Dictionary

All Word

66501 भुरो ना. २. सानोतिनो केटो; बच्चो।
66502 भुर्कुट ना. १. कुल्चेर, भाँचेर, खाएर भएको सखाप स्थिति; बेमाख; सर्वनाश; बरबादी; विध्वंस। वि.
66503 भुर्कुट ना. २. सबै; सखाप।
66504 भुर्कुल ना. सलाई बनाउने काममा प्रयोग हुने एक रुखविशेष।
66505 भुर्नहत्ते / भुर्महत्ते ना. १. मर्नु न बाँच्नुको स्थिति; भुरनहत्ते।
66506 भुर्नहत्ते / भुर्महत्ते ना. २. निल्नु न उकेल्नुको वस्तु वा त्यस्तै नचाहिँदो कामकुरो; बिनसित्तिको झ्याउलो वा झन्झट।
66507 भुर्र क्रि.वि. चराचुरुङ्गीका उडाइको आवाज आउने गरी।
66508 भुर्रा १ ना. १. मानमर्यादा; प्रतिष्ठा; इज्ज्त ; आबरु।
66509 भुर्रा १ ना. २. गन्जिफाको खेलमा एकएक चक्की फ्याँकेर खाने एक दाउ।
66510 भुर्रा २ ना. एक जातको परेवा।
66511 भुल्नु स.क्रि. १. पहिले भए गरेको कुरा नसम्झिनु; बिर्सनु।
66512 भुल्नु स.क्रि. २. कुनै गल्ती वा भुल गर्नु; बिराउनु। अ.क्रि.
66513 भुल्नु स.क्रि. ३. भुलमा पर्नु; चुक्नु।
66514 भुल्नु स.क्रि. ४. अलमलिनु; झुक्किनु; छक्किनु।
66515 भुल्नु स.क्रि. ५. आसक्त हुनु; लहसिनु; लग्गु हुनु।
66516 भुल ना. १. ताकेको काम गर्नुपर्नेमा झुक्किएर गरिने अर्कै काम; भुल्ने काम; भ्रम; चुक; गफलत।
66517 भुल ना. २. विराम; कसुर; विगार।
66518 भुल ना. ३. लेखनमा हुने गल्ती; अशुद्धि।
66519 भुल ना. ४. बिर्सने काम; विस्मृति।
66520 भुलचुक ना. १. भुल र चुक; बिराम र दोष।
66521 भुलचुक ना. २. भुलबाट हुन आएको त्रुटि; अज्ञानता वा व्यस्तताले हुने गल्ती।
66522 भुलभुल क्रि.वि. पानी, रगत आदि निस्किरहने गरी।
66523 भुलभुलाइ ना. भुलभुलाउने भाव, क्रिया वा प्रक्रिया।
66524 भुलभुलाउनु अ.क्रि. १. मूल फुटेर वा भुलभुल हुने गरी जमिनबाट पानी उम्रनु।
66525 भुलभुलाउनु अ.क्रि. २. त्यसरी नै आँसु आदि बग्नु।
66526 भुलभुलिनु अ.क्रि. भुलभुल गरी जमिनबाट पानी उम्रिनु; भुलभुलाउनु।
66527 भुलभुले वि. भुलभुल गरी उम्लेको वा उम्रेको (पानी आदि तरल पदार्थ)।
66528 भुलभुलैया ना. १. पेचिलो वा झुक्याउने कुरो; घुमाउरो कुराकानी।
66529 भुलभुलैया ना. २. अलमलिने बाटो भएको कुनै घर वा त्यस्तै रचना।
66530 भुलभुल्याहट ना. भुलभुलिने स्थिति, भाव वा क्रियाप्रक्रिया।
66531 भुलाइ ना. भुल्ने भाव, क्रिया वा प्रक्रिया। [भुलाउ+आइ] ना. भुलाउने भाव, क्रिया वा प्रक्रिया।
66532 भुलाइनु क.क्रि. भुल्ने पारिनु; अल्मल्याइनु।
66533 भुलाउनु प्रे. क्रि. १. बिर्साउनु; अलमल्याउनु।
66534 भुलाउनु प्रे. क्रि. २. झुक्याउनु; छकाउनु।
66535 भुलाउनु प्रे. क्रि. ३. प्रेममा फसाउनु; आसक्त बनाउनु।
66536 भुलायो ना. १. रेसमको धागोबाट बुनेको एक प्रकारको नरम कपडा; अन्डी।
66537 भुलायो ना. २. भुवैभुवा हुने गरी बुनेको नरम कपडा।
66538 भुलिनु अ.क्रि. भुलमा परिनु।
66539 भुलु ना. दुई-तीन मिटर अग्लो, भेट्नु भएका चिल्ला, पातला र टल्कने पात हुने, गुलाफी हल्का पहेँलो रङका फूल फुल्ने एक प्रकारको रुख; सोही रुखको रातो जामुनुका आकारको फल।
66540 भुलुक्क क्रि.वि. १. दुध, पानी आदि पहिलोपल्ट भुल्को फुटेर उम्लिने गरी।
66541 भुलुक्क क्रि.वि. २. पानी आदि तरल पदार्थ भुल्कोबाट एक्कासि निस्केर।
66542 भुल्कनु अ.क्रि. १. पानी, दुध, आदि तरल पदार्थ तताउँदा उम्लनु; भुलुक्क हुनु वा भुल्को निस्कनु।
66543 भुल्कनु अ.क्रि. २. पानी, रगत आदि तरल पदार्थ अलिअलि गरी वेगले निस्कनु।
66544 भुल्काइ ना. भुल्कने वा भुल्काउने क्रिया वा प्रक्रिया।
66545 भुल्काइनु क.क्रि. भुलुक्क उमालिनु।
66546 भुल्काउनु स.क्रि. भुलुक्क उमाल्नु।
66547 भुल्किनु अ.क्रि. भुलुक्क उम्लिनु।
66548 भुल्को १ ना. १. दुध, पानी आदि तरल पदार्थ तताउँदाको उम्लाइ; उमाल।
66549 भुल्को १ ना. २. पानी, आँसु आदि एक पटकमा निस्केको अंश वा वेग; मुल्को।
66550 भुल्को १ ना. ३. धेरै मलिलो जमिनमा सप्रेर उम्रेको बालीको गाँज।