Dictionary

All Word

65701 भारत २ ना. २. भारतवर्ष।
65702 भारत २ ना. ३. 'महाभारत' नामक एक ग्रन्थ।
65703 भारत २ ना. ४. भारतवंशमा उत्पन्न व्यक्ति।
65704 भारत २ ना. ५. कठिनाइ; परिभ्राट; मुस्किल; हैरान।
65705 भारत इरानेली वि. भारोपेली भाषिक खलकको आर्येली शाखा।
65706 भारतवर्ष ना. जम्बु द्वीपका नौ वर्षमध्ये एक वर्ष; आर्यावर्त।
65707 भारतवर्षीय वि. भारतवर्षसम्बन्धी; भारतीय।
65708 भारतवासी वि. भारतमा बस्ने; भारतको बासिन्दा।
65709 भारत ३ ना. पश्चिम नेपालमा प्रचलित लोक एवं वीरगाथा; चैत (चरित्र); हुडकेली; भारत्या।
65710 भारती ना. १. वाणी; बोली; भाषा।
65711 भारती ना. २. विद्याकी अधिष्ठात्री देवी; वाग्देवी; सरस्वती।
65712 भारती ना. ३. संस्कृत काव्यशास्त्रमा वर्णित चार वृत्तिमध्ये एक; भारती वृत्ति।
65713 भारती ना. ४. सन्न्यासी जातिका दशनामीमध्येको एक थर।
65714 भारतीय वि. १. भारतसम्बन्धी; भारतको।
65715 भारतीय वि. २. भारत देशका बासिन्दा; भारतवासी।
65716 भारतेली वि. भारतसम्बन्धी; भारतको; भारतीय।
65717 भारदार ना. १. कुनै शासनव्यवस्थाका उच्च ओहदामा रही काम गर्ने व्यक्ति; प्रतिष्ठित राजकर्मचारी; राजसभाको सदस्य; राजसभासद्।
65718 भारदार ना. २. अघि नेपालमा रहेको चौतरिया, काजी, सरदार, खरदार, कपरदार र खजान्चीको समूह; त्यस्तै निजामतीपट्टि काजीदेखि मुखियासम्म तथा जङ्गीपट्टि सुबेदारसम्मका कर्मचारी।
65719 भारदारी ना. १. भारदारहरूको सभा; भारदारहरू बसेर विशेष कुराको छलफल गर्ने वा मुद्दामामिला आदि हेर्ने ठाउँ; सभा वा कचहरी।
65720 भारदारी ना. २. छलफल; बहस।
65721 भारदारी ना. ३. राणाकालमा उच्च अधिकारीहरू सदस्य भएको सभा वा न्यायालय; कौसी।
65722 भारोपीय परिवार ना. भारोपेली परिवार।
65723 भारोपेली वि. भारत र युरोपसँग सम्बन्धित; भारतीय उपमहाद्वीप र युरोपीय महादेशको साझा सम्बन्ध भएको।
65724 भारोपीय खलक/परिवार ना. १. एसिया र युरोपका एउटै मूलबाट आएका भाषाहरूको समूह।
65725 भारोपीय खलक/परिवार ना. २. त्यस्तो भाषा बोल्नेहरूको समूह।
65726 भार्गव ना. १. भृगु ऋषिका वंशमा उत्पन्न व्यक्ति; भृगुको सन्तान।
65727 भार्गव ना. २. शुक्राचार्य।
65728 भार्गव ना. ३. जमदग्निका पुत्र परशुराम।
65729 भार्गी ना. बढीमा दुई मिटर अग्लो, ठुलठुला खस्रा पात हुने, टुप्पो सेतो हुने, हाँगा निस्कने ठाउँमा फुल्ने, बाटुला फल फल्ने, चोपबाट वात र कफलाई फायदा हुने एक वनस्पति।
65730 भार्या ना. विवाहिता स्त्री, अर्धाङ्गिनी; पत्नी; श्रीमती।
65731 भार्रभुर्र क्रि.वि. चराचुरुङ्गीहरू अलि-अलि गरी उड्ने चालले; त्यसरी उड्दा शब्द निस्कने गरी।
65732 भार्लाङ ना. बाल्ढ्याङ्ग्रोका जस्तै टाटा र पाङ्ग्रोभन्दा केही साना दाना लाग्ने, एक प्रकारको लहरो; त्यसैको फल।
65733 भाल ना. १. निधार; माथ; ललाट।
65734 भाल ना. २. प्रकाश; तेज।
65735 भाल ना. ३. अन्धकार।
65736 भालचन्द्र ना. शिरमा चन्द्रमा धारण गर्ने शिव; महादेव।
65737 भाललोचन ना. निधारमा आँखा हुने शिव; महादेव।
65738 भाला ना. १. बाणको जस्तो टुप्पो र लामो बिँड भएको, घोच्ने एक हतियार; बर्छा।
65739 भाला ना. २. हुलाकीले आत्मरक्षाका निमित्त टेकेर हिँड्ने, टुप्पातिर भाला भएको, घुँगुरासमेतको एक लट्ठी।
65740 भालु ना. लामालामा झ्याप्ले रौँ, कुकुरको जस्तो मुख र प्रायः कालो रङ हुने एक हिंस्रक वन्यजन्तु।
65741 भालु आँखो ना. बाँस, मालिङ्गो, निगालो आदिको हाँगा पलाउनेपट्टिको भाग।
65742 भालु काठ ना. आठदेखि बिस इन्चीसम्म लामा र चारदेखि नौ इन्चीसम्म चौडा पात हुने, सेतो फूल फुल्ने, चार-छ इन्ची ठुला फल फल्ने, महाभारत पर्वत शृङ्खलामा पाइने एक जातको सदाबहार रुख।
65743 भालुको कम्पट ना. छोड्न पनि नहुने र समातिरहन पनि नसकिने खालको झन्झट; नचाहिँदो भयाउलो।
65744 भालुकोरे वि. भालुले झम्टेर नाक चिथोरेको (मानिस)।
65745 भालुगाँडे/गान्टे ना. लाम्चा आकारका पात हुने, फलभित्र कदमका जस्तै बीज हुने, नासपातीका जस्ता ठुलठुला फल फल्ने एक वृक्ष वा त्यसैको फल।
65746 भालुचिन्डे ना. सिमलका आकारका र गाढा हरियो रङका पात हुने, बस्तुलाई घाँस खुवाइने एक प्रकारको चिन्डे रुख।
65747 भालुछेराइ ना. नलिईकन पटक्कै नछोड्ने चाल।
65748 भालुझम्टाइ ना. भालुले जस्तै एक्कासि झम्टने काम; डरलाग्दो आक्रमण।
65749 भालुनङ्ग्रे वि. भालुका जस्ता तिखा नङ्ग्रा भएको।
65750 भालुबाँस घरकटेराको अस्थायी खाँबो, ढुङ्ग्रो आदि बनाउने काममा प्रयोग हुने, कालो झुस र छोटाछोटा आँख्ला भएको, मोटो बलियो खालको बाँस।