Dictionary

All Word

64801 भङ्गुर वि. १. तत्काल भङ्ग हुने अवस्थाको; नाशवान्।
64802 भङ्गुर वि. २. बाङ्गो; टेढो।
64803 भङ्ज्याइँ ना. भङ्ज्याहाको चाल; उपध्रो।
64804 भङ्ज्याहा वि. उपध्रो गर्ने स्वभावको; भाँडभैलो मचाउने; भज्याइँमा लाग्ने।
64805 भङ्दालो ना. भड्खारो; भड्खालो; भ्वाङ।
64806 भङ्याहा वि. भाङको अम्मली; भँग्याहा।
64807 भचक्र ना. ज्योतिषशास्त्रमा वर्णित सम्पूर्ण ग्रह र नक्षत्र सङ्क्रमण गर्ने चक्र; राशिचक्र।
64808 भचेट वि.बो. हे. भक्कोटे।
64809 भच्छी वि. खाने; भक्षी।
64810 भच्छे वि. खान हुने; भक्ष्य।
64811 भच्छेअभच्छे ना. खान हुने र खान नहुने; भक्ष्याभक्ष्य।
64812 भज्नु १ स.क्रि. १. देवता वा ईश्वरको नामकीर्तन गर्नु; भजन गर्नु; उपासना गर्नु।
64813 भज्नु १ स.क्रि. २. टहलचाकरी गर्नु; सेवा गर्नु।
64814 भज्नु १ स.क्रि. ३. पतिका रूपमा मान्नु।
64815 भज्नु २ अ.क्रि. १. ठुलो मोलका मुद्रा वा नोट दिएर कम मोलका रुपियाँ, नोट वा खुद्रा पैसा साट्ने काम हुनु; मुद्रा साटिएर चानचुन प्राप्त हुनु।
64816 भज्नु २ अ.क्रि. २. एक मुद्रासँग अर्को थरी मुद्राको साटफेर वा सटही हुनु।
64817 भजन ना. १. आराध्य देवीदेवताको र गुरु आदिको नाम र महिमा बारबार लिने र गाउने काम; नामकीर्तन; गुणगान।
64818 भजन ना. २. कुनै देवदेवीको गुणवर्णन गरिएको गीत।
64819 भजन थरी ना. कुनै मृतक व्यक्तिका शान्तिका लागि गाईजात्रामा गेरुवा कपडा पहिरी सहर घुम्दै गाइने शोक गीत वा त्यो गाउने मण्डली।
64820 भजन फल ना. भागफल।
64821 भजनानन्दी वि. भजन-कीर्तनमा मग्न रहने; भजनमा आनन्द लिने।
64822 भजनियाँ/भजने वि. १. ईश्वरको भजन गर्ने; देवताको नाम-कीर्तन गर्ने। ना.
64823 भजनियाँ/भजने वि. २. मन्दिर आदिमा खैँजडी, कठताल आदि बजाई देव-देवीको गाथा गाउने मण्डली; भजन गर्ने मण्डली।
64824 भजाइ ना. १. भज्ने भाव, क्रिया वा प्रक्रिया।[भजाउ+आइ]
64825 भजाइ ना. २. भजाउने भाव, क्रिया वा प्रक्रिया।
64826 भजाइ ना. ३. भजाउँदा लाग्ने दस्तुर वा शुल्क; भजाउनी।
64827 भजाइनु क.क्रि. भज्न लाइनु; सटही गरिनु।
64828 भजाउनी ना. रुपियाँ, नोट आदि भजाउँदा लाग्ने दस्तुर वा शुल्क; सटहीमा लिइने नाफा, सटही दस्तुर; बट्टा।
64829 भजाउनु स.क्रि. / प्रे.क्रि. १. बढी मूल्यका रुपियाँ, नोट आदि दिएर कम मूल्यका मुद्रा साट्नु; चानचुन पार्नु।
64830 भजाउनु स.क्रि. / प्रे.क्रि. २. एक देशका मुद्रासँग अर्का देशका मुद्रा साट्नु; मुद्रा सटही गर्नु।
64831 भजाउनु स.क्रि. / प्रे.क्रि. ३. भज्न लाउनु; भजन गराउनु।
64832 भजिनु अ.क्रि. १. भज्ने काम हुनु। क. क्रि.
64833 भजिनु अ.क्रि. २. भजन गरिनु।
64834 भञ्जक वि. १. कुनै कामकुरा भङ्ग गर्ने वा बिगार्ने।
64835 भञ्जक वि. २. तोडफोड गर्ने; भत्काउने।
64836 भञ्जन ना. १. बिगार्ने वा भत्काउने काम; तोडफोड।
64837 भञ्जन ना. २. नाश; विध्वंस।
64838 भट ना. १. योद्धा; लडाकु।
64839 भट ना. २. सिपाही; सैनिक।
64840 भट ना. ३. पहलवान; मल्ल।
64841 भटभट क्रि.वि. अस्पष्ट र झर्कोलाग्दो किसिमसँग एकोहोरो आवाज आउने गरी; फतफत।
64842 भटभटाइ ना. भटभटाउने भाव, क्रिया वा प्रक्रिया।
64843 भटभटाइनु अ.क्रि. अस्पष्ट रूपले चाँडो-चाँडो आवाज निकालिनु; फतफताइनु।
64844 भटभटाउनु अ.क्रि. १. भटभट शब्द गर्नु।
64845 भटभटाउनु अ.क्रि. २. अस्पष्ट हिसाबले चाँडो बोल्नु।
64846 भटभटाउनु अ.क्रि. ३. जथाभाबी फलाक्नु।
64847 भटभटे ना. १. मोटरसाइकिल; स्कुटर। वि.
64848 भटभटे ना. २. भटभट गरेर आवाज निकाल्ने।
64849 भटमास ना. सिमीका ढबका झुसिला पात हुने, सेता फूल फुल्ने झुसिला कोसामा चार-पाँच दाना लाग्ने अन्नको बोट; सोही बोटमा फलेको पौष्टिक तथा द्विदलीय अन्नका गेडा वा दाना।
64850 भटमासे ना. १. भाले र पोथी छुट्टिनुभन्दा पहिलेका कुखुराका चल्ला। वि.