Dictionary

All Word

65501 भाका ना. १. कुनै काम पूरा गर्न तोकिएको अवधि वा बोलकबोलको समय; म्याद।
65502 भाका ना. २. प्रतिज्ञा; बाचा।
65503 भाका ना. ३. पढाइ वा गवाइको लय; स्वर।
65504 भाकातथ्य ना. भाका राखेको दिन।
65505 भाकापत्र ना. भाखापत्र।
65506 भाकिनु क.क्रि. भाकल गरिनु।
65507 भाकुर ना. एक जातको माछो विशेष।
65508 भाखा ना. १. भाषा ( अघि 'ष' को उच्चारण 'ख' भएअनुसार)।
65509 भाखा ना. २. भाका; लय।
65510 भाखाखावा ना. कुनै व्यवहार गर्ने म्याद; भाका; अवधि।
65511 भाखापत्र ना. निश्चित समयभित्र कुनै काम गर्न लिएको रुपियाँ तिर्न कबुल गरी लेखिएको कागज; प्रतिज्ञापत्र।
65512 भाग्नु अ.क्रि. १. आफ्नो सुरक्षाका निम्ति दौडेर अन्यत्र कतै जानु; बेपत्ता हुनु; सुइँकुच्चा ठोक्नु।
65513 भाग्नु अ.क्रि. २. दौडनु; दगुर्नु; कुद्नु।
65514 भाग्नु अ.क्रि. ३. कर्तव्यपथबाट विमुख भएर पलायन हुनु।
65515 भाग्नु अ.क्रि. ४. उम्कनु।
65516 भाग ना. १. कुनै वस्तुको खण्ड; हिस्सा वा अंश।
65517 भाग ना. २. भाग्य; तकदिर।
65518 भाग ना. ३. तरफदारी; पक्ष।
65519 भाग ना. ४. गणितमा कुनै सङ्ख्या वा राशिलाई खण्डखण्डमा बाँड्ने प्रक्रिया।
65520 भाग ना. ५. अङ्ग-प्रत्यङ्ग; अवयव।
65521 भाग ना. ६. लिच्छविकालमा जमिनका उब्जनीको छ, आठ वा बाह्र भागमध्ये तोकिएको एक भाग कर।
65522 भागखोसुवा वि. भाग खोस्ने; अंश खाने (भाइ)।
65523 भागपुग्दो वि. भागमा परेजति; बाँडीचुँडी।
65524 भागफल ना. गणितमा भाजकले भाज्यलाई भाग गर्दा निस्कने अङ्क; लब्धि
65525 भागबन्डा ना. एकै अंसियार दाजुभाइका बिचमा बराबर हिसाबले गरिने सम्पत्तिको बाँडफाँड; अंशबन्डा।
65526 भागबाँडो ना. भागबन्डा।
65527 भागवत ना. १. अठार महापुराणमध्ये विशेषतः कृष्णका कथाहरूको वर्णन गरिएको एक प्रसिद्ध महापुराण। वि.
65528 भागवत ना. २. भगवत् अर्थात् विष्णुसम्बन्धी।
65529 भागवत ना. ३. विष्णुको भक्त; भगवद्भक्त।
65530 भागसान्ती क्रि.वि. भागमा परेअनुसार; दामासाहीले पामुताबिक।
65531 भागसिङ ना. विशेष स्थिति पर्दा भागेर जोगिने काम वा त्यस्तो भाग्ने व्यक्ति।
65532 भागहार ना. गणितमा भाग गर्ने प्रक्रिया।
65533 भागाभाग ना. कुनै विशेष स्थितिमा धेरै मानिस जता पायो त्यतै भाग्ने काम; सबका सब भाग्ने काम।
65534 भागार्ह वि. १. भाग लाउन योग्य; भाज्य।
65535 भागार्ह वि. २. भाग पाउन योग्य; हिस्सेदार; अंसियार।
65536 भागिनु अ.क्रि. भाग्ने बनिनु; पलायन होइनु।
65537 भागिनेय ना. दिदीबहिनीको छोरो; भानिज।
65538 भागी वि. १. भाग पाउने; भाग वा हिस्सा भएको; हिस्सेदार।
65539 भागी वि. २. भोग्ने; बेहोर्ने। ना.
65540 भागी वि. ३. हकदार; अंसियार; अधिकारी।
65541 भागीदार ना. नियमपूर्वक तोकिएको भाग पाउने; भागी।
65542 भागीरथी ना. सगर राजाका नाति भगीरथले आराधना गरेर पितृमुक्तिका निमित्त पृथ्वीमा ल्याएको भनी पुराणमा वर्णित नदी; गङ्गा; जाह्नवी।
65543 भाग्गे ना. भाग्य; तकदिर।
65544 भाग्गेजोग्गे क्रि.वि. भाग्यजोग्य।
65545 भाग्गेभागी वि. भाग्यको भाग पाउने; प्रारब्धी।
65546 भाग्य ना. मनुष्यले आफ्नो कर्मलाई पूर्वनियोजित योजनाको फलका रूपमा स्विकारेको दैवी विधान; सोअनुसार पुनसको कमाइ; प्रारब्ध।
65547 भाग्यचक्र ना. परिस्थितिको घेरामा निरन्तर भइरहने भाग्यको घुमाइ; भाग्यको फेरो।
65548 भाग्यजोग्य क्रि.वि. भाग्यअनुसार; प्रारब्धबमोजिम।
65549 भाग्यपत्र ना. समूहबाट अकस्मात् लिइएको वा छानिएको शुभअशुभ फल, जोखना, भाग्य आदिका कुराहरू लेखिएको पत्र वा कागत।
65550 भाग्यमानी वि. सौभाग्य प्राप्त गरेको; भाग्यवान्; भाग्यशाली।