Dictionary

All Word

66101 भिन्न वि. २. आफू र आफूदेखि बाहिरको; अर्को; दोस्रो; अन्यत्री, पराई।
66102 भिन्न वि. ३. टुटेको; खण्डित। ना.
66103 भिन्न वि. ४. गणितमा पूर्णाङ्कभन्दा न्यून सङ्ख्या; अंश (रेखाभन्दा माथि रहने सङ्ख्या) वा हर ( रेखामुनि रहने सङ्ख्या)।
66104 भिन्नता ना. भिन्न हुनाको भाव वा अवस्था; अन्तर; पार्थक्य।
66105 भिन्नदर्शी वि. पनपक्ष गर्ने स्वभावको; पक्षपाती।
66106 भिन्न देशीय वि. १. अर्कै देशको; विदेशी।
66107 भिन्न देशीय वि. २. अर्को क्षेत्रको; परदेशी।
66108 भिन्नाभिन्नै वि. छुट्टाछुट्टै; अलगअलग; बेग्लाबेग्लै।
66109 भिन्नार्थ वि. १. भिन्न उद्देश्य वा नियत भएको।
66110 भिन्नार्थ वि. २. अलग-अलग अर्थ भएको; छुट्टै तात्पर्य भएको। ना.
66111 भिन्नार्थ वि. ३. अलग अर्थ; छुट्टै अर्थ।
66112 भिन्नु ना. १. सगोलबाट छुट्टिएर बेग्लै बस्ने काम; अंश लागेर वा मानु छुट्टिएर चुलोचौको आम्दानीखर्च आआफ्नो हुने व्यवहार वा स्थिति। वि.
66113 भिन्नु ना. २. त्यसरी बसेको; बेग्लै; अलग; छुट; भिन्न।
66114 भिमल्नु अ.क्रि. बेहोस हुनु; अचेत पर्नु।
66115 भिमल वि. १. कहालिएको; आकुल।
66116 भिमल वि. २. अचेतन अवस्थाको; अचेत; बेहोस। ना.
66117 भिमल वि. ३. कहालिने वा बिचेत हुने स्थिति; आकुलता।
66118 भिमलाइ ना. भिमल्ने भाव, क्रिया वा प्रक्रिया।
66119 भिमलाउनु अ.क्रि. बिचेत हुन खोज्नु कहालिनु।
66120 भिमलिनु अ.क्रि. अचेत होइन।
66121 भिमल्याइ ना. भिमलिने भाव, क्रिया वा प्रक्रिया।
66122 भिमल्याइनु क.क्रि. भिमलिने पारिनु।
66123 भिमल्याउनु प्रे. क्रि. भिमलिने पार्नु।
66124 भियाइ ना. भियाउने भाव, क्रिया वा प्रक्रिया।
66125 भियाइनु क. क्रि. पूरा गरिनु सकिनु।
66126 भियाउनु स.क्रि. हे. भ्याउनु।
66127 भिर्नु स.क्रि. १. खुकुरी, तरबार, बन्दुक, खकन, घडी आदि सामान शरीरमा धारण गर्नु; सजाउनु; अल्झाउनु; सिउरिनु।
66128 भिर्नु स.क्रि. २. मन परेको लुगा, पोसाक आदि पहिरनु।
66129 भिर्नु स.क्रि. ३. कुनै कामकुरो अनिच्छापूर्वक स्विकार्नु।
66130 भिर ना. ठाडो र एकदमै करालो परेको ठाउँ; पहरो।
66131 भिर गैँडी ना. मकैका जस्ता पात र बोट हुने, सेता दाना फल्ने एक जातको बोट; वनजुनेलो।
66132 भिर गैँथली ना. भिरमा गुँड लगाएर बस्ने एक जातको गैँथली; घरगैँथलीभन्दा भिन्न गैँथली।
66133 भिरङ्गी ना. हे. भिरिङ्गी।
66134 भिर माहुरी / मौरी ना. रुखका टोड्कामा वा भिर पहरामा बस्ने र केही कडा र नशालु मह लगाउने एक जातको माहुरी।
66135 भिराइ ना. भिर्ने भाव, क्रिया वा प्रक्रिया।
66136 भिराइनु क.क्रि. टाँसो लाइनु; भिर्न लाइनु।
66137 भिराउनु प्रे. क्रि. १. मननपरेको काम - कुरो वा बेकम्मा वस्तु कसैका जिम्मा लाउनु; टाँसो लाउनु; भिडाउनु।
66138 भिराउनु प्रे. क्रि. २. भिर्न लाउनु; धारण गराउनु।
66139 भिरालो ना. १. भिर परेको ठाउँ; ओरालो; दम्स्याइलो पाखो। वि.
66140 भिरालो ना. २. भिर परेको; करालो।
66141 भिरिङ्गी ना. रक्तविकारले जननेन्द्रियमा खटिरा आउने एक सङ्क्रामक रोग; गर्मीखटिरो; भिरङ्ग; भिरुङ्गी; भिरङ्गी।
66142 भिरिङ्गी कार ना. साना, लाम्चा र टुप्पामा केराका जस्तो पात हुने, फुस्राफुस्रा रङका डाँठमा फूल फुल्ने, सर्पले टोकेकोमा औषधी मानिएको एक झार।
66143 भिरिनु क.क्रि. १. अनिच्छाले कुनै वस्तु जिम्मा लिइनु।
66144 भिरिनु क.क्रि. २. खुकुरी, तरबार आदि धारण गरिनु।
66145 भिरुङ्गी ना. भिरिङ्गी; भिरङ्गी। ना. लाम्चा र किनारामा सेता भावका पात हुने, लाम्चा र चिप्ला फल फल्ने, जुनेलोजस्तो एक जातको बोट वा त्यसैको फल।
66146 भिर्गौले ना. गरहडुवाको रुख।
66147 भिर्नी ना. कलम भिर्नका लागि अङ्कुसे पारेको बिर्को; गोजीमा अल्झाउने, उभिन्डो भएको, बिर्कोसहितको कलम।
66148 भिल्ल ना. भारतको राजस्थान र विन्ध्यपर्वत क्षेत्रमा पाइने पुरानो एक अनार्य जाति; कुसुन्डो।
66149 भिषक् ना. औषधीउपचार गर्ने व्यक्ति; चिकित्सक; वैद्य।
66150 भिसा ना. विदेशमा जानका निम्ति सम्बन्धित देशका अधिकारीद्वारा हुने, पासपोर्टको प्रमाणीकरण वा पृष्ठाङ्कन; प्रवेशाज्ञा।