Dictionary

All Word

64901 भट्याकभुटुक क्रि.वि. हरियापरिया अन्न वा दानाहरू भुट्दा पड्कने गरी; भुटाइको शब्दसाथ।
64902 भट्याक्क क्रि.वि. १. एकाएक मुटु, नाडी आदि जोडले चल्ने गरी।
64903 भट्याक्क क्रि.वि. २. त्यसरी नै पखेटा आदि चलाएर।
64904 भडक ना. १. भड्किलो हुनाको भाव वा अवस्था; चमकदमक।
64905 भडक ना. २. सजधज ; ढाँचा।
64906 भडकदार वि. आवश्यकताभन्दा बढी सजधज गरिएको; चमकदमक भएको; भड्किलो।
64907 भड्कनु अ.क्रि. १. डरले आत्तिएर उफ्रनु; बिच्किनु; तर्सनु।
64908 भड्कनु अ.क्रि. २. कुनै कामबाट भाग्नु; पलायन हुनु।
64909 भड्कनु अ.क्रि. २. बाउँठिनु; बिभिन्डिनु; बटारिनु।
64910 भड्कनु अ.क्रि. ४. आफ्नो बाटोबाट विचलित हुनु; पथभ्रष्ट हुनु।
64911 भड्काइ ना. भड्कने वा भड्काउने भाव, क्रिया वा प्रक्रिया।
64912 भड्काइनु क.क्रि. भड्कन लाइनु; तर्साइनु; बिच्काइनु।
64913 भड्काउनु प्रे.क्रि. १. तर्साउनु; बिच्क्याउनु; दच्काउनु।
64914 भड्काउनु प्रे.क्रि. २. बिभिन्ड्याउनु; टेढ्याउनु।
64915 भड्किनु अ.क्रि. १. भड्कनु।
64916 भड्किनु अ.क्रि. २. तर्सिनु।
64917 भड्किलो वि. १. उत्ताउलो किसिमको; अनावश्यक ठाँटबाँट भएको; भडकदार।
64918 भड्किलो वि. २. उज्ज्वल; चहकिलो (रङ)।
64919 भड्खारो/भड्खालो ना. १. गहिरो खाल्टो; भङ्दालो; खौलो।
64920 भड्खारो/भड्खालो ना. २. काममा पर्ने विघ्न-बाधा; आपत्ति।
64921 भड्खारोमा पर्नु अ.क्रि. ठुलो विपत्ति वा हानिको स्थितिमा पर्नु।
64922 भण्डार ना. हे. भन्डार।
64923 भण्डारा ना. हे. भन्डारा।
64924 भतक्क १. गर्मी, चिन्ता आदिले शरीरमा छटपटी वा ताप उत्पन्न हुने गरी।
64925 भतक्क २. रिसले चुर हुने किसिमले; भुतुक्क।
64926 भतभत क्रि.वि. १. तातो वस्तु वा आगो आदिले पोलेर डहने गरी; भतभती।
64927 भतभत क्रि.वि. २. घाउ-खटिरामा जलन वा डाह हुने गरी।
64928 भतभत क्रि.वि. ३. धमाधम मर्ने गरी; भुतुभुतु।
64929 भतभत क्रि.वि. ४. फतफताउने किसिमले; फतफत।
64930 भतभताइ ना. भतभताउने भाव, क्रिया वा प्रक्रिया।
64931 भतभताइनु अ.क्रि. फतफताइनु; बडबडाइनु।
64932 भतभताउनु अ.क्रि. १. आगो, तातो वस्तु आदिले पोल्नु; जल्नु।
64933 भतभताउनु अ.क्रि. २. घाउ-खटिरा आदिमा जलन हुनु; डहनु।
64934 भतभताउनु अ.क्रि. ३. बडबडाउनु; फतफताउनु; करकराउनु।
64935 भतभती क्रि.वि. भतभत।
64936 भतवासी ना. असारे फूलका जस्ता पात हुने, सेता अथवा हरिया फूल फुल्ने, ससाना फल फल्ने, आयुर्वेदीय औषधीमा प्रयुक्त हुने एक लहरो।
64937 भताभत क्रि.वि. धमाधम मर्ने गरी; एकपछि अर्को हुँदै मरेर; भुतुभुतु।
64938 भताभुङ्ग क्रि.वि. १. बरबाद हुने गरी; नष्टभ्रष्ट भएर; लथालिङ्ग। ना.
64939 भताभुङ्ग क्रि.वि. २. बरबाद; नाश।
64940 भताभुङ्गे वि. १. भताभुङ्ग पार्ने; नष्टभ्रष्ट तुल्याउने; भज्याहा।
64941 भताभुङ्गे वि. २. भताभुङ्ग।
64942 भतारिनु अ.क्रि. १. हिलोमैलो वा धुलोमैलो भएका फोहोर ठाउँमा ढसमस्स भएर बस्नु।
64943 भतारिनु अ.क्रि. २. पछारिनु; लड्नु।
64944 भताऱ्याइ ना. भतारिने क्रिया वा प्रक्रिया।
64945 भताहा वि. १. परम्पराअनुसार भातभान्सामा मिल्ने; सजातीय। ना.
64946 भताहा वि. २. त्यस्ता बन्धुवर्ग वा नातादार।
64947 भतिज/भतिजा ना. १. भतिजोको मानबोधक शब्द।
64948 भतिज/भतिजा ना. २. भतिजो।
64949 भतिजी ना. दाजु वा भाइकी छोरी; जेठाजु वा देवरकी छोरी।
64950 भतिजो ना. दाजु वा भाइको छोरो; जेठाजु वा देवरको छोरो।