Dictionary

All Word

65801 भावनात्मक वि. १. भावनासँग सम्बन्धित; भावनाले युक्त; भावनामय।
65802 भावनात्मक वि. २. सोचविचारसम्म भएको तर कार्यान्वयन भई नसकेको (योजना, काम इ.)।
65803 भावनात्मकता ना. भावात्मक हुनाको भाव वा अवस्था।
65804 भावनामय वि. १. भावनाले ओतप्रोत; भावनात्मक।
65805 भावनामय वि. २. तरल अनुभूतिले सिञ्चित (काव्य, कविता इ.)।
65806 भावपक्ष ना. १. काव्यसाहित्यका कलापक्ष र भावपक्षमध्ये एक पक्ष।
65807 भावपक्ष ना. २. हृदयलाई प्रभावित पार्ने काव्यतत्त्व; हार्दिकता।
65808 भावपरक वि. भावपक्ष प्रबल भएको; भावमूलक; भावात्मक।
65809 भावपरकता ना. भावपरक हुनाको भाव वा स्थिति।
65810 भावप्रधान वि. १. भावपक्षको तीव्रता वा प्रधानता रहेको।
65811 भावप्रधान वि. २. बाह्य वस्तुपक्षभन्दा अनुभूतिपक्ष प्रधान भएको।
65812 भावप्रधानता ना. भावप्रधान हुनाको भाव, गुण वा स्थिति।
65813 भावबोधक वि. भाव बुझाउने; भाव प्रकट गर्ने।
65814 भावभक्ति ना. १. देवता, गुरु आदिमा भक्तिको भाव प्रकट गर्ने काम; भक्तिभाव।
65815 भावभक्ति ना. २. आदर-सत्कार; सम्मान।
65816 भावभङ्गी ना. १. मनका भाव व्यक्त गर्ने शारीरिक चेष्टा वा मुद्रा।
65817 भावभङ्गी ना. २. भाव वा अनुभूतिको प्रकटीकरण; भावको पोखाइ।
65818 भावभूमि ना. काव्य, नाटक आदिमा पाइने भावको आधार वा पृष्ठभूमि।
65819 भावमय वि. भावयुक्त; भावात्मक।
65820 भावमयता भावमय हुनाको गुण वा स्थिति।
65821 भावमूलक वि. भाव नै मूल रूपमा रहेको; बेसी भावात्मक।
65822 भावमूलकता ना. भावमूलक हुनाको स्थिति वा अवस्था।
65823 भावयित्री वि. भाव वा मर्मको बोध गराउने।
65824 भावयित्री प्रतिभा ना. काव्यको रसास्वादन गराउने प्रतिभा; प्रतिभाका दुई भेद- कारयित्री र भावयित्रीमध्ये एक।
65825 भाववाचक वि. व्याकरणमा कुनै कुराको भाव, गुण, धर्म आदि बुझाउने (संज्ञा, क्रिया इ.); भावबोधक।
65826 भाववाच्य ना. व्याकरणमा क्रियाको साक्षात् उद्देश्य कर्ता वा कर्म नभई भाव अर्थात् क्रिया नै हुने, तीन प्रकारका वाच्य-कर्तृ, कर्म र भावमध्ये एक।
65827 भाववाद ना. इन्द्रियग्राह्य दृश्यको सहज र सरल चित्रणलाई ज्ञानको सर्वोच्च रूपायन मान्ने; विज्ञानको समर्थन र तत्त्व- मीमांसाको खण्डन गर्ने एक दर्शन।
65828 भाववादी वि. भाववादको अनुसरण गर्ने; भाववादको अनुयायी।
65829 भावव्यञ्जक वि. भावपक्षको अभिव्यञ्जना गर्ने; भाव व्यक्त गर्ने।
65830 भावशबलता ना. धेरै भावहरूको सामूहिक वा शृङ्खलाबद्ध वर्णन गर्दा पर्ने एक काव्यालङ्कार।
65831 भावशान्ति ना. मनमा एकै चोटि नयाँ र प्रतिकूल भाव उदय हुँदा पर्ने एक काव्यालङ्कार।
65832 भावशुद्धि ना. मनको शुद्ध भावना; सद्भावना।
65833 भावशून्य वि. कुनै कामना वा भाव नभएको; अनासक्त।
65834 भावसघनता ना. भावको प्रगाढता; भावको प्रकर्ष।
65835 भावाकुलता ना. प्रगाढ भावबाट मनमा हुने छटपटी।
65836 भावाडम्बर ना. अनुपयुक्त रूपमा खोक्रो आवेगको प्रदर्शन र असंयम देखाउँदा हुने एक आडम्बर; एक किसिमको उदात्तविरोधी तत्त्व।
65837 भावाडम्बरी वि. भावाडम्बरमा लाग्ने; भावाडम्बरको तत्त्व भएको।
65838 भावातीत वि. १. भाव वा कल्पनाले पनि ठम्याउन नसकिने; सोचाइभन्दा परको।
65839 भावातीत वि. २. योगशास्त्रका अनुसार भावनाभन्दा पर रहेको (तत्त्व वा ध्यान)।
65840 भावात्मक वि. भाव प्रबल रूपमा रहेको; भावमूलक।
65841 भावात्मकता ना. भावात्मक हुनाको स्थिति वा अवस्था।
65842 भावानुकूल वि. भावको अनुकूल; भावसुहाउँदो।
65843 भावानुवाद ना. छायानुवाद, शब्दानुवाद र भावानुवादमध्ये एक; भावलाई पछ्याएर गरिने अनुवाद।
65844 भावाभास ना. १. साहित्यमा अनुपयुक्त ठाउँमा भाव देखाउने वा विशुद्ध रसावस्था प्राप्त गर्न नसक्ने काव्यदोषको अवस्था।
65845 भावाभास ना. २. वेश्या नायिकामा लज्जा र निम्न श्रेणीका व्यक्तिप्रति भक्ति देखाएमा हुने भावविशेषको आभास।
65846 भावाभास ना. ३. कल्पित वा बनावटी भाव।
65847 भावार्थ ना. शब्दशब्दलाई अर्थ्याउन छाडेर सम्पूर्ण वाक्य वा अनुच्छेदको आशय मात्र प्रकट गरिएको अर्थ; तात्पर्यबोधक अर्थ।
65848 भावावेग ना. कुनै भावले गर्दा हुने आवेगको स्थिति; भावको प्रबलता।
65849 भावावेश ना. कुनै भावले गर्दा उत्पन्न हुने आवेशको स्थिति।
65850 भाविक वि. १. स्वाभाविक; प्राकृतिक। ना.