Dictionary

All Word

63751 बुलन्द वि. २. टड्कालो; ठुलो उच्च (स्वर)।
63752 बुलबुल ना. जुरेली चरो।
63753 बुलबुली / बुलबुले ना. अघिल्तिरका रौं लामा राखेर कपाल बनाउने वाकाट्ने ढाँचा।
63754 बुलाकी ना. नाकको बिचको पर्दा छेडेर लगाइने हीरा; मोती आदि जडिएको सुनको मुन्द्रे गहना; सारङ्गीको फुली।
63755 बुलिन ना. जड्गी पोसाकको कुममा लगाइने फलामे जाली।
63756 बुलु ना. गुराँसका जस्ता पात हुने; पातको तल सेतो र टीका - टीका परेको ग्रन्थिद्वार हुने; गाढा रातो फूल फुल्ने; आयुर्वेदका अनुसार पात गाईबाखाका निम्ति बिखालु मानिने दुईतीन मिटर अग्लो एक बोट।
63757 बुलेटिन ना. सरकारी रूपमा वा सङ्घ-संस्थाद्वारा निकालिने सङ्क्षिप्त समाचारपत्र।
63758 बुले ना. सिक्री भएको एक प्रकारको गहना।
63759 बुल्किनु अ.क्रि. बुलुकबुलुक हुनु; बढी चञ्चल हुनु; उत्तालिनु; मच्चिनु।
63760 बुल्क्याइ ना. बुल्किने काम वा किसिम।
63761 बुल्क्याइनु क.क्रि. बुलुक्क पारिनु।
63762 बुल्क्याउनु प्रे. क्रि. बुल्किने पार्नु।
63763 बुल्ला ना. एक जातको माछोविशेष।
63764 बुवा ना. बाबु पिता।
63765 बुवारी ना. एक जातको माछो विशेष।
63766 बुसर्ट / बुससर्ट ना. कमिजको जस्तो कलर र बाहुला हुने; अगाडि खुला भई टाँक लगाइने कमिजका छाँटको वस्त्र।
63767 बुहारी ना. १. छोरा वा भाइभतिजाकी पत्नी।
63768 बुहारी ना. २. भानिज; भदो आदि नाता पर्ने आफूभन्दा कान्छाकी स्त्री।
63769 बुहारीकार ना. अमलाका जस्ता पात हुने हुँदा खुम्चिने एक जातको भार लज्जावती झार।
63770 बुहार्तन ना. १. बुहारीको काम वा अभिभारा।
63771 बुहार्तन ना. २. बुहारीले गर्नुपर्ने घरधन्दा।
63772 बुहार्तन ना. ३. बुहारीले सहनु - भोग्नुपर्ने; सासू-ससुरा आदिको कडा अनुशासन वा घरको पिरलो र सकस।
63773 बूँद ना. हे. बुँद
63774 बूटी ना. हे. बुटी।
63775 बूढा वि. हे. बुढा।
63776 बूढी वि. हे. बुढी।
63777 बूढो वि. हे. बुढो।
63778 बृहत् वि. १. विशाल; ठुलो बडेमाको।
63779 बृहत् वि. २. बलिष्ठ; बलियो।
63780 बृहती ना. १. ठुलो वीणा; नारदको वीणा।
63781 बृहती ना. २. नौ-नौ अक्षरको पाउ वार्णिक छन्द।
63782 बृहत्कथा ना. गुणाढ्य कविद्वारा पैशाची भाषामा लेखिएको कथाहरूको प्रसिद्ध ग्रन्थ; बड्डकहा।
63783 बृहस्पति ना. १. देवताका गुरुको नाम प्रसिद्ध वैदिक देवता।
63784 बृहस्पति ना. २. सौर जगत्‌को एक प्रसिद्ध ग्रह।
63785 बृहस्पतिवार ना. साताको पाँचौँ दिन; बुधवार र शुक्रवारका बिचमा पर्ने वार।
63786 बेंसी ना. पहाडपर्वतका फेदीको मलिलो र पनौतो जमिन वा फाँट; उपत्यका; बेसी; बिसी।
63787 बेंसीखेत ना. पानी लाग्ने र धान हुने; खोलाछेउको जग्गा।
63788 बेंसीबाली ना. बेंसीमा हुने धान; मकै; मास; भटमास; आलु आदि विभिन्न बाली।
63789 बे पू.स. प्रायः नामवाचक शब्दका अगाडि लागेर अभाव;निषेध; विपरीत आदि अर्थ जनाउने एक उपसर्ग। (जस्तै- बेइलमी; बेकदर; बेकाइदा इ.)।
63790 बेअदप / अदब वि. अदप वा अदब नभएको; मान्यजनको मनभाउ नराख्ने; बेसोमती।
63791 बेअदबी ना. काइदा - कदर नजान्ने स्थिति अविनय; अशिष्टता।
63792 बेइज्जत ना. आवश्यकता वा योग्यताअनुसारको इज्जत नहुने अवस्था; अनादर; अपमान।
63793 बेइज्जती वि. इज्जत नभएको; लाजसरम केही नभएको।
63794 बेइन्तजाम ना. राम्रो प्रबन्ध नहुने काम; नराम्रो बन्दोबस्त।
63795 बेइन्साफ ना. इन्साफ नहुने स्थिति अन्याय।
63796 बेइन्साफी वि. इन्साफ नगर्ने; अन्यायी।
63797 बेइमान वि. इमान वा सच्चा व्यवहार नभएको; अविश्वासी।
63798 बेइमानी ना. छलकपटको व्यवहार; इमान वा धर्मको विचार नहुने स्थिति।
63799 बेइलम ना. इलम; उद्योग; सिप; रोजगार केही नभएर बरालिनेस्थिति।
63800 बेइलमी वि. इलमउद्योग; पढाइलेखाइ केही नभएको; अनुद्योगी।