Dictionary

All Word

64951 भतुवा ना. १. तलबविना भातमात्र खाएर बस्ने नोकर। वि.
64952 भतुवा ना. २. कामकाज नगरी खाएर मात्र बस्ने; भातमारा।
64953 भतुवाकार ना. कमला पात र डाँठ हुने, फुलीका आकारका पहेँला, सेता फूल फुल्ने एक थरी बर्खे झार।
64954 भतेर ना. १. निम्तारु अथवा अन्य धेरै मान्छेलाई खान तयार गरिएको भातभान्सा।
64955 भतेर ना. २. प्रशस्त खाना; धेरै खानेकुरो।
64956 भतेर ना. ३. आवश्यकभन्दा बढी मात्रामा पाकेको भात।
64957 भतेरे वि. भतेरका निम्ति आवश्यक; भतेरमा चाहिने।
64958 भतेरे डाडुपन्यु ना. खड्कौँलाहरूको भाततिहुन चलाउन, बाँड्न र पस्कन हुने ठुलठुला डाडु-पन्यु।
64959 भत्कनु अ.क्रि. १. पर्खाल, भित्तो, छानो, गारो, ढिस्को, डिल, खात आदि खस्नु वा लड्नु; ढल्नु।
64960 भत्कनु अ.क्रि. २. कुनै कामव्यवहार बिग्रनु; लथालिङ्ग हुनु; भताभुङ्ग हुनु; बिग्रनु।
64961 भत्करु ना. बिहेमा जन्तीको खबर लिएर दुलहीका घरमा जाने दुलहातर्फको मानिस; वरयात्रीको अग्रदूत; भत्खरु; भत्खौरे।
64962 भत्काइ ना. १. भत्कने भाव, क्रिया वा प्रक्रिया। [ भत्काउ + आइ]
64963 भत्काइ ना. २. भत्काउने भाव, क्रिया वा प्रक्रिया।
64964 भत्काइनु क.क्रि. घर पर्खाल आदि लडाइनु; ढलाइनु।
64965 भत्काउनु स.क्रि. १. घर, पर्खाल आदि बिगार्नु वा लडाउनु।
64966 भत्काउनु स.क्रि. २. बिगार्नु; नाश पार्नु।
64967 भत्किनु अ.क्रि. १. भत्कनु।
64968 भत्किनु अ.क्रि. २. बिग्रिनु; नासिनु।
64969 भत्कोस ना. बाधाव्यवधानको लक्षण वा सङ्केत; भत्कने मेलो वा पालो; भाङपाली।
64970 भत्खरु ना. हे. भत्करु।
64971 भत्ता ना. १. वेतनबाहेक यात्रा, महँगी अथवा अन्य कुनै अतिरिक्त कार्य वा अवस्थाका निम्ति कर्मचारीहरूलाई दैनिक, मासिक वा सामयिक रूपमा दिइने थप निश्चित रकम।
64972 भत्ता ना. २. राम्रो काम गरेबापत कसैलाई दिइने जीवनवृत्ति।
64973 भदन्त वि. १. सम्मानित; पूजित; श्रद्धेय। ना.
64974 भदन्त वि. २. बौद्ध भिक्षुहरूमा प्रचलित प्रतिष्ठासूचक एक उपाधि।
64975 भदन्त वि. ३. बौद्ध भिक्षु; भन्ते।
64976 भदालो ना. तरकारी आदि पकाउने काममा प्रयोग हुने, बिँड भएको, ताईजस्तो ठुलो ताप्के; ठुलो दिउरे; झ्याँगा।
64977 भदाहा ना. १. स्वास्नीमानिसले आफ्ना दाजु वा भाइका छोरालाई भन्ने नाताबोधक शब्द; भदो।
64978 भदाहा ना. २. सालो वा जेठानको छोरो।
64979 भदै/भदैनी ना. स्त्रीका भाइ वा दाजुकी छोरी।
64980 भदैया ना. १. भदौ महिनामा पाक्ने बाली; भदौरे बाली (धान र अरू अन्न)।
64981 भदैया ना. २. भदौमा पाक्ने धानको एक जात; घैया।
64982 भदो ना. हे. भदाहा।
64983 भदौ ना. वर्षको पाँचौँ महिना; साउन र असोजका बिचमा पर्ने महिना; भाद्र।
64984 भदौरे वि. १. भदौ महिनामा हुने वा पाक्ने; भदौसम्बन्धी; भदौको (भदौरे घाम, भदौरे झरी आदि)।
64985 भदौरे वि. २. भदौ महिनामा जन्मेको, बियाएको वा बियाउने (गाईबस्तु)।
64986 भद्दा वि. जिउडाल र आकार-प्रकार नमिलेको; छन्द न बन्दको; नराम्रो; कुरूप।
64987 भद्र वि. १. सभ्य, शिष्ट तथा सुशिक्षित; सज्जन।
64988 भद्र वि. २. मङ्गलकारी; शुभकारक।
64989 भद्र वि. ३. सुन्दर; मनोहर। ना.
64990 भद्र वि. ४. मङ्गल; शुभ।
64991 भद्रकाली ना. देवीका विभिन्न रूपमध्ये सोह्र भुजा भएको एक रूप वा मूर्ति।
64992 भद्रगोल ना. १. धेरै गज्याङगुजुङको स्थिति; गन्जागोल; ठुलो अलमल। ना.
64993 भद्रगोल ना. २. काठमाडौँमा रहेको केन्द्रीय कारागारको दोस्रो फाँट।
64994 भद्रा ना. १. ज्योतिषशास्त्रका अनुसार शुक्लपक्षका चुतुर्थी, अष्टमी, एकादशी र पूर्णिमा तथा कृष्णपक्षका तृतीया; सप्तमी, दशमी र चतुर्दशीका दिन पर्ने सातौँ करण; फलित ज्योतिषअनुसार अशुभ योग।
64995 भद्रा ना. २. गाई।
64996 भद्रा ना. ३. दुर्गा।
64997 भद्रा ना. ४. पृथ्वी।
64998 भद्राई ना. लामो पुच्छर, आङ्कुसे परेको चुच्चो, आँखावरिपरि काला धर्सा तथा पिठियुँतिर रातो र छातीतिर सेतो हुने, जुरेलीजत्रो सानो चरो।
64999 भद्राक्ष ना. जपमाला बनाउने काममा प्रयोग गरिने रुद्राक्ष जस्तै सानो खालको दाना।
65000 भद्राच्छे ना. हे. भद्राक्ष।