Dictionary

All Word

63901 बेतार ना. तार नहुने अवस्था वा चाल; विनातार।
63902 बेतारको तार ना. तारको सहायताविना नै तरङ्गका माध्यमले विद्युत्शक्तिद्वारा पठाइने तार; आकाशवाणी।
63903 बेताल ना. खापाका बिचको; दिलापहरूलाई अलग्याउने र छुट्ट्याउने खसिपा।
63904 बेताल ना. १. सङ्गीतमा ताल नमिल्ने ढाँचा वा स्थिति; तालको चुका।
63905 बेताल ना. २. मुटुको सामान्य धड्कनभन्दा फरक ताल। वि.
63906 बेताल ना. ३. ताल नमिलेको; बेछाँटको; बेढब।
63907 बेतालको वि. ताल वा ढग नमिलेको; बेछाँटको बेताले बित्पाते।
63908 बेतालुक वि. १. तालुकभन्दा बाहिरको तालुकभित्र नपरेको।
63909 बेतालुक वि. २. सरोकार नभएको; वास्ता नभएको।
63910 बेतालुकी वि. १. आफूलाई अख्तियार नभएको; तालुक वा अधिकारभित्र नपरेको।
63911 बेतालुकी वि. २. सरोकारविनाको।
63912 बेते वि. गाईबस्तु आदि बियाएका पटकको। (उदा.- पाँचबे भैँसी; छबेते गाई; तीनबेते बाखो इ.)।
63913 बेतेनी ना. बेतको समूह; बेतघारी।
63914 बेतोड ना. कुद्ने; हिँड्ने; हुर्रिने आदि शीघ्र गति वा ठुलो वेग तोड।
63915 बेथा ना. १. व्यथा; ज्वरो आदि शारीरिक रोग।
63916 बेथा ना. २. सुत्केरी हुने बेलाको कष्ट; प्रसववेदना।
63917 बेथाहारी वि. रोग लागिरहने।
63918 बेथिति ना. थिति नमिल्ने चाल अस्तव्यस्तता; नराम्रो प्रबन्ध।
63919 बेयु/बेये ना. खेतबारीमा उम्रने; बुँदेका जस्ता साना हरिया पात हुने; सेता फूल फुल्ने र दाना फल्ने; तरकारी वा अचार खाइने एक जातको साग।
63920 बेदखल वि. १. दखल नभएको वा दखल नगरिएको अधिकारमा नरहेको।
63921 बेदखल वि. २. ऐंच; अधिकार आदिबाट हटाइएको।
63922 बेदखली ना. कुनै कुराको दखल; अधिकार आदिबाट वञ्चित हुने वा गराइने काम।
63923 बेदस्तुर वि. दस्तुरमा नभएको वा नमिल्ने; बेरीत (उदा.- बेदस्तुरको निवेदनमा कारबाई नहुन सक्छ। )।
63924 बेदाग वि. दाग वा खोट नभएको; कसुर नदेखिने; निष्कलङ्क निर्दोष।
63925 बेदागी ना. दाग नलागेको; खोट नभएको; बेदाग।
63926 बेदाम वि. मोल नकिटिएको वा विनामूल्यको सित्तैं पाइने।
63927 बेद्धा मानव ना. नृतत्त्वका अनुसार श्रीलङ्कामा रहेका भनिएका कम विकसित मानव।
63928 बेध्नु स.क्रि. १. प्वाल पार्नु छेड्नु।
63929 बेध्नु स.क्रि. २. चोट लाउनु रोप्नु; घोच्नु।
63930 बेध्नु स.क्रि. ३. निसानामा लगाउनु तारो हान्नु।
63931 बेधडक वि. १. कसैको धक वा भय नमान्ने; निस्फिक्री। क्रि.वि.
63932 बेधडक वि. २. कसैको धक वा भय नमानीकन; निस्फिक्रीसित।
63933 बेधाइ ना. बेध्ने क्रिया वा प्रक्रिया।
63934 बेधाइनु क.क्रि. बेन लाइनु।
63935 बेघाउनु प्रे.क्रि. बादशाही बाजा; ब्यान्ड बाजा।
63936 बेन ना. बेन लाउनु।
63937 बेनामी वि. लेख्ने पठाउनेको नाम; थर; वतन केही नभएको; गुमनाम ( चिठी; जाहेरी आदि)।
63938 बेनी ना. १. कपालको चुल्ठो।
63939 बेनी ना. २. कपालका आँठाको मेलले चुल्ठो बने नदीहरूको सङ्गमले बनेको ठाउँ; नदीहरूको सङ्गम।
63940 बेनीचम्पा ना. चम्किला खैरा बोक्रा र डिम्बाकार पात हुने; निला वा सेता फूल फुल्ने; बोक्रा जरोमा र जरा आउँमा उपचारका लागि प्रयोग गरिने एक बोट वा त्यसैको फूल।
63941 बेन्च ना. १. काठ; फलाम आदिले बनेको धेरै जना बस्न हुने एक प्रकारको लाम्चो मेच।
63942 बेन्च ना. २. न्यायाधीशहरूको सभा वा आसन; न्यायाधीशहरूको समुदाय।
63943 बेन्चा ना. जमिन भाग साहो पार्न ठोकिने; लामो बिंड हुने; चक्कादार फलामे साधन; धुसि।
63944 बेन्जु / बेन्जो ना. चारवटादेखि आठवटासम्म भएको; गजाले रेटेर बजाइने एक प्रकारको तारबाजा।
63945 बन्नु ना. धानको बिउ राख्ने घ्याङ; ब्याड।
63946 बेपत्ता वि. १. पत्ता वा ठेगाना नभएको अत्तोपत्तो नभएको; बिपत्ता; बेखबर।
63947 बेपत्ता वि. २. छेउटुप्पो वा आदि - अन्त्यको भेउ नपाइने।
63948 बेपरवाह वि. हे. बेपर्वाह।
63949 बेपरवाही ना. बेपार्बाही।
63950 बेपर्दा वि. १. पर्दा केही नभएको; मर्यादारहित खुला; निर्लज्ज। ना.