Dictionary

All Word

66051 भित्ते तालिका ना. रेखाङ्कन वा चित्राङ्कनद्वारा खास कुरा सम्झाइएको, भित्तामा टाँसिएको तालिका।
66052 भित्ते दराज ना. भित्तामा टाँसेर बनाइएको गर्भे दराज; भित्तैमा टाँसिएको दराज।
66053 भित्ते पात्रो ना. भित्तामा झुन्ड्याइने पात्रो; क्यालेन्डर।
66054 भित्तो ना. १. पर्खाल, गारो आदिको पाखो।
66055 भित्तो ना. २. पहाडको फेदी; पर्वतको काख।
66056 भित्तो ना. ३. निश्चय; टुङ्गो; निधो।
66057 भित्तो ना. ४. हद; सीमा।
66058 भित्तो लगाइ ना. टुङ्गो पुग्ने काम; अन्तिम सीमा; पल्लो फाल।
66059 भित्तो फोर्नु अ.क्रि. चोर्नु।
66060 भित्र क्रि.वि. १. घर, पर्खाल, घेरा, बाकस, परिधि आदिको गर्भमा; अन्तर खण्डमा; बाहिरको उल्टोतिर।
66061 भित्र क्रि.वि. २. मर्यादा, परिमाण आदिको सीमानिर। ना. यो.
66062 भित्र क्रि.वि. ३. बिच; माझ; मध्य। ना.
66063 भित्र क्रि.वि. ४. मन; हृदय; दिल; अभ्यन्तर।
66064 भित्र क्रि.वि. ५. जनानाखाना; खोपी; अन्तःपुर।
66065 भित्रनु अ.क्रि. भित्र पस्नु; भित्र पुग्नु; छिर्नु; घुस्नु; प्रवेश गर्नु; भित्रिन।
66066 भित्राइ ना. भित्रने भाव, क्रिया वा प्रक्रिया; भित्र्याइ।
66067 भित्रिनी ना. गुप्त रूपले राखिएकी स्वास्नी; रखौटी; ल्याइता; भित्रेनी।
66068 भित्रिनी पट्टिको वि. भित्रिनीतिरबाट जन्मेको (सन्तान)।
66069 भित्रिनु अ.क्रि. १. भित्र जानु; प्रवेश गर्नु; पस्नु; घुस्नु;
66070 भित्रिनु अ.क्रि. २. सीमा, बाधा, व्यवधान, नियम आदिका घेरामा पर्नु।
66071 भित्रिया वि. १. मन मिलेको; भरपत्याएर भएको; विश्वस्त।
66072 भित्रिया वि. २. भित्रको; भित्री। ना.
66073 भित्रिया वि. ३. कुनै घरपरिवारको आत्मीय व्यक्ति।
66074 भित्री वि. १. भित्रपट्टिको; भित्रको आन्तरिक।
66075 भित्री वि. २. प्रकटमा नआएको; गुप्त। ना.
66076 भित्री वि. ३. लुगाफाटाको भित्रपट्टिको पत्र; भित्री तह।
66077 भित्री खल्ती ना. कोट, पाइन्ट आदि लुगामा भित्रपट्टि राखिएको गोजी; भित्री गोजी।
66078 भित्री छाला ना. जुत्ताको सामाको भित्रपट्टि कपडाको सट्टा राखिने पातलो किसिमको छाला।
66079 भित्री तलुवा ना. जुत्ताको भित्रपट्टिको तलुवा ( इनसोल)।
66080 भित्री बारा ना. घरको बाहिरी चौघेरादेखि भित्रपट्टि लगाइएको घेरा।
66081 भित्री बारी ना. घरको करेसाबारी; कोठेबारी; हाताभित्रको बगैँचा।
66082 भित्री मधेस ना. महाभारत पर्वतमालाका फेदीदेखि तल र चुरे पहाडका फेदीदेखि माथि पर्ने समथर भूभाग।
66083 भित्री सन्चो वि. १. अन्तस्करणले सोचेजस्तो; मनले चिताएजस्तो। ना.
66084 भित्री सन्चो वि. २. सन्चो वा फाइदा हुने काम कुरो। क्रि.वि.
66085 भित्री सन्चो वि. ३. अरूलाई थाहा नदिईकन गुपचुप ढङ्गले।
66086 भित्रेनी ना. रखौटी; ल्याइता; भित्रिनी।
66087 भित्र्याँस ना. शरीरमा रहेको कलेजो, फोक्सो, मुटु, आन्द्रो आदि अवयव।
66088 भित्र्याइ ना. १. भित्रिने भाव, क्रिया वा प्रक्रिया। [भित्र्याउ + आइ]
66089 भित्र्याइ ना. २. भित्र्याउने भाव, क्रिया वा प्रक्रिया।
66090 भित्र्याइनु क.क्रि. भित्र हुलिनु।
66091 भित्र्याउनु स.क्रि. / प्रे. क्रि. १. भित्र हुल्नु; प्रवेश गराउनु; पसाल्नु।
66092 भित्र्याउनु स.क्रि. / प्रे. क्रि. २. भित्र राख्नु; थन्क्याउनु।
66093 भिना ना. १. दिदीका श्रीमान्; दिदीको लोग्ने; भिनाज्यू।
66094 भिना ना. २. प्रेमी (लाक्षणिक अर्थमा)।
66095 भिनाजु ना. १. भिनाज्यू।
66096 भिनाजु ना. २. मिना।
66097 भिनाज्यू ना. दिदीका लोग्ने; भगिनीपति; भिना।
66098 भिनु ना. नासपाती, ज्यामिर, निबुवा, दारिम, कटहर आदि फलको भेट्नुदेखि सुरु भई नाइटोसम्म गएको डाँक्ले गुभो; भिनाजु।
66099 भिन्दिपाल ना. हातले फ्याँकेर प्रहार गरिने छोटो डन्डीजस्तो एक हतियार।
66100 भिन्न वि. १. छुट्टिएको; अलग; पृथक्; छुट्टा।