Dictionary

All Word

66751 भूमिविखण्डन ना. जमिनलाई खेतबारीका रूपमा ससाना खण्डमा छुट्टयाउने वा टुक्र्याउने काम।
66752 भूमिसम्बन्धी वि. जग्गाजमिनसँग सम्बन्धित; जग्गा- जमिनको।
66753 भूमिसम्बन्धी ऐन ना. मोही र जग्गाधनीका अधिकार र सर्तहरूको उल्लेख गरी दुवैतर्फको सम्बन्ध मिलाउने जग्गाजमिनसम्बन्धी अधिकारको कानुन।
66754 भूमिसुधार ना. जग्गाजमिनको न्यायपूर्ण वितरण, व्यवस्था, संरक्षण आदिसम्बन्धी सुधारकार्य।
66755 भूमिसुधार ऐन ना. भूमिपतिहरूले अधिकतम कतिसम्म जमिन राख्न पाउने र मोहीहरूले अधिकतम कतिसम्म जमिन राख्न पाउने तथा मोहीहरूले कतिसम्म जमिनको अधिकार पाउने भन्ने व्यवस्था गरिएको कानुन।
66756 भूमिसुधार व्यवस्था ना. जमिनको उपभोगमा उचित हद तोकी सुधार ल्याउने हिसाबले तयार गरिने तथा जग्गाधनी र मोहीका बिचमा रहेका असमानतालाई हटाउने प्रयत्न गरिने भूमिसम्बन्धी सरकारी व्यवस्था।
66757 भूमिहीन वि. आफ्नो नाउँमा अधिराज्यभर जग्गाजमिन नभएको; सुकुम्बासी; सर्वहारा।
66758 भूमे ना. किसानहरूले दाइँ गरिसकेपछि पूजा गर्ने देवता; भूमिदेवता।
66759 भूमेखाजा ना. भूमेपूजामा खाजा खाँदा भूमेका निम्ति छुट्ट्याएर राखिने खाजा।
66760 भूमेपाठी ना. भूमेपूजा गर्दा काटिने पाठी।
66761 भूमेपाठो ना. भूमेपूजा गर्दा काटिने पाठो।
66762 भूमेपाथी ना. धान झारिसकेपछि खलैबाट चेलीबेटीलाई भनी छुट्ट्याइने पाथीभाग।
66763 भूमेभाग ना. अन्न भित्र्याउनुभन्दा पहिले भूमिदेवताका नाममा अर्पण गरिने भाग।
66764 भूय: क्रि.वि. १. फेरि; पुनः; अर्को पल्ट।
66765 भूय: क्रि.वि. २. अझ बढी; चाहिनेभन्दा बढ्ता।
66766 भूयश: क्रि.वि. धेरैजसो; अधिकांशतः, प्रायशः।
66767 भूयसी क्रि.वि. प्रशस्त; धेरैभन्दा धेरै; पर्याप्त।
66768 भूयसी दक्षिणा ना. धार्मिक अनुष्ठान, मङ्गलकार्य, यज्ञ आदि गरिसकेपछि ब्राह्मणहरूलाई मूल दक्षिणापछि दिइने सहायक दक्षिणा; कुनै यज्ञको प्रतिष्ठास्वरूप दिइने विशेष दक्षिणा।
66769 भूरसी ना. १. सबैतिर अलिअलि गरिएको खर्च; चानचुने खर्च।
66770 भूरसी ना. २. भूयसी दक्षिणा।
66771 भूराजनयिक वि. भूराजनीतिसम्बन्धी विषयमा पोख्त भएको।
66772 भूराजनीति ना. १. परराष्ट्रका स्थलगत विषयमा सन्तुलन राख्ने राजनीति; भूपरिवेष्टित राष्ट्रहरूले अँगाल्ने राजनीति।
66773 भूराजनीति ना. २. देशको भौगोलिक अवस्था र बनावटअनुरूप अँगालिने राजनीति।
66774 भूराजनीतिक वि. भूराजनीतिसँग सम्बन्धित; भूराजनीतिको।
66775 भूराजस्व ना. जग्गाजमिनबाट मालपोतका रूपमा असुल भएको सरकारी रकम।
66776 भूरि वि. धेरै; ज्यादा; अधिक।
66777 भूर्ज ना. भोजपत्रको रुख।
66778 भूर्जपत्र ना. भोजपत्र; भोजपात।
66779 भूर्लोक ना. मर्त्यलोक; संसार।
66780 भूल ना. हे. भुल।
66781 भूलचूक ना. हे. भुलचुक।
66782 भूलभूलैया ना. हे. भुलभुलैया।
66783 भूलोक ना. भूर्लोक; मर्त्यलोक।
66784 भूवा ना. हे. भुवा।
66785 भूषण ना. १. सौन्दर्य वा शोभा बढाउने वस्तु।
66786 भूषण ना. २. सिँगारपटारका बहुमूल्य साधन; गहना; आभूषण।
66787 भूषणीय वि. सजाउन योग्य; सिँगार्न लायक।
66788 भूषा ना. १. भूषण।
66789 भूषा ना. २. साजसज्जा; सिँगारपटार (जस्तो- वेशभूषा )।
66790 भूषित वि. गहनागुरियाले सजाइएको; सिँगारिएको; अलङ्कृत।
66791 भूसंरक्षण ना. रुखबिरुवा रोपेर वा पर्खाल, आड आदि लगाएर जग्गाजमिनको सुरक्षा गर्ने काम।
66792 भूसतह ना. जमिनको बाहिरी सतह; पृथ्वीको माथिल्लो भाग।
66793 भूस्खलन ना. बाढीपहिरो आदिबाट जग्गाजमिन खिइँदै जाने र उत्पादनशील माटो बग्दै जाने स्थिति वा प्रक्रिया; भूक्षरण।
66794 भूस्वरूप ना. धरातलको बनावट; जमिनको स्वरूप; भूआकृति।
66795 भूस्वामित्व ना. भूस्वामी हुनाको भाव वा अवस्था; जग्गाजमिनको मालिक हुने हक वा अधिकार।
66796 भूस्वामी ना. जग्गाजमिनको मालिक; जमिनको स्वामित्व भएको मानिस।
66797 भृकुटी ना. १. लिच्छविकालीन प्रसिद्ध राजा अंशुवर्माकी छोरी तथा तिब्बतका राजा स्रङ्चनगम्पोसँग बिहा भएकी, त्यहाँ बौद्धधर्मको प्रचार गराउने नेपालकी राजकुमारी; हरिततारा
66798 भृकुटी ना. २. हठयोगमा प्रयुक्त ईडा, पिङ्गला र सुषुम्णा नाडीहरूको सङ्गमस्थल।
66799 भृकुटी ना. ३. आँखीभौँ; भ्रू।
66800 भृगु ना. १. ब्रह्माजीका मानसपुत्र मानिएका र भृगु- गोत्रका प्रवर्तक एक ऋषि।