Dictionary

All Word

66351 भुजान्तर ना. १. दुई भुजाका बिचको स्थान।
66352 भुजान्तर ना. २. अँगालो; क्रोड।
66353 भुजापत्र / भुजापात ना. भोजपत्र; भोजपात।
66354 भुजुङ्गो ना. प्रायः तामो, पित्तल आदि धातुको बाटाका आकारमा बनेको केही ठाडो तर बिट नफर्केको पकाउने भाँडो।
66355 भुजुरी / भुजुरो ना. १. कोरेँसोमा कोरेर मसिनो पारेको आलु, मुला, कुभिन्डो आदिको चाना।
66356 भुजुरी / भुजुरो ना. २. त्यस्तै चानाको आकार वा त्यसैमा पिठो मुछेर तारिएको खानेकुरो।
66357 भुजुरी / भुजुरो ना. ३. मुछेको बेसन आदि झाँझरबाट चुहाएर मसिना टुक्रा पारी घिउतेलमा पकाइएको नुनिलो खजुरे खानेकुरो।
66358 भुजेल ना. घर्ती, मगरको थर विशेष।
66359 भुजेली/ भुज्याली ना. १. ठुलो आकारको खुँडा।
66360 भुजेली/ भुज्याली ना. २. खुकुरी।
66361 भुट्नु स.क्रि. १. सुखा मकै, भटमास, धान आदि वस्तु हाँडी आदिमा हाली कप्टेराले चलाएर फूल उठ्ने गरी सुखा पकाउनु; अराल्नु।
66362 भुट्नु स.क्रि. २. खानेकुरा घिउ वा तेलमा तारेर खरो गरी पकाउनु; तार्नु।
66363 भुट्नु स.क्रि. ३. तोप, बन्दुक, ट्याङ्क आदिबाट गोली हानेर धेरै मान्छेलाई मार्नु; सखाप पार्नु।
66364 भुट ना. ओबानै भुट्ने वा भुटेर पकाउने काम।
66365 भुटन ना. हे. भुटुन; भुटुवा।
66366 भुटनेस ना. रस नहाली भुटेर बनाइएको तरकारी; भुटुवा; भुटन।
66367 भुटभाट ना. भुट्ने काम; हाँडीमा मकै आदि वस्तु ठेट्नै वा सुक्खा र भाँडामा थोरै चिल्लो हालेर पुवा, तिहुनतरकारी आदि पानी नहाली पकाउने काम।
66368 भुटभुटिनु अ.क्रि. मनमा परेका ताप वा चिन्ताले पिरोलिनु; त्यस्तो ताप वा चिन्ताले मन पोलेर व्याकुल हुनु वा छटपटिनु, पिरिनु, पिल्सिनु।
66369 भुटभुटी ना. मनमा परेका पिरले भित्रभित्रै भएको व्याकुलता वा छटपटी; चर्को मानसिक ताप।
66370 भुटभुट्याइ ना. भुटभुटिने भाव, क्रिया वा प्रक्रिया।
66371 भुटाइ ना. भुट्ने भाव, क्रिया वा प्रक्रिया।
66372 भुटाइनु क.क्रि. भुट्न लाइनु।
66373 भुटिनु अ.क्रि. १. भुटभाट होइनु। क. क्रि.
66374 भुटिनु अ.क्रि. २. भुट्ने काम गरिनु; भुटाइमा परिनु।
66375 भुटिभाङ ना. अन्न, खानेकुरो आदि केही नहुने स्थिति; फुट्टीकौडी। (उदा.- घरमा भुटीभाङ नभएपछि के खाएर बाँच्ने ?)।
66376 भुटिभाटी टु. केही नभएको अवस्था; भस्माभुटी।
66377 भुटिमाम ना. भुटेको भात।
66378 भुटी ना. १. भुट्ने काम।
66379 भुटी ना. २. भुटेको वस्तु वा खानेकुरो (बालबोलीमा)।
66380 भुटीभाटी ना. भुटभाट गर्ने काम; राम्ररी भुटने काम।
66381 भुटीभुटी ना. (बालबोलीमा) भुट्ने काम वा भुटेका वस्तु (खास गरी मकै आदि)।
66382 भुटुन ना. १. तरकारी, भटुवा आदि पकाउनाका निम्ति कराहीमा वा यस्तै भाँडामा हालिने घिउतेल।
66383 भुटुन ना. २. आन्द्रा, भुँडी, कलेजो, फोक्सो आदि मिलाई घिउ वा तेलमा तारेको परिकार।
66384 भुटुवा वि. १. घिउ-तेलमा भुटेको; तारेको। ना.
66385 भुटुवा वि. २. घिउतेलमा भुटेको वा तारेको सुखा तरकारी।
66386 भुटुवा वि. ३. आन्द्रा, भुँडी, कलेजो आदि तारेको परिकार; भुटन।
66387 भुटेको वि. भुटेर पकाइएको वा तयार पारिएको।
66388 भुटेको तेल ना. सड्ने - बिग्रने नहोस् भनी तोरीलाई भुटेर पाको पारी निकालिएको स्वस्थ तेल।
66389 भुटो ना. १. सँभालिनसक्नु आपत्; भाउँटो।
66390 भुटो ना. २. झन्झट; झमेला; टन्टा।
66391 भुटो ना. ३. मानसिक चिन्ता; फिक्री।
66392 भुट्को ना. उमालेका पानीमा भुटेको पिठो मुछी डल्लो पारी चाकु मिलाई रुमालले छोपेर बाफमा पकाइने रोटी।
66393 भुट्टा ना. १. भुट्ने काम।
66394 भुट्टा ना. २. भुटेको वस्तु वा खानेकुरो।
66395 भुट्टा ना. ३. मकै।
66396 भुतभुत ना. १. रिस, असन्तोष आदिले अस्पष्ट रूपमा व्यक्त हुने एकोहोरो गनगन; फतफत। क्रि.वि.
66397 भुतभुत ना. २. त्यस्तो रिस देखाउँदै गुनगुनाएर; अस्पष्ट रूपमा फतफताउँदै।
66398 भुतभुत ना. ३. झोकले भित्रभित्रै भुङ्ग्रो सल्कने किसिमसँग।
66399 भुतभुताइ ना. भुतभुताउने भाव, क्रिया वा प्रक्रिया।
66400 भुतभुताइनु क.क्रि. झोकले बडबडाइनु; गनगनाइनु।