Dictionary

All Word

66001 भिज्नु अ.क्रि. २. पानीमा परेर अन्न आदि फुल्नु; ढाडिनु।
66002 भिज्नु अ.क्रि. ३. कुनै काममा तन्मय भएर लाग्नु; दत्तचित्त हुनु।
66003 भिज्नु अ.क्रि. ४. कुनै विषयबारे पोख्त हुनु; पारङ्गत हुनु।
66004 भिजाइ ना. भिज्ने भाव, क्रिया वा प्रक्रिया।
66005 भिजाइनु क.क्रि. भिज्ने पारिनु; भिज्न लाइनु।
66006 भिजाउनु प्रे.क्रि. १. अन्न आदि पानीमा राखेर फुलाउनु; ढड्याउनु।
66007 भिजाउनु प्रे.क्रि. २. पानी आदि तरल पदार्थले तर पार्नु; निथ्रुक्क तुल्याउनु।
66008 भिजिटिङ कार्ड ना. भेटघाटको सजिलाका निम्ति वा परिचयको सम्झना दिलाउन नाम, थर, ठेगाना आदि छापिएको कागतको सानो दरो टुक्रो; चिनारीपत्र।
66009 भिजिनु क.क्रि. तरल पदार्थले निथ्रुक्क होइनु; रुझिनु।
66010 भिटा ना. १. पानीले नढाक्ने, तराईको केही उच्चा परेको ठाउँ; घर-घडेरीका निम्ति उपयुक्त पाखोबारी।
66011 भिटा ना. २. धानखेती नलाग्ने र मकै, भटमास, सन आदि पाखा बाली हुने समथर जग्गा।
66012 भिटामिन ना. पोषणतत्त्व।
66013 भिटो १ ना. विशेषाधिकार।
66014 भिटो २ ना. खेतबारी आदिमा लगाइने माटाको डिल वा चरीको पर्खाल।
66015 भिटौरी ना. सहरबजारका घरघडेरीमा लाग्ने धुरीकर।
66016 भिड्नु अ.क्रि. १. परस्परमा लडन्त हुन थाल्नु; मुठभेड हुनु; टकराउनु। २ जोडिनु; मिल्नु; भेटिनु।
66017 भिड्नु अ.क्रि. ३. रुजु गरिनु।
66018 भिड्नु अ.क्रि. ४. दाँजिनु।
66019 भिड्नु अ.क्रि. ५. रोहबरमा राखिनु।
66020 भिड्नु अ.क्रि. ६. जबरजस्ती जिम्मा लाग्नु। स.क्रि.
66021 भिड्नु अ.क्रि. ७. मुकाबिला गर्नु; सामना गर्नु; जुध्नु।
66022 भिड ना. १. धेरै मान्छेको जमघटबाट हुने घचारो; घुइँचो; घन्चमन्च।
66023 भिड ना. २. ठुलो बथान; हुल; फौज।
66024 भिड ना. ३. कामको चापाचाप; कामको थिचोमिचो।
66025 भिडभाड ना. १. हुलमुल; ठेलमठेल; हुल्ला।
66026 भिडभाड ना. २. घचारो; घुइँचो।
66027 भिडन्त ना. परस्परमा लड्ने र भिड्ने काम; परस्परको सङ्घर्ष।
66028 भिडाइ ना. १. भिड्ने भाव, क्रिया वा प्रक्रिया।
66029 भिडाइ ना. २. भिडाउने भाव, क्रिया वा प्रक्रिया।
66030 भिडाइनु क.क्रि. जुधाइनु।
66031 भिडाउनु स.क्रि. १. दुई थरीलाई साथै राखी दाँज्नु; तुलना गर्नु।
66032 भिडाउनु स.क्रि. २. रोहबर गर्नु; रोहबरमा राख्नु। प्रे. क्रि.
66033 भिडाउनु स.क्रि. ३. भिडन्त गराउनु; जुधाउनु।
66034 भिडाउनु स.क्रि. ४. मुठभेड गराउनु।
66035 भिडाउनु स.क्रि. ५. जबरजस्ती जिम्मा लगाउनु; टाँसो लगाउनु।
66036 भिडा ना. १. घचारो; घुइँचो।
66037 भिडा ना. २. झोझझमेला; झन्झट।
66038 भिडा ना. ३. असजिलोपन; तकलिफ।
66039 भिडिओ ना. सौखिनहरूले घरघरमा राखेर पनि हेर्न सक्ने, सानो खालको चलचित्र; कोठेसिनेमा।
66040 भिडिनु क.क्रि. भिड्ने काम गरिनु।
66041 भिण्डी ना. रामतोरियाँ।
66042 भित्ति/भित्तिका ना. १. गारो; भित्तो।
66043 भित्ति/भित्तिका ना. २. जग; आधारस्थल; पृष्ठभूमि।
66044 भित्ति/भित्तिका ना. ३. चिरो; धाँजो।
66045 भित्ति/भित्तिका ना. ४. खण्ड; टुक्रो।
66046 भित्ति / भित्तिका चित्र ना. भित्तामा लेखिएका वा कुँदिएका देवदेवी आदिका चित्र; भित्तामै बनाइएको तस्बिर।
66047 भित्ते ना. १. जिउ छोटो हुने, सानो एक जातको माछा। वि.
66048 भित्ते ना. २. भित्ताको भित्तामा झुन्ड्याइएको।
66049 भित्ते घडी ना. भित्तामा झुन्ड्याइने घडी।
66050 भित्ते चरो ना. हल्का पहेँलो रङका भुत्ला हुने कालाकाला धर्सा हुने, रातो पखेटा, सानो लामो चुच्चो हुने, रुखमा तलबाट माथि जाँदा सोझै उड्न सक्ने रुपीजस्तो चरो।