Dictionary

All Word

64001 बेरुजु वि. २. बेरीतसँग भएको वा रीतभाँत नमिलेको। ना.
64002 बेरुजु वि. ३. आर्थिक कारोबार हेर्दा वा जाँच्ता लेखापरीक्षणले दर्साएको अनियमित कलम।
64003 बेरुवा वि. बेरेको वा बेरिएको; लपेटिएको; बेहुवा।
64004 बेरुवा औंठी ना. सुनको डोलो तारको दुई-तीन फेरो मारिएको औंठी।
64005 बेरोकटोक क्रि.वि. विनारोकटोक ; नरोकीकन; सरासर।
64006 बेरोजगार वि. इलमधन्दा केही नभएको; बिकामे।
64007 बेरोजगारी ना. रोजगारी नहुने स्थिति बिकाम।
64008 बेरोजगारी भत्ता ना. विकसित मुलुकहरूमा रोजगार वा काम नहुने व्यक्तिहरूलाई निर्वाहका निम्ति दिइने भत्ता निर्वाहवृत्ति।
64009 बेर्ना ना. काउली; रायो; खोर्सानी; फूल आदिको सार्ने अवस्थाको सानो बोट वा बिरुवा।
64010 बे ना. दिसा बस्दा गुदद्वारबाट निस्कने आन्द्राजस्तो नली वा त्यस्तो नली निस्कने एक रोग।
64011 बेल्नु स.क्रि. मैदा; पिठो आदि मुछेर ससाना डल्ला पारी बेल्नाले यतै रोटी आदिको आकारमा बदल्नु; पथार्नु।
64012 बेल ना. १. एक भेट्नामा तीनवटा पात हुने; सेता फूल फुल्ने; पात प्रायः शिवजीलाई चढाइने प्रसिद्ध एक काँडावाल वृक्षवा त्यसैको गोलो साहो फल।[सं. बल्ली]
64013 बेल ना. २. वनस्पतिको लहरो लता।
64014 बेलघारी ना. बेलका रुखहरूको समूह; थुप्रै बेल भएको ठाउँ।
64015 बेलदार वि. फूलपात; लहरा आदि आकारका बुट्टा भएकोबेलबुट्टा परेको।
64016 बेलन ना. १. छापाखानाको टाइपमा मसी दल्ने बेलनाजस्तो साधन।
64017 बेलन ना. २. रोडा आदि पेल्ने फलाम आदिको डोलो र ठुलो चक्का।
64018 बेलन ना. ३. बेलना।
64019 बेलना ना. पिठो मुछेर रोटी बेल्ने वा पथार्ने काठको डोलो साधन; बेलन।
64020 बेलनाकार ना. बेलनाका आकार वा ढाँचाको।
64021 बेलन्चे ना. नाककोरेका जस्ता पात हुने र सिमसारमा उम्रने एक को र बेलाजे।
64022 बेलपत्र ना. बेलका पात; बेलपाती।
64023 बेलपाती ना. बेलका पात; बेलपत्र।
64024 बेलबटम ना. ठुलठुला मोहोता हुने एक किसिमको पाइन्ट (उदा.- बेलबटम; काठमाडौँमा चल्यो रटन। लोकगीत)।
64025 बेलबुट्टा ना. कपडा; कागज; काठ; भित्ता आदिमा बनाइने लहरा; फूलपात आदिको बुट्टा।
64026 बेलबुट्टे वि. बेलबुट्टा परेको वा भएको (रुमाल; कपडा आदि)।
64027 बेलबुडाइ ना. सूर्यास्त; घामडुबाइ।
64028 बेलविवाह ना. कुण्डली आदिमा भएको वैधव्य दोषको निवारण आदिका निम्ति नेवारजातिका स्त्रीहरूको कमै उमेरमा बेलका साथ गरिने परम्परागत विवाह।
64029 बेला ना. समय टाइम वेला।
64030 बेला ना. लोहोटा; अम्खोरा आदि पानी हाल्ने भाँडो।
64031 बेला ना. गजाले रेटेर बजाइने; चारवटा तार लागेको सारङ्गीका छाँटको पश्चिमेली एक बाजा।
64032 बेलाइ ना. बेल्ने क्रिया वा प्रक्रिया।
64033 बेलाइत ना. हे. बेलायत।
64034 बेलाइनु क.क्रि. बेल्न लाइनु।
64035 बेलाउनु प्रे.क्रि. बेल्ने काम गराउनु; बेल्न लाउनु।
64036 बेलाडोना ना. ६० देखि ८० से. मि. सम्म अग्लो हुने; मालाकार; साधारण तिखा टुप्पा भएका पात हुने; गुलाफी पहेँलो वा हरियो टीका - टीका परेका फूल हुने; जरा र पात निद्रा लगाउने तथा फलका निम्ति विष मानिएको बुटीविशेष।
64037 बेलान्जे ना. हे. बेलाचे।
64038 बेला पञ्चाङ्ग ना. शुभ - अशुभ मुहूर्त; शकुन; राशिफल तथा प्रश्न आदि भएको सामान्य ज्योतिषको काम दिने पात्रो वा पुस्तक; शकुनौती।
64039 बेलायक वि. लायक नभएको; नालायक; बेमनासिब।
64040 बेलायत ना. पश्चिम युरोपको एक प्रसिद्ध देश ब्रिटेन; इङ्गल्यान्ड; संयुक्त अधिराज्य; बेलाइत।
64041 बेलायती वि. १. बेलायतको बेलायतसम्बन्धी; बेलायतमा उब्जेको।
64042 बेलायती वि. २. राम्रो असल।
64043 बेलायती बैठक ना. विशेषतः विदेशीहरूको स्वागत-सत्कारका निम्ति बनाइएको काठमाडौँको सिंहदरबारस्थित प्रसिद्ध बैठक; राम्रो सिंगारिएको बैठक।
64044 बेलिनु क.क्रि. बेल्ने काम गरिनु बेलाइ पुग्नु।
64045 बेली ना. १. मसिना पात हुने एक लहरोजस्तो बोट वा त्यसैको सेतो सुगन्धी फूल।
64046 बेली ना. २. भाँति वा किसिम जनाउने पूरक शब्द (जस्तो- नागबेली; नालीबेली)।
64047 बेलीचन्दा ना. झन्डै फिलुगेका जस्ता पात हुने; सेता फूल फुल्ने; राता अमिला सा लाग्ने र अचार खाइने एक उद्भिद राते।
64048 बेलबिस्तार ना. सबै बेहोरा खुलाएर गरिएको वर्णन; पूरा बयान वा भनाइ।
64049 बेलुका ना. १. घाम अस्ताउन खोजेको वा अस्ताइसकेपछिको समय सायङ्काल। क्रि.वि.
64050 बेलुका ना. २. साँझपख साँझतिर सन्ध्याको समयमा।