Dictionary

All Word

65751 भालुभुत्ते वि. धार नभएको; बोधो (हतियार)।
65752 भालुभुत्ले वि. भालुका जस्ता झ्याम्लाङ परेका भुत्ला हुने; जगरभुत्ले।
65753 भालुपुराण ना. १. गफगाफ।
65754 भालुपुराण ना. २. निरर्थक कथन।
65755 भालुबिख ना. एक जातको बिखालु वनस्पति।
65756 भाले ना. १. पुरुष वा लोग्ने जातको कुनै प्राणी; मर्द जीव।
65757 भाले ना. २. विजयी वा सफल व्यक्ति।
65758 भाले ना. ३. चरा आदिको लोग्ने जात।
65759 भाले ना. ४. कुखुरो। वि.
65760 भाले ना. ५. पुरुषजातिको; लोग्ने जातको (पशु, पक्षी इ.)।
65761 भाले ना. ६. कसैलाई नगन्ने वा नटेर्ने; सबै माथिको साँढे।
65762 भाले ना. ७. भाला लिएर जुध्ने; भाला लिने; भालाधारी।
65763 भालेको डाक ना. बिहान सखारै; उज्यालो हुनुअघि; पहिलो पहर; कुखुरो बास्ने बेला।
65764 भालेचाँप ना. फल र फूल नलाग्ने चाँपो।
65765 भालेजुधाइ ना. एउटा खुट्टो उचालेर हातले समाती, एकखुट्टे उफ्रँदै कुमकुम मात्र जुधाई खेलिने एक खेल (ककफाइट)।
65766 भालेटिमुर ना. फल नलाग्ने एक प्रकारको टिमुर।
65767 भालेदमाहा ना. नौमती बाजाहरूमा नगराका आकारका दुइटा दमाहामध्ये ठुलोचाहिँ दमाहा; बढी गर्जन गर्ने दमाहा।
65768 भालेपोथी ना. १. पुरुष र स्त्री; भाले र पोथी।
65769 भालेपोथी ना. २. मिलेका लोग्ने स्वास्नी।
65770 भालेपोथी ना. ३. एकै पदार्थका दुई अवयव भएर एउटामा परेको छिद्रमा अर्को कुनै अवयव पसी लाग्ने कुनै पदार्थ (टाँक, ढिम्री इ.)।
65771 भालेबाँस ना. खँदिलो र मसिनो खालको एक जातको बाँस।
65772 भालेमादल ना. आवाज केही गहिरो र मोटो हुने, अलि ठुलो आकारको मादल; पूर्वी मादल।
65773 भालेमाहुरी ना. काम नगरी खाने, कालो र अलि डल्लो देखिने माहुरी; डाइनो।
65774 भालेसातो ना. डर वा आपत्ले मान्छेको होस गुम हुने अवस्था; ठुलो सातो।
65775 भालेसुन ना. कानका लोतीमा लाइने लाम्चो र चुच्चो परेको सुनको एक प्रकारको गहना।
65776 भाव ना. १. कुनै वस्तु वा विषयका अस्तित्वमा आउने, रहने वा प्रस्तुत हुने स्थिति वा तत्त्व; सत्ता; अस्तित्व।
65777 भाव ना. २. चिन्तन वा कल्पनातरङ्गका क्रममा मनमा उत्पन्न हुने कुनै भाव; विचार।
65778 भाव ना. ३. कथन वा लेखनको मुख्य अभिप्राय; आशय; तात्पर्य
65779 भाव ना. ४. देवताप्रतिको श्रद्धा; भावना; आस्था।
65780 भाव ना. ५. कसैले कुनै विषयमा व्याख्या वा सङ्केत गर्दा उत्पन्न हुने मानसिक प्रतिक्रिया।
65781 भाव ना. ६. भावभङ्गी; हाउभाउ; चेष्टा।
65782 भाव ना. ७. तीन भाव - स्थायी, व्यभिचारी र सात्त्विकमध्ये कुनै एक।
65783 भाव ना. ८. सङ्गीत, नृत्य, नाटक आदिमा विषयको अभिप्राय व्यक्त गर्नाका निम्ति स्वर, नेत्र, मुख आदिको आकार बदल्ने काम।
65784 भाव आमन्त्रण ना. भावको आवाहन गर्ने वा भावप्रस्फुटन गराउने काम।
65785 भावक वि. १. भाव भएको; भावले युक्त।
65786 भावक वि. २. रसको अनुभूति गर्न सक्ने; रसज्ञ। ना.
65787 भावक वि. ३. भाव; भावना।
65788 भावक वि. ४. साहित्य, सङ्गीत, कला आदिको मर्म ठम्याएर व्याख्या गर्न सक्ने व्यक्ति।
65789 भावक वि. ५. कविता, नाटक आदिको पाठक वा दर्शक।
65790 भावगम्य वि. भावनाद्वारा बुझ्न सकिने; जान्न योग्य।
65791 भावचित्र ना. विशेषतः कुनै आन्तरिक भाव व्यक्त गर्ने उद्देश्यले तयार गरिएको चित्र।
65792 भावतत्त्व ना. १. बौद्धिक पक्षभन्दा हार्दिक पक्ष प्रबल रहने तत्त्व; हार्दिक तत्त्व।
65793 भावतत्त्व ना. २. कवितासृजनाका कल्पना, बुद्धि, कला र भाव चार तत्त्वमध्ये एक।
65794 भाव धरातल ना. भावको आधार वा पृष्ठभूमि; भावभूमि।
65795 भावना ना. १. अनुभव, स्मृति आदिबाट पैदा हुने मनोभाव; मनमा उत्पन्न हुने कुनै कल्पना, भाव वा विचार।
65796 भावना ना. २. ध्यान; चिन्तन।
65797 भावना ना. ३. कुनै देव वा पूज्य व्यक्तिप्रतिको श्रद्धा; आस्था।
65798 भावना ना. ४. प्रेम; अनुराग।
65799 भावना ना. ५. कुनै औषधी आदि अर्को कुनै तरल पदार्थमा मिलाई सो तरल पदार्थको केही सुगन्ध औषधीमा पनि आउने गरी खलमा घोट्ने काम; पुट।
65800 भावनाटक/भाव नाट्य ना. आङ्गिक अभिनयद्वारा अर्थ र तात्पर्य व्यक्त गरिने नाटक; भावप्रधान नाटक।