Dictionary

All Word

66701 भूधर ना. २. शेषनाग।
66702 भूधर ना. ३. कृष्ण।
66703 भूप/भूपति ना. १. महाराज; राजा; भूपति।
66704 भूप/भूपति ना. २. बादशाह; सम्राट्।
66705 भूपरिवेष्टित वि. चारैतिर अरू देशको भूभागबाट घेरिएको व समुद्री मार्ग नभएको (देश)।
66706 भूपाल ना. राजा; भूप।
66707 भूपेन्द्र ना. राजाहरूमा शक्तिशाली र सर्वश्रेष्ठ राजा; सम्राट्।
66708 भूप्रकृति ना. पृथ्वीको धरातलको प्राकृतिक बनोट।
66709 भूभाग ना. १. कुनै महाद्वीप वा उपद्वीपको खण्ड; प्रदेश।
66710 भूभाग ना. २. जमिनको खण्ड; भूक्षेत्र; भूखण्ड।
66711 भूभार ना. १. पृथ्वीको भार।
66712 भूभार ना. २. ठुलो जिम्मेदारी; गहन उत्तरदायित्व।
66713 भूभार ना. ३. बेहोर्न गाह्रो पर्ने टन्टा; झमेला; नचाहिँदो झ्याउलो।
66714 भूभारत ना. ठुलो जिम्मेवारी; टन्टा; झमेला; झ्याउलो।
66715 भूभौतिक वि. पृथ्वीको बाह्य भौगोलिक वस्तु (पानी, नदी, हावा आदि) को अध्ययन गर्ने; विज्ञानसम्बन्धी।
66716 भूभौतिक विज्ञान ना. भूभौतिकसम्बन्धी विज्ञान।
66717 भूभौतिकी ना. भूभौतिक विज्ञान।
66718 भूमण्डल ना. पृथ्वीको सतह; भूतल; पृथ्वी; धर्ती।
66719 भूमध्य वि. चारैतिर जमिनले घेरिएको।
66720 भूमध्यरेखा ना. अक्षान्तररेखाको समानान्तरमा पृथ्वीको बिच भागमा पटुका झैँ बेरिएर पूर्वदेखि पश्चिमसम्म पुगेको काल्पनिक रेखा; विषुवत् - रेखा।
66721 भूमध्यसागर ना. पूर्वमा टर्कीनेरि एसिया र युरोपलाई र पश्चिममा स्पेननेरि युरोप र अफ्रिकालाई छुट्ट्याउने एक सागर।
66722 भूमापन ना. कुनै देश, प्रदेश, जग्गाजमिन आदिको नापनक्सा गर्ने काम; सर्भे।
66723 भूमि ना. १. पृथ्वीको स्थलभाग; भूमि; जमिन; भुईं; धरती।
66724 भूमि ना. २. ठाउँ; स्थान (जन्मभूमि, मातृभूमि आदि)।
66725 भूमि ना. ३. कुनै देश वा भूभाग (आर्यभूमि, भारतभूमि आदि)।
66726 भूमि ना. ४. लिच्छविकालीन भूमिको नापोअनुसार एक रोपनीजतिको परिमाण।
66727 भूमि ना. ५. बौद्धधर्मका हीनयानमा रहने चार, महायानमा रहने दश र वज्रयानमा रहने तेह्र अवस्था।
66728 भूमि ना. ६. कुनै वस्तुको आधार वा आश्रयस्थल (पृष्ठभूमि, कर्मभूमि आदि)।
66729 भूमि ना. ७. घरको अलगअलग खण्ड; तला; भुईंतला।
66730 भूमि ना. ८. खेती गर्न लायक जमिन; खेतीपाती गरिने जग्गा।
66731 भूमि एकीकरण ना. ससाना टुक्रामा छरिएको जमिनलाई बिराएर खेतीयोग्य बनाउने काम।
66732 भूमि कदम्ब ना. एक प्रकारको सानो जातको कदम्ब।
66733 भूमिकम्प ना. भूकम्प; भैँचालो।
66734 भूमिकर ना. तोकिएमुताबिक सरकारलाई तिर्नुपर्ने जग्गाको कर ; जग्गाकर; तिरो; पोत।
66735 भूमिका ना. १. कुनै ग्रन्थका सम्बन्धमा ज्ञातव्य कुरा लेखिएको, त्यसै ग्रन्थका आरम्भको वक्तव्य; प्रस्तावना; प्राक्कथन, आमुख; उपोद्घात; मुखबन्ध।
66736 भूमिका ना. २. कुनै कुरा प्रस्तुत गर्नुभन्दा पहिले उठाइने प्रसङ्ग; आधारभूमि; पूर्वप्रसङ्ग।
66737 भूमिका ना. ३. कुनै व्यक्ति वा वस्तुको योगदान।
66738 भूमिका ना. ४. नाटक आदिमा पात्रको अभिनय वा कार्य।
66739 भूमिका ना. ५. रचना।
66740 भूमिका ना. ६. वेदान्तशास्त्रका अनुसार चित्तका पाँच अवस्था (क्षिप्त, मूढ, विक्षिप्त, एकाग्र र निरुद्ध)।
66741 भूमिका प्रदर्शन ना. वास्तविक जीवनसँग समता राख्ने कुनै व्यवहारलाई खास प्रसङ्गमा आरोपित वा अभिनय गर्ने काइदा; खास प्रसङ्ग, अवस्था वा घटनासँग सम्बद्ध चरित्रको अभिनयात्मक प्रस्तुति।
66742 भूमिगत वि. जमिनमुनि रहेको; भूगर्भमा स्थित।
66743 भूमिगत जल ना. जमिनभित्र रहेको पानी।
66744 भूमि गृह ना. तहखाना; भूगृह।
66745 भूमिच्छिद्र ना. प्राचीनकालमा ब्राह्मणलाई अध्ययन- अध्यापन गरेबापत सरकारी करबाट मुक्त गरी दिइने जग्गाजमिन।
66746 भूमिति ना. भूमि वा क्षेत्रको धरातलमा नाप गर्ने र नक्सा आदि तयार गर्ने विज्ञान; भूमापन गर्ने विद्या।
66747 भूमि देवता ना. जग्गाजमिनका अधिष्ठाता वा संरक्षक देवता।
66748 भूमिप्राप्ति ना. जग्गाजमिन पाउने काम।
66749 भूमिप्राप्ति अधिनियम ना. कुनै कामको आवश्यकता पूर्तिका निम्ति जमिन किन्ने वा ग्रहण गर्ने नियमकानुन; भूमिप्राप्त गर्ने अधिकारसम्बन्धी कानुन।
66750 भूमिबन्धक ना. ब्याङ्क आदि संस्थाबाट जग्गाजमिन धितो राखेर ऋण लिने काम।