Dictionary

All Word

66651 भूचिकित्साशास्त्र ना. भौगोलिक तत्त्व र गुणहरूमा भर पर्ने स्वास्थ्यशास्त्र।
66652 भूदान ना. जग्गा वा भूमिदान।
66653 भूत वि. १. भइसकेको; भएको।
66654 भूत वि. २. बितेको; विगत।
66655 भूत वि. ३. मिलेको।
66656 भूत वि. ४. उस्तै; समान; तुल्य।
66657 भूत वि. ५. पैदा भएको; उत्पन्न। ना.
66658 भूत वि. ६. चराचर प्राणी; जीव।
66659 भूत वि. ७. पृथ्वी, जल, तेज, वायु र आकाश; पञ्च महाभूत।
66660 भूत वि. ८. बितेको समय; विगत काल।
66661 भूत वि. ९. सृष्टिका चेतन र अचेतन सबै पदार्थ। १०. व्याकरणका अनुसार कार्यव्यापार समाप्त भएको अर्थ बुझाउने क्रिया ( गएँ, गयौँ, गए इ.)।
66662 भूत वि. ११. मृत शरीर वा त्यसको आत्मा; मृतात्मा।
66663 भूत वि. १२. पिशाच; प्रेत।
66664 भूत वि. १३. शिवको एक गण।
66665 भूत काल ना. १. बितिसकेको समय; विगत काल।
66666 भूत काल ना. २. व्याकरणका वर्तमान, भूत र भविष्यत् कालमध्ये एक।
66667 भूत कालिक वि. १. विगत समयमा भएको; पहिले घटिसकेको।
66668 भूत कालिक वि. २. भूतकालसँग सम्बन्धित।
66669 भूतनाथ ना. चराचर प्राणीका मालिक; शिवजी।
66670 भूतत्त्व ना. पानी, वायु, आकाश आदि पृथ्वीका तत्त्व।
66671 भूतत्त्वविज्ञान ना. भूमिको गहन तत्त्वको अध्ययन गरिने विद्या; भूतत्त्वसम्बन्धी शास्त्र; भूतत्त्वविद्या।
66672 भूतत्त्वविद् ना. भूतत्त्वको ज्ञान भएको व्यक्ति; भूतत्त्वको ज्ञाता।
66673 भूतत्त्व विद्या ना. भूगर्भशास्त्र।
66674 भूतत्त्ववेत्ता ना. भूतत्त्वविद्।
66675 भूतनगर ना. भूतहरूको बिगबिगी भएको वा भूत-प्रेतले वास गरेको कल्पित सहर।
66676 भूतपूर्व वि. १. पहिले भइसकेको; बितेको समयको; पूर्वकालको; पूर्ववर्ती।
66677 भूतपूर्व वि. २. पहिले कुनै पदप्रतिष्ठामा रही हाल खाली भएको (व्यक्ति)।
66678 भूतपूर्व सैनिक सङ्गठन ना. अवकाशप्राप्त सैनिक जवानहरूका परिवारको सुखसुविधा, शिक्षा, बसोबास आदिको प्रबन्ध गर्न र राष्ट्रिय हितमा संलग्न गराउन बनाइएको एक सङ्गठन।
66679 भूतप्रेत ना. अगति परेका मानिसहरूको तथाकथित तर्साउने आत्मा; भूतप्रेत-पिशाचहरूको समुदाय।
66680 भूतबङ्गला ना. भूत-प्रेत बस्ने भनी विश्वास गरिएको डरलाग्दो र तर्साउने घर; भूतमहल; भूताहाघर।
66681 भूतयज्ञ ना. गृहस्थीहरूले प्रतिदिन नित्य क्रियाका रूपमा गर्नुपर्ने पञ्चयज्ञमध्ये एक; भिक्षुक, श्वान, काक, कमिला आदि प्राणीलाई अन्नदान गरिने यज्ञ।
66682 भूतल ना. पृथ्वीको बाहिरी खँदिलो तह; परत।
66683 भूतविद्या ना. १. भूतप्रेत, पिशाच आदिबाट पैदा हुने रोगव्याधिको उपचार गर्ने विद्या।
66684 भूतविद्या ना. २. भूतप्रेतसम्बन्धी विद्या।
66685 भूतशुद्धि ना. अनुष्ठान, पुरश्चरण आदिमा यज्ञको आरम्भ हुँदा मन्त्र आदिद्वारा शरीर शुद्ध गरिने विधि।
66686 भूतात्मा ना. १. मृत शरीरमा पहिले रहेको आत्मा।
66687 भूतात्मा ना. २. पार्थिव शरीर।
66688 भूतात्मा ना. ३. जीवात्मा।
66689 भूतात्मा ना. ४. परमात्मा।
66690 भूतात्मा ना. ५. पिशाच; प्रेत।
66691 भूति ना. १. धन; सम्पत्ति; ऐश्वर्य।
66692 भूति ना. २. खरानी; भस्म।
66693 भूति ना. ३. उत्पन्न हुने प्रक्रिया; जन्म।
66694 भूतिभूषण ना. खरानी नै आभूषण भएका देवता; महादेव।
66695 भूते वि. भूत भएको वा भूत बस्ने; भूतसम्बन्धी।
66696 भूते ओडार ना. भूत बस्ने ओडार; डरलाग्दो ओडार।
66697 भूदेव ना. १. ब्राह्मण।
66698 भूदेव ना. २. भूस्वामी।
66699 भूदेव ना. ३. भुँयार।
66700 भूधर ना. १. पहाड; पर्वत।