाभान्जीही सन्तान।
65670 भान्जेउलो जुवाइँ ना. दिदी बहिनीका छोरीको लोग्ने; भान्जीको पति।
65671 भान्जेउलो बुहारी ना. भानिजकी पत्नी।
65672 भान्जो ना. भानिज।
65673 भान्ड्यौल ना. १. कुनै प्रकारको उपध्रो; भाँडभैलो।
65674 भान्ड्यौल ना. २. अचाक्ली; उत्पात।
65675 भान्दाइ ना. भानिजदाइ।
65676 भान्सा ना. १. दाल भात, तरकारी आदि भोजन बनाउने वा पकाउने ठाउँ; भान्साको कोठो वा घर; भान्छा।
65677 भान्सा ना. २. चुलोचौको।
65678 भान्सा ना. ३. दैनिक बिहान-बेलुका खाइने भात- दाल, तरकारी आदि परिकारको भोजन; भातभान्सा।
65679 भान्सा ना. ४. अनियमित आर्जन वा भ्रष्टाचारको रकम; घुस (व्यङ्ग्यार्थमा)।
65680 भान्साघर ना. बिहानबेलुकाको भोजन बनाउने घर वा कोठो; भात पकाउने ठाउँ; भान्छाघर।
65681 भान्से ना. भात पकाउने, पस्केर खुवाउने आदि भान्साको काम गर्ने व्यक्ति; भान्छे।
65682 भाप/भाफ ना. वाष्प; बाफ।
65683 भाबर/भाभर ना. १. पहाडका फेदीको साह्रै गर्मी हुने र औलोको प्रकोप पर्ने ठाउँ।
65684 भाबर/भाभर ना. २. अत्यन्त गर्मी; उखरमाउलो।
65685 भाबर/भाभर ना. ३. घमौरो वा गर्मीखटिरा निस्कनाले जिउभरि देखिने टाटा वा दाग।
65686 भामे ना. ढ्याङ्ग्रो बजाएर फलाक्दै नाच्दै गर्ने धामी।
65687 भामेत ना. १. धामीको क्रिया वा प्रक्रिया। वि.
65688 भामेत ना. २. भामे- धामीसम्बन्धी; भामेको।
65689 भाम्टो/भाम्लो ना. कुनै काम वा व्यवहारका बिचमा आइलाग्ने बाधाजनक स्थिति पन्छाउन र उम्कन असजिलो, झर्कोलाग्दो अवस्था; बिथोली; झमेलो; भाउँटो।
65690 भार ना. १. मानिस वा गाडीले बोक्न लैजान सक्नेजति परिमाण; वजन; बोझ, भारी (लोड)।
65691 भार ना. २. कामको जिम्मेदारी; अभिभारा।
65692 भार ना. ३. विवाह आदि मङ्गलकार्यको सगुनका निम्ति पेरुङ्गामा माछा, सागपात आदि हाली केराको पातसहित उखुमा बाँधेको भारी।
65693 भार ना. ४. दाउरा, बिस्कुन आदि सुकाउन अगेनामाथि बनाएको टाँड; चाङ।
65694 भार ना. ५. दुवैतिर डोरीको उभिन्डो लगाएर तेर्छौ काठमा काँधमा बोक्ने, खर्पनजस्तो साधन।
65695 भारकेन्द्र ना. कुनै वस्तुको आकर्षणको केन्द्रबिन्दु; भारको आकर्षणकेन्द्र।
65696 भारजीवी ना. १. अर्काको भारी बोकेर जीवन गुजार्ने व्यक्ति; भरिया। वि.
65697 भारजीवी ना. २. भारी बोकेर जीविका चलाउने; भारवाहक।
65698 भारण्ड ना. दन्त्यकथामा पाइने विचित्रको पक्षी; भारण्ड।
65699 भारत १ ना. भँगेरो जस्तै रङ र आकारको हुने एक प्रकारको चरो।
65700 भारत २ ना. १. नेपालको दक्षिणी छिमेकमा रहेको दक्षिण- एसियाली एक प्रसिद्ध देश वा गणतन्त्र मुलुक।