Dictionary

All Word

66601 भुसुल्ट्याइनु क.क्रि. भुसुल्टिने स्थितिमा पारिनु; जिल्ल्याइनु; हिस्स्याइनु।
66602 भुसुल्ट्याउनु स.क्रि. कसैलाई आशा देखाएर सो वस्तु नदिनु; जिल्ल्याउनु; हिस्स्याउनु।
66603 भुसुसुसु क्रि.वि. १. बिस्तारै आगो सल्केर खतम हुने गरी; कुनै वस्तु धमाधम सल्किने चालले।
66604 भुसुसुसु क्रि.वि. २. उड्ने वा निदाउने गरी।
66605 भुसुसुसु क्रि.वि. ३. चालै नपाई सकिँदै जाने किसिमले।
66606 भुसे वि. भुसबाट बनेको; भुससम्बन्धी; भुसको।
66607 भुसेचुली ना. बिचमा ढुङ्ग्रो हाली भुस खाँदेर ढुङ्ग्रो झिकेपछि तलतिर प्रायः एउटै दाउरो बालेर त्यसैले भुस सल्काई खानेकुरा पकाउने चुलो; भुसको अँगेठी।
66608 भुस्कुट ना. १. सर्वनाश; सखाप; बरबादी। वि.
66609 भुस्कुट ना. २. सबै; स्वार्लाक्कै।
66610 भुस्याइ ना. भुसिने वा भुस्याउने भाव, क्रिया वा प्रक्रिया।
66611 भुस्याइनु क.क्रि. भुसिने पारिनु।
66612 भुस्याउनु स.क्रि. भुसिने पार्नु।
66613 भुस्याहा वि. १. मानमर्यादा, इज्जत आदि नभएको।
66614 भुस्याहा वि. २. खुबी वा सिप नभएको।
66615 भुस्याहा वि. ३. भुस जस्तै सारतत्त्व नभएको; निस्सार; बुद्धिहीन।
66616 भुस्याहा कुकुर ना. गल्लीगल्ली चहार्ने, बेवारिसे र निम्न स्तरको कुकर।
66617 भुस्सा ना. १. सुर्ती काटेर सुकाउँदा राम्रो दर्जाको बन्न नसकेको, फेद, टुप्पा आदि सबै मिसाएर तयार पारिएको सस्तो कोटिको सुर्ती।
66618 भुस्सा ना. २. कक्कडका रूपमा वा सुल्फामा हालेर तानिने सुर्ती।
66619 भुस्सा ना. ३. गाईबस्तुलाई खुवाइने पराल आदि काटिएका मसिना टुक्रा।
66620 भू ना. १. धरती; जमिन; भूमि।
66621 भू ना. २. ठाउँ; स्थान।
66622 भूआकृति ना. धरातलको स्वरूप; भूस्वरूप; भूबनोट।
66623 भूउपग्रह ना. १. पृथ्वीका वरिपरि परिक्रमा गर्ने र पृथ्वीकै आकर्षण विकर्षणमा धानिने सानातिना ग्रह।
66624 भूउपग्रह ना. २. पृथ्वीको कक्षमा परिक्रमा गर्ने, वैज्ञानिकहरूद्वारा निर्मित सानो ग्रह।
66625 भूप्रक्षेपण ना. कुनै ग्रहका कक्षमा परिक्रमा गर्न अन्तरिक्षमा भूउपग्रह छोड्ने काम।
66626 भूसञ्चार सेवा ना. पृथ्वीका कक्षमा परिक्रमा गर्ने ग्रहहरूको गतिविधि जान्न चित्र, ध्वनि आदि लिई सञ्चारको सुविधा मिलाउने व्यवस्था।
66627 भूउपयोगिता ना. पृथ्वीको काम लाग्ने गुण वा जमिनको प्रयोजनीयता; माटोबाट हुने लाभदायी गुण।
66628 भूकम्प ना. भुईंचालो; भैँचालो।
66629 भूकर्मी ना. भूमिमा नै काम गर्ने हवाईविभागका कामदार कर्मचारी।
66630 भूक्षय ना. १. बाढी, पहिरो आदिबाट जमिन भास्सिने र बग्ने काम; त्यसरी जमिन खिइँदै जाने प्रक्रिया।
66631 भूक्षय ना. २. उर्वरा शक्तिको ह्रास; भूक्षरण।
66632 भूक्षयिता ना. जमिन नाश हुँदै जाने काम; भूक्षय हुनाको भाव वा स्थिति।
66633 भूक्षरण ना. १. अव्यवस्थित हिसाबले गरिने वनजङ्गलको फँडानी, अतिवृष्टि आदिका कारणले जमिनको सतहको माटो खस्कँदै जाने प्रक्रिया।
66634 भूक्षरण ना. २. जमिनको उर्वरा शक्तिको ह्रास।
66635 भूक्षितिज ना. पृथ्वी र अन्तरिक्ष जोडिएको आभास हुने ठाउँ; क्षितिज।
66636 भूक्षेत्र ना. १. जमिनको भाग; धरतीको आयतन।
66637 भूक्षेत्र ना. २. जलक्षेत्रबाहेकको भूभाग।
66638 भूक्षेत्रीय वि. भूक्षेत्रसम्बन्धी; भूक्षेत्रको।
66639 भूखण्ड ना. १. जग्गाजमिनको टुक्रो।
66640 भूखण्ड ना. २. ज्यादै झन्झटको काम; अप्ठ्यारो काम।
66641 भूखण्ड ना. ३. ठुलो विघ्नबाधा; ठुलो अड्काउ।
66642 भूगर्भ ना. पृथ्वीको भित्री वा तल्लो तह।
66643 भूगर्भविद् वि. भूगर्भविद्या वा भूगर्भशास्त्रको ज्ञाता।
66644 भूगर्भविद्या ना. भूगर्भशास्त्र।
66645 भूगर्भशास्त्र ना. भूगर्भमा रहेको पदार्थ पत्ता लगाउने र त्यससम्बन्धी अध्ययन गर्ने विद्या; भूगर्भशास्त्र।
66646 भूगर्भवेत्ता ना. भूगर्भसम्बन्धी ज्ञाता; भूगर्भविद्।
66647 भूगृह ना. भवनको जमिनमुनि बनाइएको तला; ताइखाना; तहखाना।
66648 भूगोल ना. १. पृथ्वी।
66649 भूगोल ना. २. पृथ्वीको (बाह्य सतह जङ्गल, नदी, पहाड आदि प्राकृतिक विभाग, देश, नगर, गाउँ आदि राजनीतिक विभाग, उष्णकटिबन्ध, शीतकटिबन्ध आदि वातावरणिक विभाग र उद्योगधन्दा, ऋतुहरू तथा बासिन्दाहरू सबैको) वर्णन वा विचार भएको शास्त्र।
66650 भूचक्र ना. पृथ्वीको परिधि; क्रान्तिवृत्त; विषुवत्रेखा।