Dictionary

All Word

65251 भर्ना ना. ४. विद्यालय-महाविद्यालयमा विद्यार्थी, अस्पतालमा बिरामी आदिको नाम लेखाई प्रवेश गर्ने काम।
65252 भर्नी ना. भरेर हिसाब मिलाउनुपर्ने वस्तुको लेनदेनमा प्रयोग गरिने भाँडो (मानु, पाथी, कुरुवा आदि)।
65253 भर्पाई ना. कसैसँग लेनदेन हुँदा लिनेवालाले दिनेवालालाई प्रमाणस्वरूप दिइने रसिद, बुझी लिनेले लिएको हुँ भन्ने रसिद।
65254 भर्पाई दादै ना. भर्पाईको शिरमा रहने शब्द।
65255 भर्पाई पुस्तिका ना. भरपाई गराइने सानो किताब; पिउनबुक।
65256 भर्मन ना. १. भ्रान्ति हुने काम वा स्थिति; भ्रम; भुल।
65257 भर्मन ना. २. रिँगटा; भाउन्न।
65258 भर्मन ना. ३. बौलाउने छाँट।
65259 भर्मनाइ ना. भर्मनाउने भाव, क्रिया वा प्रक्रिया।
65260 भर्मनाइनु अ.क्रि. भ्रममा परिनु; छँटाइनु।
65261 भर्मनाउनु अ.क्रि. १. भ्रममा पर्नु; छँटाउनु।
65262 भर्मनाउनु अ.क्रि. २. रिंगाउनु; चक्कराउनु।
65263 भऱ्याक ना. उठ्ने वा उड्ने चाल।
65264 भऱ्याकभुरुक क्रि.वि. १. धेरै मान्छे एकैपल्ट उठ्ने गरी।
65265 भऱ्याकभुरुक क्रि.वि. २. चराचुरुङ्गी एकैसाथ उड्न थाल्दै।
65266 भऱ्याकभुरुक्क क्रि.वि. भऱ्याकभुरुक।
65267 भऱ्याक्क क्रि.वि. एकैपल्ट उठ्ने, उड्ने वा झस्किने गरी।
65268 भऱ्याङ ना. सिँढी, तलामाथि उक्लने साधन; भरेङ।
65269 भऱ्याङभुरुङ क्रि.वि. १. एकैपल्ट रुम्मिने, छरिने वा उड्ने गरी; भयकभुरुक। ना.
65270 भऱ्याङभुरुङ क्रि.वि. २. मसिना केटाकेटी; चिचीभुँडी।
65271 भर्र क्रि.वि. १. पक्षीहरूका उडाइको आवाज आउने गरी, भुर्र।
65272 भर्र क्रि.वि. २. स्टोभ, दमचुली आदि बल्दा आवाज निस्केर।
65273 भर्र क्रि.वि. ३. शरीरमा घाउ, खटिरा आदि एकैपल्ट निस्कने गरी।
65274 भर्र क्रि.वि. ४. मसिनो चिजबिज एकाएक छरिएर।
65275 भर्रा ना. थारू जातिका पुरोहित।
65276 भर्राटप्पा बर्राटप्पा; मारुनी नाचमा गाइने एक थरी गीत।
65277 भर्साई ना. अन्न भुट्न वा बिस्कुट, रोटी आदि भुक्क फुलाउन भाँडो, बालुवा आदिको प्रयोग गरी तातो बनाइने चुलो।
65278 भर्सिनु अ.क्रि. भर्सेलीका रापमा पिल्सनु वा पाक्नु; मधुरो तापमा राम्ररी पाक्नु।
65279 भर्सेला ना. भर्सेली वा भर्सेलोको तिर्यक् रूप
65280 भर्सेला पर्नु टु. जेसुकै हुनु।
65281 भर्सेली/भर्सेलो ना. १. चम्का लाएका चुलामाथि रहेको सम्म भाग; ताप र धुवाँ निस्कने चुलाका मुखवरिपरिको ठाउँ।
65282 भर्सेली/भर्सेलो ना. २. चुलो।
65283 भर्स्याइ ना. १. भर्सिने क्रिया वा प्रक्रिया। [भर्स्याउ+आइ]
65284 भर्स्याइ ना. २. भर्स्याउने क्रिया वा प्रक्रिया।
65285 भर्स्याइनु क.क्रि. भर्सिने पारिनु; भयउने काम गरिनु।
65286 भर्स्याउनु स.क्रि. १. भर्सेली वा भुङ्ग्रामा राखेर राम्रोसित पाक्न दिनु।
65287 भर्स्याउनु स.क्रि. २. पाकेको भात आदि केही बेर ओथाउनु; थरक मार्नु।
65288 भल्नु स.क्रि. खोपी, गुच्चा आदिका खेलमा बच्चने काम गर्नु; खोपीमा हाल्नु; बच्चनु।
65289 भल ना. १. आकाशबाट पानी पर्दा वा बाढी आउँदा पाखामा बगेको पानीको प्रवाह।
65290 भल ना. २. तेल, रगत, दुध, आँसु आदि तरल पदार्थको धारो वा प्रवाह।
65291 भलक्क क्रि.वि. भुलुक्क।
65292 भलभल क्रि.वि. पानी, आँसु आदि भुल्का छुटेर बग्ने गरी; भुलभुल।
65293 भलभले वि. / ना. भुलभुले।
65294 भला वि. १. बढिया; असल; राम्रो; बेस। वि.बो.
65295 भला वि. २. कुनै कुरामा आंशिक सन्तोष, खुसी, आश्वस्तता आदि व्यक्त गर्दा निस्कने शब्द। (उदा.- भला उसको ज्यानसम्म त जोगिएछ; त्यतिसम्म भए पनि भला।)
65296 भलाइ १ ना. १. भलो वा असल हुने काम।
65297 भलाइ १ ना. २. हित; कल्याण; उपकार।
65298 भलाइ २ ना. भल्ने क्रिया वा प्रक्रिया।
65299 भलाइनु क.क्रि. भल्न लाइनु।
65300 भलाउनु प्रे.क्रि. भल्न लाउनु।