Dictionary

All Word

65301 भलाकुसारी ना. १. धेरै दिनपछिको भेटघाटमा दुवै पक्षले गर्ने, पारस्परिक सुखदुःखका प्रश्नोत्तर; कुशलमङ्गल वा सन्चोबिसन्चोको सोधनी।
65302 भलाकुसारी ना. २. दिल खोलेर गरिने मैत्रीपूर्ण कुराकानी; एकान्त वार्तालाप।
65303 भलादमी / भलाद्मी ना. १. शील, स्वभाव र चरित्र राम्रो भएको मान्छे; शिष्ट तथा सभ्य व्यक्ति; सज्जन।
65304 भलादमी / भलाद्मी ना. २. गण्यमान्य व्यक्ति; प्रतिष्ठित मानिस।
65305 भलायो ना. छोटो भेट्नुमा हरिया र फस्किला पात हुने, हरिया र सेता रङमिश्रित फूल फुल्ने, आँपका आकारका भित्र तेलजस्तो चिल्लो पदार्थ हुने मसिना फल फल्ने, पाक्दा रातो टर्रोगुलियो स्वादको हुने, चोप आउने र चोप छोएमा उछिने एक वृक्ष; आयुर्वेदमा वातनाशक, गर्भपात र गुप्ताङ्गरोगको औषधी मानिएको त्यसैको फल।
65306 भलिबल ना. मैदानमा दुईवटा खामा गाडी त्यसमा जाल टाँगेर दुवैतिर रेखा र कोठा मिलाई छ- छ जना उभिएर हातले एक दोस्रा पक्षमा भकुन्डो गिराउने गरी खेलिने खेल; त्यसै खेलमा प्रयोग हुने हाते भकुन्डो।
65307 भलिभाँती क्रि.वि. सही तरिकाले; राम्रो किसिमसँग; खुबसित; राम्ररी; राम्रोसँग।
65308 भलुनी ना. भालुको पोथी।
65309 भले ना. १. खोपी खेल्दा पैसा बच्चनेले भन्ने शब्द।
65310 भले ना. २. भल पस्ने जग्गा; भल ओइरने जमिन।
65311 भलेग्रो ना. १. ठुलो भाले।
65312 भलेग्रो ना. २. बिहानको भोजन।
65313 भलो वि. १. राम्रो स्वभावको; असल; उत्तम; श्रेष्ठ।
65314 भलो वि. २. सज्जन; गुणवान्। ना.
65315 भलो वि. ३. कल्याण; भलाइ; हित।
65316 भल्कनु अ.क्रि. पानी, दुध आदि तरल वस्तु तातेर वा छचल्किएर भुल्को उठ्नु; भुल्कनु।
65317 भल्काइ ना. भल्कने क्रिया वा प्रक्रिया।
65318 भल्काइनु क.क्रि. भल्को निकालिनु; उमालिनु।
65319 भल्काउनु स.क्रि. भल्को निकाल्नु; उमाल्नु।
65320 भल्को ना. दुध, पानी आदि तरल पदार्थको उम्लाइ; भुल्को।
65321 भव ना. १. हुनाको भाव वा स्थिति; सत्ता।
65322 भव ना. २. जन्म; उत्पत्ति।
65323 भव ना. ३. संसार; जगत्।
65324 भव ना. ४. शिव; महादेव।
65325 भवचक्र ना. १. सम्पूर्ण जीवजन्तु संसारमा जन्म लिने र विनष्ट हुने क्रम; जन्ममरणको क्रम। वि.
65326 भवचक्र ना. २. बग्रेल्ती।
65327 भवजल ना. भवसागर।
65328 भवदीय वि. तपाईंको; यहाँको (पत्रका अन्तमा नामका पहिले आत्मीयता तथा नम्रता जनाउनका निम्ति प्रयुक्त हुने)।
65329 भवदीया वि. तपाइँकी ; यहाँकी।
65330 भवन ना. १. वासस्थान वा अन्य विशेष कार्यमा उपयोग हुने, प्रायः ठुलो घर; महल; प्रासाद; दरबार।
65331 भवन ना. २. आश्रय वा आधारको स्थान (जस्तो- आनन्दभवन, करुणाभवन इ.)।
65332 भवन ना. ३. उत्पत्ति; जन्म।
65333 भवन निर्माण ना. योजनाबद्ध ढङ्गले गरिने, भवनको निर्माण; घर बनाउने काम।
65334 भवन निर्माण कला ना. स्थापत्य शैलीको मौलिकतामुताबिक गृहनिर्माण गर्ने कला वा सिप।
65335 भवन निर्माण विज्ञान ना. भवन-निर्माण र त्यसको स्थायित्वसम्बन्धी विवेचना गरिएको विद्या; वास्तुकलासम्बन्धी शास्त्र।
65336 भवन्त सर्व. श्रीमान्; यहाँ; तपाईं।
65337 भवबन्धन ना. संसाररूपी बन्धन; सांसारिक मायाजाल।
65338 भवभय ना. संसाररूपी सागरमा जन्म लिएपछि भोग्नुपर्ने रोगव्याध, मृत्यु आदि सङ्कटको सन्त्रास; सांसारिक डर।
65339 भवभूति ना. १. संस्कृतसाहित्यका 'उत्तररामचरित', 'मालतीमाधव' आदि नाटकका रचयिता, प्रसिद्ध महाकवि।
65340 भवभूति ना. २. सांसारिक ऐश्वर्य; सम्पत्ति।
65341 भवसागर/भवसिन्धु ना. संसाररूपी समुद्र।
65342 भवितव्य वि. १. पहिले कल्पना वा अनुमान नै नगरिएको आकस्मिक घटना; दुर्घटना।
65343 भवितव्य वि. २. कर्तव्य गरेको नभई अनजानमा भएको दुर्घटना। वि.
65344 भवितव्य वि. ३. भविष्यमा हुने; पछि हुने; भावी।
65345 भवितव्यता ना. १. भविष्यमा हुने कुनै काम वा कुरो।
65346 भवितव्यता ना. २. आकस्मिक घटना।
65347 भवितव्यता ना. ३. भाग्य; सन्जोग।
65348 भविता वि. १. भविष्यमा हुने; पछि हुने। ना.
65349 भविता वि. २. साहित्यमा अस्तित्ववादी सिद्धान्तअनुसार हुनुको अस्तित्वबोध गराउने शब्द; जीवनलाई भविता र शून्यता दुई प्रक्रियामा हेर्ने साहित्यिक चिन्तनसूत्रमध्येको अस्तित्वबोध।
65350 भविष्य ना. १. वर्तमान समयभन्दा पछिको सम्पूर्ण अथाह समय।