Dictionary

All Word

65101 भयभीत वि. धेरै डराएको; भयत्रस्त।
65102 भयविह्वल वि. डरले आकुल भएको।
65103 भयाकुल वि. भय वा डरले आकुल भएको; डराएको।
65104 भयाक्रान्त वि. चारैतिरबाट भयले घेरिएको ; चौपट्ट डराएको; भयभीत।
65105 भयातुर वि. डरले आतुरिएको; भयाकुल।
65106 भयानक वि. १. विभिन्न कारणले गर्दा भय लाग्ने; डरलाग्दो; भयङ्कर।
65107 भयानक वि. २. साहित्यका नौ रसमध्ये स्थायी भाव भय हुने एक रस।
65108 भयानकाभास ना. उत्तम श्रेणीका पात्रबाट वा किरा आदि क्षुद्र वस्तुबाट भय देखाउँदा हुने स्थिति।
65109 भयालो ना. दाजुभाइ, भतिजा आदि स्वजनको समूह; बन्धुबान्धवको समूह, ज्ञाति।
65110 भयावह वि. भय उत्पन्न गर्ने; भयानक; भयकारक; भयङ्कर।
65111 भयो वि.बो. १. अविश्वास, उपेक्षा, निषेध, झर्को आदि जनाउँदा र व्यङ्ग्य प्रकट गर्दा भनिने शब्द; भो। (उदा.- भयो, तिमीबाट के काम पार लाग्ला र! उनले देलान् र मैले पाउँला भन्नु त भयो त्यत्तिकै )। २ हुनु क्रियाको भूतकाल, प्रथम पुरुष एकवचनमा चल्ने रूप।
65112 भयो वि.बो. ३. पुग्यो; बस।
65113 भर्नु स.क्रि. १. अन्नपात आदि मानापाथी, डालाडाली, भाँडाकुँडा आदिमा हालेर निम्ठो वा झुसी पार्नु।
65114 भर्नु स.क्रि. २. रित्ता ठाउँमा कुनै वस्तु हालेर पुर्नु; टन्न पार्नु (जस्तो- खाल्डो भर्नु, जग भर्नु इ.)।
65115 भर्नु स.क्रि. ३. कुनै वस्तुको न्यूनता वा नपुग हिसाब आदि पूरा गर्नु; क्षतिपूर्ति गर्न; सट्टा हाल्नु।
65116 भर्नु स.क्रि. ४. कसैलाई भरणपोषणकर निम्ति नियमित रूपमा खर्च, भत्ता आदि दिन (जस्तो- खर्च भने, मानाचामल भर्नु इ.)।
65117 भर्नु स.क्रि. ५. किसानले तल्सिङलाई दिनुपर्ने कु आदिको अन्न दिनु; बाली तिर्नु।
65118 भर्नु स.क्रि. ६. बन्दुक, तोप आदिमा बारुद, गोली आदि हाल्नु।
65119 भर्नु स.क्रि. ७. लुगा, काठ आदिमा नानावली चित्र बनाउनु (जस्तो- बुट्टा भर्नु, रफ्फु भर्नु इ.)।
65120 भर्नु स.क्रि. ८. भरी पार्नु वा जम्मा गर्नु (जस्तो- पानी भर्नु, हाट भर्नु, खल्ती भर्नु, घर भर्नु इ.)।
65121 भर ना. १. कुनै कामकुरामा हुने आड वा भरोसा; आधार।
65122 भर ना. २. कुनै वस्तु, समय आदिको सीमा किट्दा शब्दका अघिल्तिर वा पछिल्तिर लाग्ने पद पर्यन्त; सम्म, जस्तै- भरदिन, भरजन्म ( अगाडि ); दिनभर, मुटुभर, तृणभर ( पछाडि )। वि.
65123 भर ना. ३. भरणपोषण गर्ने; पालक।
65124 भरबित्तो क्रि.वि. सकेसम्म; सकभर; भरसक।
65125 भरङ्ग ना. १. मनमा आकस्मिक घटनाबाट हुने उदासी; निराशा।
65126 भरङ्ग ना. २. बिलखबन्दी; आश्चर्य। वि.
65127 भरङ्ग ना. 3. वितृष्णा पैदा भएको; उदास।
65128 भरण ना. १. जीविकाका निम्ति आवश्यक वस्तु दिने काम; पालन; पोषण।
65129 भरण ना. २. पूरा गर्ने काम; भराइ।
65130 भरणपोषण ना. कसैलाई जीविकाका निम्ति आवश्यक वस्तु दिने काम; पालनपोषण; पालनतालन।
65131 भरणी ना. सत्ताइस नक्षत्रमध्ये दोस्रो नक्षत्र; अश्विनीभन्दा पछिको र कृत्तिकाभन्दा पूर्वको एक नक्षत्र।
65132 भरत ना. १. महाभारतमा वर्णित शकुन्तलाका गर्भबाट जन्मिएका, राजा दुष्यन्तका छोरा।
65133 भरत ना. २. रामायणमा वर्णित कैकेयीका गर्भबाट पैदा भएका, राजा दशरथका छोरा; रामचन्द्रका सौतेनी भाइ।
65134 भरत ना. ३. पूर्वीय नाट्यशास्त्रका प्रवर्तक एक आचार्य।
65135 भरतखण्ड ना. राजा भरतले राज्य गरेको भनी प्रसिद्ध, पृथ्वीका नौ खण्डमध्ये एक; भारतवर्ष; हिन्दुस्थान।
65136 भरतवाक्य ना. संस्कृत नाटकका अन्त्यमा आउने आशीर्वादात्मक पद्य।
65137 भरतमुनि ना. प्राचीन नाट्यशास्त्रका प्रणेता।
65138 भरथरी ना. १. गेरुवा रङको वस्त्र; अलखा।
65139 भरथरी ना. २. भर्तृहरि।
65140 भरथेग ना. सकेसम्मको धेरथोर सहायता; आडभरोसा; सक्दो मद्दत।
65141 भरद्वाज ना. १. अङ्गिरसगोत्रका उतथ्य ऋषिकी पत्नी ममतासँग उनकै सहोदर भाइ बृहस्पतिले सम्भोग गर्नाले उत्पन्न भएका, गोत्रप्रवर्तक तथा मन्त्रद्रष्टा एक वैदिक ऋषि।
65142 भरद्वाज ना. २. तिनै ऋषिका गोत्रका व्यक्ति
65143 भरद्वाज पक्षी ना. भारद्वाज; भद्राई चरो।
65144 भरना ना. हे. भर्ना।
65145 भरपत्यार ना. कुनै कामकुरामा अर्कासँग गरिने विश्वास; भर लिने र पत्याउने काम।
65146 भरपाई ना. कसैले अरूबाट कुनै वस्तु बुझेर लिएको प्रमाणको कागत; प्राप्ति-स्वीकारपत्र।
65147 भरपुर वि. १. पूरै भरिएको; भरिभराउ; परिपूर्ण।
65148 भरपुर वि. २. छेलोखेलो; यथेष्ट; भरमार। क्रि.वि.
65149 भरपुर वि. ३. परिपूर्णताका साथ; अटाएसम्म; अटाउन्जेल।
65150 भरभर क्रि.वि. १. दाउरा बल्दा हावा लागेरज्वालाको आवाज आउने गरी।