Dictionary

All Word

66401 भुतभुताउनु अ.क्रि. रिसको सुरमा एक्लै वा एकोहोरो फतफताउनु; बडबडाउनु।
66402 भुतभुते ना. १. आगोका फिलिङ्गा र खरानी मिसिएको भुङ्ग्रो; भुङ्ग्रो। वि.
66403 भुतभुते ना. २. भुतभुत गरिरहने; फतफते।
66404 भुताहा वि. भूतसम्बन्धी; भूतद्वारा निर्मित; भूत लाग्ने।
66405 भुताहा बाँध ना. इतिहासको अज्ञात कालमा निर्मित भएका हुनाले निर्माताको नाम थाहा हुन नसकी छिमेकका व्यक्तिहरूका दृष्टिमा भूतद्वारा निर्मित ठानिएको कुनै बाँध ( पोखराको पार्दी बाँध, सुनसरी भुटाहाको बाँध इ.)।
66406 भुतुक्क क्रि.वि. १. रिसले वा असन्तोषले चुर हुने गरी; साह्रै झोक्किएर।
66407 भुतुक्क क्रि.वि. २. थकाइले लुथ्रुक्क पर्ने गरी।
66408 भुतुक्क क्रि.वि. ३. एक्कासि मर्ने किसिमले; खुत्रुक्क।
66409 भुतुक्क क्रि.वि. ४. ठुलो आसक्ति।
66410 भुतुङ्गे वि. भुतुङ्गो; नाङ्गे।
66411 भुतुङ्गो वि. निर्वाङ्ग; नाङ्गो; नग्न।
66412 भुतुल्लो वि. १. थोत्रोपुरानो; चिथ्रो (सिरक, डस्ना आदि)।
66413 भुतुल्लो वि. २. भुक्क फुलेको; भुकुल्लो।
66414 भुतेग्रो ना. भूतले दुःख दिएको झैँ गरी धेरै दुःख दिने बस्तुभाउ (भेडो, बाख्रो आदि)।
66415 भुतुक्किनु अ.क्रि. भुतुक्क हुनु; मर्नु।
66416 भुतुक्क्याइ ना. भुतुक्किने वा भुतुक्क्याउने क्रिया-प्रक्रिया।
66417 भुतुक्क्याइनु क.क्रि. मर्ने पारिनु।
66418 भुतुक्क्याउनु स.क्रि. भुतुक्क पार्नु; ठहरै तुल्याउनु; मार्नु।
66419 भुत्तिनु अ.क्रि. कुटो, कोदालो, हँसिया, खुकुरी आदि हतियार नकाट्ने वा नलाग्ने हुनु; धार बोधो हुनु; भुत्ते हुनु।
66420 भुत्ते वि. १. धार नभएको वा धार नै कुँडिएको धारिलो नभएको; नलाग्ने (हतियार)।
66421 भुत्ते वि. २. बुद्धि नपसेको; नतिखारिएको; बोधो (मानिस)।
66422 भुत्तो वि. १. धार मरेको; नलाग्ने।
66423 भुत्तो वि. २. बोधो ; भुत्ते।
66424 भुत्याइ ना. १. भुत्तिने क्रिया वा प्रक्रिया। [भुत्त्याउ+आइ]
66425 भुत्याइ ना. २. भुत्त्याउने क्रिया वा प्रक्रिया।
66426 भुत्त्याइनु क.क्रि. भुत्ते पारिनु।
66427 भुत्याहा वि. १. भूतप्रेतले वास गरेको (ठाउँ, घर आदि)। ना.
66428 भुत्याहा वि. २. भूतप्रेतसम्बन्धी काम गर्ने झारफुके व्यक्ति; धामी वा झाँक्री।
66429 भुत्त्याउनु स.क्रि. भुत्ते पार्नु।
66430 भुत्रुक्क क्रि.वि. १. एक्कासि उफ्रने, हाम्फाल्ने वा ओर्लने गरी।
66431 भुत्रुक्क क्रि.वि. २. थकाइले पूरै गलेर।
66432 भुत्रुक्क क्रि.वि. ३. ठहरै मर्ने गरी; भुतुक्क।
66433 भुत्रैसित / भुत्रैसिति वि.बो. बेवास्ता वा उपेक्षाको भाव व्यक्त गर्दा भनिने शब्द; यत्रैसित; कन्डैसित। (उदा.- भनेको नमानी रुख चढेपछि लडे के त, भुत्रैसित ! त्यति जाबो कुरामा पनि रिसाउँछन् भने भुत्रैसिति !)
66434 भुत्रो वि. १. बेवास्ताको; केही न केही; फुस्सा; यत्रो (निन्दार्थमा)। ना.
66435 भुत्रो वि. २. गुप्ताङ्गका रौँ।
66436 भुत्ला ना. १. भुवा; रौँ।
66437 भुत्ला ना. २. थोरै वस्तु; सानो टुक्रो।
66438 भुत्ला ना. ३. चिथ्रो; भुत्रो।
66439 भुत्लावाल वि. भुत्ला हुने; लामा - लामा भुत्ला भएको; भुत्ले, झ्यापुल्लो।
66440 भुत्लाभुत्ली १. एकले अर्काको केश उखेल्ने काम।
66441 भुत्लाभुत्ली २. झगडा।
66442 भुत्लिनु अ.क्रि. १. रौँ भुत्ला आदि खुइलिनु; बाहिरी रौँ लुछिनु।
66443 भुत्लिनु अ.क्रि. २. नाङ्गो हुनु; नाङ्गिनु।
66444 भुत्लिनु अ.क्रि. ३. थोत्रो - पुरानो हुनु; थोत्रिनु।
66445 भुत्लिनु अ.क्रि. ४. अधिकार, मान, जागिर आदि खोसिन्।
66446 भुत्ले वि. भुत्लै भुत्ला भएको; जगल्टे; भुत्लावाल।
66447 भुत्ले साग ना. कुखुराको मासु।
66448 भुत्लो ना. १. बाखा आदिका रौँ; मसिनो भुत्लो; भुवा।
66449 भुत्लो ना. २. चिथ्रो; झुत्रो ; पुरानो।
66450 भुत्लो ना. ३. थोरै वस्तु; सानो टुक्रो; दम्सो।