Dictionary

All Word

64701 भक्तपुरे वि. २. भक्तपुरको बासिन्दा।
64702 भक्तवत्सल वि. आफ्ना श्रद्धालु भक्तहरूप्रति दया गर्ने।
64703 भक्तालु वि. भक्तिभावनामा लागेको; श्रद्धालु; भक्त।
64704 भक्ति ना. १. ईश्वर वा देवी - देवताप्रति हुने निष्ठा, आस्था वा पूजाको भावना।
64705 भक्ति ना. २. पूज्य वा मान्यजनप्रति हुने आदरभाव वा श्रद्धा।
64706 भक्ति ना. ३. चाकरी; सेवा; टहल
64707 भक्ति ना. ४. विश्वास; आस्था।
64708 भक्ति ना. ५. साहित्यमा भक्तिमार्गी विद्वान्हरूले मान्ने भक्ति स्थायी भाव हुने एक रागप्रधान रस।
64709 भक्ति थापा ना. वि. सं. १८७२-७३ मा मलाउँमा भएको नेपाल र अङ्ग्रेजको युद्धमा अङ्ग्रेजहरूसँग वीरतापूर्वक लड्दालड्दै वीरगति प्राप्त गर्ने एक प्रसिद्ध गोरखाली सरदार।
64710 भक्तिनी ना. भक्तिभावना भएकी स्त्री; भक्त स्त्री; भक्तेनी।
64711 भक्तिमान् वि. भक्तिभावनाले भरिएको; भक्तालु; भक्त।
64712 भक्ति मार्ग ना. ईश्वर वा देवदेवीको भक्ति गरेर मुक्ति प्राप्त गरिने एक उपाय; गीतामा वर्णित ज्ञानमार्ग, कर्ममार्ग र भक्तिमार्गमध्ये एक।
64713 भक्तिमालो ना. राई - लिम्बूहरूमा प्रचलित, कात्तिक पूर्णिमादेखि औँसीसम्म पन्ध्र दिन तिहारका रूपमा मनाइने चाडमा गाउँका बुढापाकाहरूले फूल - अक्षता लिएर दियो बाली गाउने लोकगीत।
64714 भक्तेनी ना. भक्तिनी।
64715 भक्याइ ना. भक्याउने भाव, क्रिया वा प्रक्रिया।
64716 भक्याइनु क.क्रि. ठुलठुला भकाना उप्कने गरी खनिनु।
64717 भक्याउनु स.क्रि. ठुलठुला भकाना उप्कने गरी खन्नु, ठेला वा चपरी उप्काउनु।
64718 भक्रन वि. १. महामारी जरो आदि रोगले ग्रस्त भई पसारिएको; थला परेको। ना.
64719 भक्रन वि. २. उठ्नै नसक्ने गरी थलिएको रोगी; ऐया आत्था गरेर कराउने मधौरु। क्रि.वि.
64720 भक्रन वि. ३. उठ्नै नसक्ने किसिमले बिरामी परी; बेसरी थलिएर।
64721 भक्रन्त वि. / ना. / क्रि.वि. भक्रन।
64722 भक्राङ ना. छिटो ढिकी कुट्ता निस्कने शब्द।
64723 भक्राङ च्याङ ना. छिटछिटो र फुर्तीसाथ ढिकी कुट्ताको शब्द; ढिकीच्याउँ।
64724 भक्रान/भक्रान्त वि. / ना. / क्रि.वि. हे. भक्रन; भक्रन्त।
64725 भक्षक वि . १. भोजन गर्ने; खाने।
64726 भक्षक वि . २. नाश पार्ने; विध्वंसक।
64727 भक्षण ना. खाने काम; भोजन।
64728 भक्षी वि . १. खाने वा भोजन गर्ने; भक्षक।
64729 भक्षी वि . २. खाने वा नाश गर्ने अर्थमा शब्दका पछिल्तिर गाँसिने प्रत्ययधर्मी उत्तरपद (मांसभक्षी, शाकभक्षी इ.)।
64730 भक्ष्य ना. १. खाइने वस्तु; खाद्य पदार्थ। वि.
64731 भक्ष्य ना. २. खान योग्य; खाइने; भोज्य।
64732 भक्ष्याभक्ष्य वि. खान हुने र नहुने; भक्ष्य र अभक्ष्य; भच्छेअभच्छे।
64733 भक्सवाइगन ना. लाम्चो आकारको चारपाँच जना अटाउने गाडी वा कार।
64734 भग ना. १. सुखसुविधाका साधन; सम्पत्ति; ऐश्वर्य।
64735 भग ना. २. सौभाग्य।
64736 भग ना. ३. प्रसिद्धि; कीर्ति।
64737 भग ना. ४. धर्म; पुण्य।
64738 भग ना. ५. विवेक; ज्ञान।
64739 भग ना. ६. शक्ति।
64740 भग ना. ७. जीवन र जगत्प्रतिको वितृष्णा; वैराग्य।
64741 भग ना. ८. स्त्रीको मूत्रद्वार; जननेन्द्रिय; योनि।
64742 भग ना. ९. बाह्र आदित्यमध्ये एक; सूर्य। १०. वेदमा उल्लेख भएका एक देवता।
64743 भगण ना. पिङ्गलशास्त्रका अनुसार पहिले गुरु र पछि दुई लघु हुने एक गण (S।।); गुरु, लघु र लघु हुने त्र्यक्षरी समुदाय (जस्तै- मानस, कोमल, बालक इ.)।
64744 भगत ना. भक्तजन; भक्त।
64745 भगता ना. थारूजातिमा प्रसिद्ध झारफुक गर्ने व्यक्ति; थारूको धामीझाँक्री।
64746 भगनासिका ना. भगाङ्कुर; टिसी।
64747 भगन्दर ना. गुदद्वारबिचमा आउने एक खटिरो।
64748 भगवती ना. १. आदिशक्ति; दुर्गा; देवी, महामाया।
64749 भगवती ना. २. मान्य नारी; श्रद्धेय स्त्री। वि.
64750 भगवती ना. ३. ऐश्वर्यशालिनी; सम्पन्न (स्त्री)।