Dictionary

All Word

66201 भुँडुल्के वि. २. पुड्के; ग्याँचे।
66202 भुँडुल्को ना. सानो भुँड्को; सानो घैँटो; कुलिन।
66203 भुँडे वि. १. ठुलो भुँडी भएको; भुँडीवाल; लाद्रे।
66204 भुँडे वि. २. प्रशस्त खान सक्ने; धेरै खाने।
66205 भुँड्को ना. माटाको सानो लोटाजस्तो भाँडो; सानो घैँटो।
66206 भुँयार ना. आफ्नो इलाकाको रक्षकका रूपमा मानेर बलि आदिद्वारा पूजा गरिने देवता; भुइयाँ।
66207 भुँवरी ना. १. पानी, हावा आदि घुमीघुमी बनेको चक्राकार ठाउँ; पानी वा हावाको चक्कर; जलावर्त।
66208 भुँवरी ना. २. शरीरका रौँ घुम्रिएर पलाएको ठाउँ वा त्यसरी परेको चक्र।
66209 भुँवरो ना. भवँरो; भ्रमर।
66210 भुइँभुइँ क्रि.वि. १. भमरा, माहुरी आदि उड्दा शब्द आउने गरी; पखेटा फट्कारेर।
66211 भुइँभुइँ क्रि.वि. २. बार बार अपानवायु छोड्दा शब्द आउने गरी।
66212 भुइँय्यँ क्रि.वि. एकै खेपमा तिखो रूपले भुनभुनाएर; भुन्न।
66213 भुईं ना. १. स्थावर, जङ्गम अडिने आधार; पृथ्वीको सतह; भईं; जमिन।
66214 भुईं ना. २. बिछ्यौना नहालेको खाली ठाउँ; नाङ्गो वा खाली जमिन।
66215 भुईं ना. ३. कपडा, कागत आदिमा बुट्टा वा अक्षर नभएको ठाउँ; पृष्ठभूमि।
66216 भुईं अमला ना. बाहिर झुस भएका पानीदार मसिना फल फल्ने, अमलाका जस्तै मसिना पात हुने एक भार; पानी-अमला।
66217 भुईं आमै ना. धर्तीमाता।
66218 भुईं ऐँसेलु ना. मसिना पात हुने भुईंकारमा ऐँसेलु जस्तै दाना फल्ने र पाक्ता राता र खाँदा गुलियो हुने फल; भुईंकाफल।
66219 भुईं कटहर ना. केत्तुकेका जस्ता पात हुने, केराको बुङ्गाको आकारमा पसाएर काँडेदार फल लाग्ने र पाकेपछि ताछेर खाँदा गुलियो स्वाद हुने एक किसिमको बास्नादार रसिलो फल; अनारस।
66220 भुईं काफल ना. ऐँसेलुका जस्तै तर मसिना पात हुने भुईंमारमा फल्ने काफलजस्तो रातो एक किसिमको फल
66221 भुईं कुभिन्डो ना. कर्कलाको जस्तै पात हुने, लहराको फेदमा फुस्रो रङको फल लाग्ने एक जातको फल; भूमिकुष्माण्ड; बिदारीकन्द।
66222 भुईंखुट्टे वि. १. भुईंमा ठक्कर खाँदै उफ्रीउफ्री हिँड्ने; उफ्रँदै दौडने।
66223 भुईंखुट्टे वि. २. गुडुलिने; गुडुल्केर दौडने।
66224 भुईंचम्पा ना. १. लसुनका जस्ता पात र प्रायः रातो फूल फुल्ने एक बोट वा त्यसैको फूल।
66225 भुईंचम्पा ना. २. रातो रङको फूल फुल्ने एक कन्द।
66226 भुईंचम्पा ना. ३. पड्किँदा विभिन्न रङ्गका झिल्का निस्कने एक किसिमको आतसबाजी; पटाका।
66227 भुईंचरी ना. भुईं- भुईंमा हिँड्ने सानोखाले जुरेली; भुईंजुरेली।
66228 भुईंचालो ना. भैँचालो; भूकम्प।
66229 भुईं जुरेली ना. र्भुइँ वा कान्लामा गुँड लगाएर बचरा हुर्काउने जुरेली चराको एक जात; भुईंचरी।
66230 भुईं भार ना. भुईंमा टाँस्सिएर फैलिई बढ्ने झार वा घाँस (दुबो, बन्सो, चित्रे, करौते इ.)।
66231 भुईंतलो ना. घर, गोदाम, बगला आदिको जमिनसतहको तलो।
66232 भुईं पाइलट ना. ड्राइभर।
66233 भुईंफट्टा / फुट्टा वि. १. भुइँ फोरेर निस्कने; जमिन फुटाएर बाहिर टुसाउने।
66234 भुईंफट्टा / फुट्टा वि. २. कलमबाट पैदा नभई बीजबाट उम्रने (बोट, विरुवा इ.)।
66235 भुईंफट्टा / फुट्टा वि. ३. कुनै आफन्त वा नातादार नभएको (व्यक्ति)।
66236 भुईंफट्टा / फुट्टा वि. ४. कुनै स्वाभाविक क्रमविना सहसा पैदा भएको (व्यक्ति)।
66237 भुईंफट्टा / फुट्टा वि. ५. गुरुबाट मन्त्र नलिई स्वतःस्फूर्त मन्त्रले नाम कमाएको (धामी, झाँक्री इ.)।
66238 भुईंमान्छे ना. सर्वसाधारण जनता; आफ्नो धरातल नबिर्सिएको मान्छे।
66239 भुईंमा न भाँडामा टु. मैमत्ता; यता न उताको स्थिति।
66240 भुओ ना. १. पुसे औँसीका रातमा स्त्री - पुरुषद्वारा नाचगान गरेर मनाइने एक चाड।
66241 भुओ ना. २. प्राचीन कालका लोकनाट्यमा प्रयोग हुने गीतको नाम।
66242 भुक्नु स.क्रि. अपरिचित व्यक्तिलाई देखेर वा अन्य कुनै कारणले कुकुर कराउनु; भुकभुक शब्द गर्नु; घुक्नु।
66243 भुकभुक क्रि.वि. १. कुकुरका भुकाइको आवाज आउने गरी।
66244 भुकभुक क्रि.वि. २. मुड्की आदिले प्रायः कमला वस्तुमा कुट्ता आवाज निस्कने चालसँग।
66245 भुकभुक क्रि.वि. ३. चिउरा कुट्ता शब्द निस्के झैँ गरी।
66246 भुकभुकती क्रि.वि. त्यस्ता शब्द वा आवाज धमाधम आउने गरी।
66247 भुकभुकिनु अ.क्रि. १. भुकभुक हुनु।
66248 भुकभुकिनु अ.क्रि. २. भुकभुक्याइमा पर्नु; अलिअलि कुटिनु।
66249 भुकभुकी क्रि.वि. भुकभुकती।
66250 भुकभुके वि. १. बाक्लो, फुस्रो र भुक्क फुलेको (रोटी आदि)।