Dictionary

All Word

65901 भाषिका ना. कुनै एक भाषिक समुदायभित्र ध्वनि, उच्चारण र संरचनागत क्षेत्रीय विभेदका आधारमा देखिने भेदउपभेद; कुनै पनि भाषाको क्षेत्रीय भेद।
65902 भाषित वि. १. भनिएको; कथित। ना.
65903 भाषित वि. २. भनाइ; बोली।
65904 भाषी वि. १. कुनै शब्दको पछिल्तिर गाँसिएर बोल्ने, भन्ने अर्थ बुझाउने उत्तरपद (जस्तै- नेपालीभाषी, चेपाङभाषी, कटुभाषी, मृदुभाषी इ.)।
65905 भाषी वि. २. बोल्ने; वक्ता।
65906 भाष्य ना. १. सूत्र वा मूल ग्रन्थका आधारमा गरिएको व्याख्या; विवृति; विवरण।
65907 भाष्य ना. २. टिका; व्याख्या। वि.
65908 भाष्य ना. ३. भन्न वा बोल्न योग्य।
65909 भाष्यकार ना. भाष्यको रचना गर्ने; व्याख्याता ; टिका - लेखक।
65910 भास्तु १ स.क्रि. जग्गाजमिनको माटो झिकेर गहिरो पार्नु; गहिऱ्याउनु; खाल्टो पार्नु।
65911 भास्नु २ अ.क्रि. १. कुनै भावना स्फुरण हुनु; मनमा उब्जनु।
65912 भास्नु २ अ.क्रि. २. ज्ञान हुनु; बोध हुनु।
65913 भास्नु २ अ.क्रि. ३. प्रतीत हुनु; भान हुनु।
65914 भास १ ना. १. भासिने खालको फुको वा खुकुलो ठाउँ; गाडिने ठाउँ।
65915 भास १ ना. २. सिमसार, सिम।
65916 भास १ ना. ३. धाप, दलदल।
65917 भास २ ना. १. प्रकाश; दीप्ति; किरण।
65918 भास २ ना. २. कालिदासभन्दा पहिलेका एक प्रसिद्ध संस्कृतका नाटककार।
65919 भास २ ना. ३. सेतो एक जातको गिद्ध पक्षी।
65920 भास २ ना. ४. इच्छा।
65921 भासभुस क्रि.वि. १. कुनै कामकुरो त्यसै बिलाएर वा हराएर; फासफुस।
65922 भासभुस क्रि.वि. २. एक्कासि निम्ने गरी।
65923 भासभुसे वि. नगण्य; साधारण; चानचुने।
65924 भासमान वि. १. उज्ज्वल; प्रकाशमान।
65925 भासमान वि. २. थाहा पाइएको; विज्ञात। ना.
65926 भासमान वि. ३. सूर्य।
65927 भासित वि. १. विचार वा कल्पनामा फुरेको।
65928 भासित वि. २. चम्किलो ; प्रकाशमान।
65929 भासिनु अ.क्रि. १. जमिनको सतह अझै तलतिर दबिनु गाडिनु।
65930 भासिनु अ.क्रि. २. हिलो, धाप, खाडी आदिमा डुब्नु; गड्नु।
65931 भासिनु अ.क्रि. ३. पतन हुनु; उँधो लाग्नु।
65932 भासिनु अ.क्रि. ४. भास्ने होइनु।
65933 भासिनु अ.क्रि. ५. विदेश पस्नु।
65934 भासे वि. भाषासम्बन्धी; भाषा बोल्ने ('दो' का साथ सीमित, जस्तो- दोभासे)।
65935 भासेभुसे वि. विशेष प्रकारको नमानिने; चानचुने; भारेभुरे।
65936 भास्कर ना. १. सूर्य।
65937 भास्कर ना. २. बाह्रौं शताब्दीका अन्तमा जन्मेका ज्योतिषशास्त्रका एक प्रकाण्ड आचार्य; भास्कराचार्य।
65938 भास्कर ना. ३. अग्नि।
65939 भास्कर ना. ४. वीर।
65940 भास्कर ना. ५. सुवर्ण।
65941 भास्कर ना. ६. आँकको बोट।
65942 भास्कर ना. ७. महादेव।
65943 भास्कर्य ना. धातु, पत्थर आदिको मूर्ति बनाउने कला; मूर्तिकला।
65944 भास्वत् वि. १. चहकिलो; उज्ज्वल, दीप्तिमान्। ना.
65945 भास्वत् वि. २. सूर्य।
65946 भास्वत् वि. ३. चमक; दीप्ति।
65947 भास्वती ना. ज्योतिषविषयक ग्रन्थ (वि. सं. १४५७ तिर अनुवाद गरिएको नेपालीको सर्वप्राचीन ग्रन्थ)।
65948 भास्वर वि. १. चहकिलो; चम्किलो; दीप्तिमान्। ना.
65949 भास्वर वि. २. सूर्य।
65950 भास्वर वि. ३. दिन।