Dictionary

All Word

66151 भीक ना. हे. भिक।
66152 भीख ना. हे. भिख।
66153 भीड ना. हे. भिड।
66154 भीडभाड ना. हे. भिडभाड।
66155 भीडा ना. हे. भिडा।
66156 भीत वि. अतालिएको; डराएको; तर्सेको; त्रस्त।
66157 भीति ना. १. डर; भय; अताल्याइ।
66158 भीति ना. २. कम्प; कम्पन।
66159 भीम वि. १. डरलाग्दो; भयानक; भयङ्कर। ना.
66160 भीम वि. २. भीमसेन।
66161 भीम वि. ३. शिव।
66162 भीमकर्मा वि. १. डरलाग्दो र साहसपूर्ण काम गर्ने; जोखिमी काम गर्ने।
66163 भीमकर्मा वि. २. महापराक्रमी।
66164 भीमकाय वि. ठुलो जिउ भएको; विशालकाय।
66165 भीम मल्ल ना. मल्लकालमा कान्तिपुरका राजा प्रताप मल्लका एक योद्धा मन्त्री तथा ल्हासामा नेपालको ठुलो व्यापार चलाउने, पछि शत्रुहरूको पेचले हत्या गरिएका एक प्रसिद्ध व्यक्ति।
66166 भीमवानर ना. नृतत्त्वशास्त्रअनुसार मानवजस्तो देखिने डरलाग्दो जीव; डरलाग्दो वानर वा वानरगणमध्येको गुरिल्लासमूहको आदिमानव।
66167 भीमसेन ना. महाभारतमा प्रसिद्ध युधिष्ठिरका माहिला भाइ तथा पञ्चपाण्डवमध्ये एक; पाण्डुका द्वितीय पुत्र।
66168 भीमसेन थापा ना. नेपालको इतिहासमा वि. सं. १८६१ देखि ३४ वर्ष प्रधानमन्त्री भएर कार्यभार सँभाल्ने एक प्रसिद्ध भारदार; सुनधारा, धरहरा आदिको निर्माण गराउने व्यक्ति।
66169 भीमसेन पाती ना. १. सिमालीका जस्तै लाम्चा र फुस्रा रङका पात हुने, घोगाजस्ता झुप्पामा मसिना फूल फुल्ने, गाईबाखाले घाँस खाने एक बोट वा बुटो।
66170 भीमसेन पाती ना. २. फूलका रूपमा समेत लिई देवतालाई चढाइने त्यसैको पात।
66171 भीमसेन भारत ना. परस्परको ठुलो रडाको; चर्को झैझगडा।
66172 भीमसेन भाग ना. सबैभन्दा ठुलो भाग।
66173 भीमसेनी वि. १. भीमसेनसित सम्बन्धित; भीमसेनको जस्तो।
66174 भीमसेनी वि. २. असल; उम्दा।
66175 भीमसेनी कपूर ना. कपूरका विभिन्न प्रकारमध्ये एक किसिमको असल कपूर।
66176 भीमेश्वर ना. नेपालको दोलखा जिल्लाको दोलखा बजारदेखि पूर्वतिरको माथिल्लो भागमा रहेका प्रसिद्ध भीमसेन।
66177 भीर ना. हे. भिर।
66178 भीरु वि. १. डराउने स्वभावको; डरछेरुवा; डरपोक। ना.
66179 भीरु वि. २. डँडाल्नुदेखि पुच्छरसम्म लामा पखेटा पलाएको एक जातको माछा; बाम माछाजस्तो ठुलो जातको माछा।
66180 भीरुता ना. भीरु हुनाको भाव वा अवस्था; डरछेरुवापन।
66181 भीषण वि. १. डरलाग्दो; भयङ्कर; भयावह। ना.
66182 भीषण वि. २. काव्यको भयानक रस।
66183 भीषण वि. ३. शिव।
66184 भीषणता ना. भीषण हुनाको भाव वा अवस्था; भयङ्करता।
66185 भीष्म वि. १. भयानक; भयङ्कर। ना.
66186 भीष्म वि. २. महाभारतप्रसिद्ध, बालब्रह्मचारी एक गङ्गापुत्र; भीष्मपितामह; देवव्रत।
66187 भीष्मपञ्चक ना. कार्त्तिक शुक्लपक्षको एकादशीदेखि पूर्णिमासम्मका पाँच दिन।
66188 भीष्म पितामह ना. गङ्गाका गर्भबाट उत्पन्न, राजा शन्तनुका एक छोरा ; भीष्म; देवव्रत।
66189 भीष्मप्रतिज्ञा ना. १. कान्छी आमा सत्यवतीका सन्तानलाई मात्र राज्यको उत्तराधिकारी गराउन आजीवन विवाह नगर्ने, भीष्मको कठोर प्रतिज्ञा।
66190 भीष्मप्रतिज्ञा ना. २. त्यस्तै कठिन काम गर्ने कबुल; कठोर प्रतिज्ञा।
66191 भुँ ना. १. भँवरो, मौरी, अरिङ्गाल आदि कराउँदै उड्दा निस्कने आवाज।
66192 भुँ ना. २. शङ्ख, तुरही आदि फुकेर बजाउँदा निस्कने आवाज।
66193 भुँमुँ क्रि.वि. भमरा, माहुरी आदि लगातार कराएको शब्द आउने गरी।
66194 भुँडी १ ना. पासा खेल्ने थर्कीको चारै पल्लाका पुछारको बिचको कोठा।
66195 भुँडी २ ना. १. छाती र कमरको बिचमा रहेको, खाएको अन्नपात पाचन गर्ने शारीरिक अङ्ग; पेट; उदर।
66196 भुँडी २ ना. २. खाएको अन्न रहने भित्री आन्द्रे थैली।
66197 भुँडीफोर ना. लामा- लामा खुट्टा र लामो चुच्चो हुने, जलाशयका नजिक बस्ने चरासमूहको प्राणी; एक जातको सारस।
66198 भुँडीवाल वि. ठुलो र नसुहाउँदो भुँडी भएको; भुँडे।
66199 भुँडी भर्नु टु. पैसा कमाउनु।
66200 भुँडुल्के वि. १. भुँडुल्कोजस्तो आकारको; डल्लो; घैँटे।