Dictionary

All Word

66551 भुल्को २ ना. लाटोकोसेरो; उल्लु।
66552 भुल्क्याइ ना. भुल्किने भाव, क्रिया वा प्रक्रिया।
66553 भुल्ल क्रि.वि. १. जमिनबाट पानी आदि निस्कने गरी।
66554 भुल्ल क्रि.वि. २. उम्लेर।
66555 भुल्ल क्रि.वि. ३. कुनै तरल पदार्थ एक्कासि निस्कने गरी।
66556 भुव ना. पुराणअनुसार पृथ्वीमाथिका सात लोकमध्ये दोस्रो लोक; पृथ्वी र सूर्यका बिचमा रहेको आकाश; अन्तरिक्ष।
66557 भुवन ना. १. जगत्; संसार।
66558 भुवन ना. २. जल; पानी।
66559 भुवन ना. ३. प्रकृतिको सिर्जना; सृष्टि।
66560 भुवन ना. ४. जनता; दुनियाँ।
66561 भुवन ना. ५. पुराणअनुसार भू, भुव, स्व, मह आदि चौध लोक; सात लोक तथा सात पातालमध्ये प्रत्येक।
66562 भुवन ना. ६. उक्त आधारमा चौधको सङ्ख्यासूचक शब्द।
66563 भुवन कोश ना. १. चौध भुवनको समष्टि।
66564 भुवन कोश ना. २. समस्त ब्रह्माण्ड; भूमण्डल।
66565 भुवनत्रय ना. धर्तीलगायत माथिको एक र मुनिको समेत तीन लोक- स्वर्ग, मर्त्य र पाताल।
66566 भुवनेश्वर ना. १. भुवनका ईश्वर।
66567 भुवनेश्वर ना. २. शिवको मूर्ति वा रूप।
66568 भुवनेश्वर ना. ३. राजा।
66569 भुवनेश्वरी ना. १. तन्त्रशास्त्रका दश महाविद्यामध्ये एक।
66570 भुवनेश्वरी ना. २. दुर्गा; देवी।
66571 भुवर्लोक ना. चौध भुवनमध्ये एक; पृथ्वीमाथिका सप्तलोकमध्ये दोस्रो लोक।
66572 भुवल / भुवस्तान ना. कष्टसाथ झेल्नुपर्ने दुःखको अवस्था; ठुलो दुःख; हन्डर; सङ्कट; हैरानी।
66573 भुवा ना. १. सिमल, कपास आदिको नरम रुवा।
66574 भुवा ना. २. मुलायम अनुभव हुने, मसिना, कमला रौँ; भुवा।
66575 भुवा ना. ३. निबुवा आदि फलको गुदीभन्दा बाहिर र बोक्राभन्दा भित्रपट्टि रहेको खान पनि हुने वस्तु।
66576 भुवा ना. ४. निको हुन थालेको घाउ-खटिराको साह्रै मसिना पाप्राको समूह।
66577 भुवा ना. ५. धुस्सा आदिमा धुस्निएर निस्केको मसिना रौँ जस्तै नरम वस्तु।
66578 भुवाजिन ना. भुवा उठेको, असल खालको जिन कपडा।
66579 भुवादार वि. १. भुवा हुनाले नरम देखिने; भुवा भएको (कपडा)। ना.
66580 भुवादार वि. २. भुवादारी।
66581 भुवादारी ना. भुवैभुवा उठेको रुमाल, विशेषखालको कपडा।
66582 भुस ना. १. धान, गहुँ, कोदो आदि अन्न कुटेर वा पिँधेर केलाउँदा बोक्राका रूपमा आउने खोस्टा।
66583 भुस ना. २. सारहीन वस्तु।
66584 भुस ना. ३. केही पनि हातलागी नहुने काम; प्राप्तिको अभाव; निष्फलता; फुस्सा।
66585 भुसको थैली वि. मगज नभएको; हलम्बु।
66586 भुसतिघ्रे वि. १. ठुला तिघ्रा वा डाल भएअनुसार काम नदिने।
66587 भुसतिघ्रे वि. २. मोटा र खस्रा तिघ्रा भएको; मोटो र तिघ्रे।
66588 भुसाउरो ना. १. भित्र चामल नभएको पटुवाको थुप्रो।
66589 भुसाउरो ना. २. भुस्सा काट्ने हतियार; खडाँस।
66590 भुसाहा वि. भित्र गुदी नभई दाम्रो भएको; धेरै भुस निस्कने; भुस्याहा।
66591 भुसिनु अ.क्रि. भुसजस्तो हुनु; निष्फल हुनु; खेर जानु।
66592 भुसुक्क क्रि.वि. १. एक्कासि बिर्सने गरी।
66593 भुसुक्क क्रि.वि. २. आगाले सबै डढ्ने किसिमले।
66594 भुसुक्क क्रि.वि. ३. जो भएको सबै नाश भएर, सिद्धिएर वा बिग्रिएर।
66595 भुसुक्क क्रि.वि. ४. सुत्दा गाढा निद्रामा पर्ने गरी; चालै नपाई निदाएर।
66596 भुसुनु/भुसुनो ना. फोहर मैला वा रछानतिर हुने पिउसोजस्तो सानो किरो; भुसुनो।
66597 भुसुने वि. १. ज्यादै सानो।
66598 भुसुने वि. २. कम महत्त्वको; क्षुद्र।
66599 भुसुल्टिनु अ.क्रि. आशा गरेको वस्तु नपाइनु; गठिनु; हिस्सिनु।
66600 भुसुल्ट्याइ ना. भुसुल्टिने वा भुसुल्ट्याइने भाव, क्रिया वा प्रक्रिया।