Dictionary

All Word

65051 भन्के वि. भन्कने स्वभाव भएको; रिसाहा।
65052 भन्ज्याङ ना. १. पहाडका दुई चुलीका माझको घाटी वा होचो ठाउँ।
65053 भन्ज्याङ ना. २. डाँडो पार हुने ठाउँ; नेटो।
65054 भन्ज्याङेली वि. भन्ज्याङसँग सम्बन्धित; भन्ज्याङको।
65055 भन्टा ना. १. काँडादार ठुलठुला पात, प्याजी रङका फूल र हिउँदे काँक्राका आकारका सेता, हरिया वा प्याजी रङका फल हुने, एक जातको सानो बोट।
65056 भन्टा ना. २. सोही बोटको फल; भिँडा।
65057 भन्टे वि. भन्टासँग सम्बन्धित; भन्टाको।
65058 भन्टे खुर्सानी ना. मोटो, डल्लो र पोरैपोरा देखिने, कम पिरो हुने, तेल- मसला आदि भरेर अचार आदि बनाई खाइने खुर्सानी।
65059 भन्टचाङभुन्टुङ ना. सानातिना केटाकेटी; बालबच्चा; चिचीभुँडी; भन्ड्याङभुन्डुङ।
65060 भन्डाफोड/भन्डाफोर ना. गुप्त रहस्य प्रकट गर्ने वा षड्यन्त्रपूर्ण कार्यलाई उदाङ्गो पार्ने काम; कुनै दुष्प्रयासको आन्तरिक भेद खोल्ने काम वा व्यवहार; घ्याम्पोफोराइ।
65061 भन्डार ना. १. भाँडाकुँडा, मालमत्ता, जिन्सी आदि राख्ने गोप्य र सुरक्षित ठाउँ; गुप्ती कोठा; भाण्डार।
65062 भन्डार ना. २. स्थायी र गोप्य पुँजी।
65063 भन्डारा ना. साधुसन्तहरूलाई दिइने सदावर्ती भोज; जोगीसन्न्यासीहरूको भोज।
65064 भन्डारा भाट ना. नेपालमा रहेका भाटजातिमध्येको एक भेद।
65065 भन्ड्याङभुन्डुङ ना. हे. भन्टयाङभुन्टुङ।
65066 भन्ते ना. १. बौद्धभिक्षुलाई सम्बोधन गर्दा प्रयोग गरिने आदरसूचक शब्द; भदन्त।
65067 भन्ते ना. २. बौद्ध भिक्षु।
65068 भन्दा ना. यो. परस्परका दुई वस्तुमध्ये उत्कर्ष वा अपकर्ष जनाउन प्रयोग हुने शब्द; कुनै दुई वस्तुको तुलना गर्दा आउने शब्द; लेखा; अपेक्षा। (उदा.- रामभन्दा श्याम राम्रो छ)।
65069 भन्न क्रि.वि. १. तागतको कमीले वा मादक पदार्थ आदिको ज्यादा सेवनले टाउको रिङाउने गरी।
65070 भन्न क्रि.वि. २. झिँगा, माहुरी आदि भन्कने चालसँग।
65071 भन्न क्रि.वि. ३. रिसले रिँग्ने वा घुम्ने गरी।
65072 भन्नुको वि. साह्रै राम्रो; काइदासाथको। (उदा.- यो चिज त भन्नुको पो छ त!)
65073 भन्ने वि. १. नाउँ गरेको; नाउँ भएको; नामक।
65074 भन्ने वि. २. बताउने; कहने।
65075 भन्ने कुरा मात्र ना. असत्य वा काममा परिणत नहुने कुरा।
65076 भन्सार ना. १. देशभित्र आयात हुने तथा देशबाट बाहिर निर्यात हुने मालसामानमा निकासीपैठारीका नियमअनुसार जाँचबुझ गरी मूल्य, तौल, सङ्ख्या आदिका हिसाबले निर्धारित कर वा शुल्क असुलउपर गर्ने अड्डा।
65077 भन्सार ना. २. आयात वा निर्यात हुने मालमत्तामा लाग्ने कर; निकासीपैठारी शुल्क; भन्सारमहसुल।
65078 भन्सारअड्डा ना. आयात-नियति वा निकासी र पैठारी हुने मालमत्तामा लाग्ने कर उठाउने कार्यालय।
65079 भन्सार अधिकृत ना. भन्सार अड्डाको प्रशासन तथा तत्सम्बन्धी कार्यसञ्चालन गर्ने अधिकृत।
65080 भन्सार क्षेत्र ना. १. भन्सार अड्डाले अधिकार पाएको क्षेत्र वा सीमा।
65081 भन्सार क्षेत्र ना. २. भन्सारले चर्चेको जमिन वा क्षेत्र।
65082 भन्सार गोदाम ना. भन्सारमा रहन आएका जिन्सी सामानहरूलाई थान्को लाउन बनाइएको घर।
65083 भन्सार गोस्वारा ना. भन्सार अड्डाको विभिन्न शाखा र उपशाखाको रेखदेख गर्ने अघिको केन्द्रीय भन्सार अड्डा।
65084 भन्सार महसुल आयत वा निर्यात गरिने वस्तुमा लाग्ने कर वा दस्तुर।
65085 भन्सार माफी ना. १. आयातनिर्यातका मालसामानमा नियमअनुसार केही वा विशेष स्थितिअनुसार भन्सार मिनाहा हुने व्यवस्था। वि.
65086 भन्सार माफी ना. २. भन्सार छुट भएको; भन्सार मिनाहा भएको।
65087 भन्सार सुविधा वि. सरकारी तहबाट देशविदेशमा आइजाइ गर्ने र दूतावास आदिका कर्मचारीलाई मालसामान लग्नल्याउनका लागि महसुलदरमा दिइने सुविधा वा छुट।
65088 भबाइ ना. भबाउने क्रिया वा प्रक्रिया।
65089 भबाइनु अ.क्रि. घाउखटिरा आदि डहिनु।
65090 भबाउनु अ.क्रि. आगाका डाहले, गर्मीले वा काछ पाछेर आदि किसिमले शरीरमा भतभत पोल्नु; डाह हुनु; जलन हुनु।
65091 भमरो ना. गैँडे आकारको, उडेर फूल-फूल चहार्दै रस चुस्ने र छवटा खुट्टा हुने कालो रङको प्रसिद्ध किरो; भँवरो।
65092 भय ना. कुनै सङ्कट वा अनिष्ट कुराको सम्भावनाद्वारा उब्जने र प्राणीलाई चिन्तित तथा व्याकुल बनाउने मानसिक स्थिति; डर; त्रास।
65093 भयकम्प ना. भयद्वारा उत्पन्न हुने कम्पन; डरले हुने कँपकँपी।
65094 भयकर वि. भय उत्पन्न गराउने; डरलाग्दो।
65095 भयङ्कर वि. भय उत्पन्न गराउने; डरलाग्दो; भयानक।
65096 भयजनक वि. भयोत्पादक; भयङ्कर।
65097 भयत्राता वि. भयबाट जोगाउने; डर हटाउने।
65098 भयप्रद वि. १. भय वा डर देखाउने; तर्साउने।
65099 भयप्रद वि. २. डरलाग्दो।
65100 भयभञ्जन वि. भयलाई विनाश गर्ने; भय हटाउने।