Dictionary

All Word

65851 भाविक वि. २. भावक; मर्मज्ञ।
65852 भाविक वि. ३. भूत वा भविष्यत्कालको घटनालाई वर्तमानकालको घटना जस्तै वर्णन गर्दा पर्ने एक अलङ्कार।
65853 भावित वि. १. विचार गरिएको; ठम्याइएको।
65854 भावित वि. २. सम्मिश्रण भएको; मिलाइएको।
65855 भावित वि. ३. शुद्ध पारिएको; शोधित।
65856 भावित वि. ४. अन्य रस र भावहरूलाई समेत पूरक रूपमा प्रयोग गरिएको; पुट दिइएको।
65857 भावित वि. ५. सुगन्धित।
65858 भावी ना. १. भविष्यत्काल; आउँदो समय।
65859 भावी ना. २. पछि गएर नभई नहुने कुरो; हुनेहुनामी।
65860 भावी ना. ३. भाग्य; तकदिर। वि.
65861 भावी ना. ४. भविष्यमा हने; पछि हुने।
65862 भावीकाण्ड ना. बोटबिरुवाहरू बढेर आउँदा जमिनभन्दा माथि र हाँगा फाटेसम्मको भाग।
65863 भावीमूल ना. बोटबिरुवाको जमिनमुनिको मुख्य भाग; मूलजरो।
65864 भावुक वि. १. मनमा कोमल भाव सहजसित सञ्चार हुने; सुकुमार ह्रदय भएको; कोमलचित्त।
65865 भावुक वि. २. सहृदय, रसज्ञ।
65866 भावुक वि. ३. राम्रो वा असल कुराको सोचविचार गर्ने; असल भावना लिने।
65867 भावुकता ना. भावुक हुनाको भाव वा अवस्था।
65868 भावोच्छ्लन ना. भावको उच्छलन; भावातिरेक।
65869 भावोदय ना. सन्दर्भित भावको समाप्तिपछि चमत्कारपूर्ण ढङ्गले अर्को भावको उदय भएको वर्णन गर्दा पर्ने एक अर्थालङ्कार।
65870 भावोद्दीपक/ भावोद्रेक वि. भावहरूलाई उत्पन्न र सक्रिय गराउने (तत्त्व); भावोत्तेजक; भावोत्पादक।
65871 भाव्य वि. १. पछि हुने; भावी।
65872 भाव्य वि. २. भावना गर्न लायक; विचारणीय।
65873 भाषण ना. १. आमसभा वा यस्तै अन्य जमघटमा कुनै विषयका बारेमा सविस्तार गरिने व्याख्यान; वक्तव्य; प्रवचन।
65874 भाषण ना. २. बातचित; छलफल; कुराकानी।
65875 भाषणकला ना. सभा, गोष्ठी, जमघट आदिमा कुनै विषयमा धाराप्रवाह वक्तव्य दिने कुशलता वा शिल्प; व्याख्यान-शिल्प।
65876 भाषण स्वतन्त्रता ना. विशेषतः राजनीतिक, धार्मिक, सामाजिक आदि विषयमा सर्वसाधारणका अगाडि आफ्नो मनको विचार प्रकट गर्न राज्य वा सरकारबाट प्राप्त हुने स्वतन्त्रता; वाक्स्वतन्त्रता।
65877 भाषा ना. १. मनका भाव या विचार अरूछेउ प्रकट गर्ने सार्थक शब्द वा वाक्यहरूको समूह; आशय वा भाव व्यक्त गर्ने सार्थक ध्वनिसमूह; वाणी; बोली।
65878 भाषा ना. २. व्यक्तिविशेषले लेख्ने र बोल्ने ढङ्ग; शैली।
65879 भाषा ना. ३. कुनै देशका बासिन्दाले बोलचाल गर्ने साहित्ययुक्त प्रचलित शब्दावली।
65880 भाषा ना. ४. वाग्देवी; सरस्वती।
65881 भाषा ना. ५. वाणीका चार रूप- परा, पश्यन्ती; मध्यमा र वैखरी।
65882 भाषा ना. ६. परिभाषा; लक्षण।
65883 भाषा ना. ७. कुराकानी; बातचित।
65884 भाषागत वि. भाषासँग सम्बन्धित; भाषाको।
65885 भाषातत्त्व ना. भाषाका ध्वनि, अर्थ, रूप आदि आवश्यक तत्त्व; भाषाविज्ञान।
65886 भाषातात्त्विक वि. भाषातत्त्वसँग सम्बन्धित; भाषातत्त्वको।
65887 भाषा पुरातत्त्व ना. भाषाका सहायताले त्यस भाषाका वक्ताहरूको प्राचीन इतिहासमा प्रकाश पार्ने विषय।
65888 भाषानुवाद ना. कुनै एक भाषाबाट अर्को भाषामा गरिने अनुवाद।
65889 भाषान्तर ना. १. एक भाषाबाट अर्को भाषामा गरिने अनुवाद; भाषानुवाद।
65890 भाषान्तर ना. २. अर्को भाषा; पृथक् भाषा
65891 भाषाविज्ञान ना. भाषाको उत्पत्ति, विकास, परिवार, संरचना, परिवर्तन आदिलाई सूक्ष्म किसिमले अध्ययन गरिने शास्त्र; भाषाशास्त्र।
65892 भाषाविद् वि. कुनै भाषा वा भाषाको सैद्धान्तिक ज्ञानका बारेमा गहिरो अध्ययन भएको (व्यक्ति); भाषाविशेषज्ञ।
65893 भाषा विशेषज्ञ वि. १. भाषाको बारेमा गहिरो ज्ञान भएको; भाषाको विभिन्न पक्षीय अध्ययनमा निपुण; भाषाविद्।
65894 भाषा विशेषज्ञ वि. २. विभिन्न भाषाहरूको ज्ञाता।
65895 भाषावेत्ता वि. भाषाविद्।
65896 भाषाशास्त्र ना. भाषाविज्ञान।
65897 भाषासम ना. एउटै वाक्यमा एकै अर्थ बुझाउने विभिन्न भाषाका शब्दहरूको योजना गर्दा हुने एक अर्थालङ्कार।
65898 भाषा सम्पादन ना. लिखित अभिव्यक्तिको हिज्जे, वाक्यगठन तथा प्रस्तुतीकरण मिलेनमिलेको हेरी वा काटछाँट गरी प्रकाशनयोग्य बनाउने काम।
65899 भाषिक वि. भाषासम्बन्धी; भाषामा पाइने; भाषाको।
65900 भाषिक समुदाय ना. कुनै एक भाषा बोल्ने मान्छेहरूको समाज; समान भाषा बोल्ने मानवसमाज।