Dictionary

All Word

64601 भँचाउनु प्रे.क्रि. भाँच्न लाउनु; भाँच्ने पार्नु।
64602 भँडाइ ना. भाँड्ने भाव, क्रिया वा प्रक्रिया।
64603 भँडाइनु क.क्रि. भाँड्न लाइनु।
64604 भँडाउनु प्रे.क्रि. भाँड्न लाउनु; बिथोलाउनु।
64605 भँडार ना. मालसामान राखनधरन गर्ने कोठो; भण्डार; ढुकुटी।
64606 भँडारखाल ना. १. राजामहाराजाहरूले भोजभतेर गर्ने विशेष ठाउँ वा उपवन।
64607 भँडारखाल ना. २. हनुमानढोका दरबारभित्रका आँगनमा रहेको प्रसिद्ध ठाउँ।
64608 भँडारखाल ढुकुटी ना. भण्डारखालमा रहेको नेपालको ऐतिहासिक भण्डार वा कोष।
64609 भँडारखाल पर्व ना. राणा प्रधानमन्त्री जङ्गबहादुरलाई हनुमानढोका दरबारभित्रको भँडारखालमा भोजको निम्तो दिई उनको हत्या गर्ने योजना भएको, इतिहासप्रसिद्ध एक षड्यन्त्रपूर्ण घटना।
64610 भँडारिया ना. भँडारे।
64611 भँडारी ना. १. भँडारको हर्ताकर्ता; भण्डारी
64612 भँडारी ना. २. नेपालीको एउटा थर। स्त्री. भँडार्नी।
64613 भँडारे ना. भँडारको अधिपति। (उदा.- राजाको धन जान्छ, भँडारेको पेट पुद्छ)।
64614 भँडालो/भँडाल्नु ना. भ्रूण रहने स्थान; पाठेघर; गर्भाशय; बच्चादानी।
64615 भँडाहा वि. भाँड्ने काम गर्ने; बिथोलाहा।
64616 भँडिनी ना. १. भाँड - जातिकी स्त्री; भाँडकी स्वास्नी; भँडेनी।
64617 भँडिनी ना. २. भाँडिएकी वा भ्रष्ट स्त्री। वि.
64618 भँडिनी ना. ३. कामकुरामा भाँडभैलो गर्ने (स्त्री)।
64619 भँडुवा वि. १. भइरहेको कामकुरो बिथोल्ने वा बिगार्ने; भाँडभैलो मचाउने; भाँड।
64620 भँडुवा वि. २. अश्लील वा अशिष्ट व्यवहार गर्ने; फोहोरी कुरा बोल्ने। ना.
64621 भँडुवा वि. ३. भाँडको पेसा लिने व्यक्ति।
64622 भँडेनी ना. / वि. हे. भँडिनी।
64623 भँडेरो ना. खेतीवालहरूले मुख्य बाली भित्र्याउँदा भाँडहरूका लागि छुट्ट्याइएको भाग; भाँडहरूले पाउने अन्नको भाग।
64624 भँड्खारो/भँड्खालो ना. गहिरिएको ठाउँ; भड्खारो।
64625 भँवरो ना. भमरो।
64626 भइ टोपल्नु अ.क्रि. करबलले वा देखाउनका निम्ति मात्र भए जस्तै हुनु; भइदिन खोज्नु।
64627 भइनु अ.क्रि. होइनु।
64628 भइपरि आउने वि. आकस्मिक रूपमा वा कारणवश हुने; कुनै विशेष अवस्थाका लागि चाहिने वा गर्नुपर्ने (बजेट, खर्च, बिदा इ.)।
64629 भकभक ना. १. बोल्दा बिचबिचमा अड्किने तथा शब्द दोहोरिने एक आदत वा रोग। क्रि.वि.
64630 भकभक ना. २. बेसरी उम्लेर बाफ निस्कने गरी।
64631 भकभक ना. ३. खन्दा ठुलठुला चपरा पल्टाएर।
64632 भकभकती क्रि.वि. १. खुबसित पाक्ने गरी; भकभक।
64633 भकभकती क्रि.वि. २. खन्दा ठुलाठुला चपरा झिक्ने गरी।
64634 भकभकाइ ना. भकभकाएर बोल्ने भाव वा क्रियाप्रक्रिया।
64635 भकभकाइनु अ.क्रि. भकभक गरी बोल्ने होइनु।
64636 भकभकाउनु अ.क्रि. बिचबिचमा अड्केर तथा ध्वनि दोहोऱ्याएर आवाज निकाल्नु; भकभक गर्नु।
64637 भकभकिनु अ.क्रि. बोल्दा भकभक होइनु; भकभकाइनु।
64638 भकभकी क्रि.वि. १. खुबसित उम्लेर पाक्ने गरी; भकभक।
64639 भकभकी क्रि.वि. २. ठुलठुला चपरा झिकेर धमाधम खन्ने चालसँग।
64640 भकभक्याइ ना. भकभकिने भाव, क्रिया वा प्रक्रिया।
64641 भकभक्याहट ना. भकभक्याइ।
64642 भकाइ ना. १. भाक्ने क्रिया वा प्रक्रिया। [भकाउ+आइ]
64643 भकाइ ना. २. भकाउने क्रिया वा प्रक्रिया।
64644 भकाइनु क.क्रि. भाक्न लाइनु।
64645 भकाउनु स.क्रि. १. अचानक सत्य कुरा मुखबाट निस्कनु। प्रे. क्रि.
64646 भकाउनु स.क्रि. २. किरिया खान लाउनु; शपथ गराउनु।
64647 भकानु/भकानो ना. १. माटो आदिको ठुलो डल्लो वा चपरी।
64648 भकानु/भकानो ना. २. दुःख वा शोकका वेगले छातीमा परेको गाँठो।
64649 भकाभक क्रि.वि. कुनै काम नरोकिई हुने गरी; सुरुसुरु; खुरुखुरु।
64650 भकार ना. पवर्गको चौथो वर्ण; 'भ' अक्षर।