Dictionary

All Word

63801 बेउजुर वि. उजुर नलाग्ने; विनाउजुको।
63802 बेकदर ना. कदर वा प्रतिष्ठा नहुने काम; अपमान; हेलाँ।
63803 बेकम्मा वि. काम नलाग्ने; निकम्मा; रद्दी।
63804 बेकसुर वि. कसुर वा बिराम नभएको निर्दोष; निरपराध।
63805 बेकाइदा ना. नियमविरुद्ध कामकुरो; बेकायदा।
63806 बेकlबू वि. कसैका काबु वा नियन्त्रणमा नआउने; मा नबस्ने।
63807 बेकामी वि. काम नलाग्ने; बेकारको; बेकम्मा।
63808 बेकायदा ना. हे. बेकाइदा।
63809 बेकार वि. १. कुनै काममा नलागेको; रोजगार नभएको; बेली। ना.
63810 बेकार वि. २. काम नहुने स्थिति बेकाम। क्रि.वि.
63811 बेकार वि. ३. बिनाकाम; बिनसित्ति।
63812 बेकारी ना. बेकार हुने वा कुनै काम नपाउने स्थिति; बेइलम।
63813 बेकुफ वि. बुद्धि; विचार; सोमत; काइदा केही नभएको; होल्याङ; बुद्ध।
63814 बेकुफी ना. बेकुफ हुने काम; असभ्य चाल बुद्धपना।
63815 बेकुफी दण्ड ना. केही सोचविचार नगरी कुनै काम गरेबापत लाग्ने दण्ड हुस्सुदण्ड।
63816 बेक्तिनु अ.क्रि. व्यक्त हुनु; प्रकट हुनु।
63817 बेक्त्यlइ ना. बेक्तिने क्रियाप्रक्रिया।
63818 बेक्त्याइनु क.क्रि व्यक्त गरिनु।
63819 बेक्त्याउनु स.क्रि व्यक्त गर्नु।
63820 बेख ना. पहिलेपहिले रिझाएबापत कसैलाई सरकारबाट दिइएको माफी जग्गा; माफी बिर्ता।
63821 बेखबर वि. १. अत्तोपत्तो नभएको; बेपत्ता।
63822 बेखबर वि. २. होस वा सुर नभएको; अचेत।
63823 बेखबिर्ता ना. मालपोत तिर्नुनपर्ने बिर्ता; माफी बिर्ता; बेख र बिर्ताको समूह।
63824 बेखर्ची ना. खर्च नभएको; बेखर्ची।
63825 बेखुस ना. खुसी नभएको; रिसाएको; अप्रसन्न; असन्तुष्ट।
63826 बेखुसी वि. खुसी नभएको; बिनाखुसीको।
63827 बेगर ना. यो. १. बाहेक; सिवाय विना। वि.
63828 बेगर ना. यो. २. अतिरिक्त; भिन्न; बेग्लै।
63829 बेगल वि. कुनै वस्तुदेखि भिन्न; अर्को पृथक्। (उदा.- अचेल तपाईं भाइसँगै बस्नुभएको छ कि बेगल ? )।
63830 बेलाबेगलै क्रि.वि. बेग्लाबेग्लै।
63831 बेगार ना. १. ज्याला नदिई वा नाउँ मात्रको ज्याला दिएर लगाइने काम।
63832 बेगार ना. २. मन नलगाईकन गरिने काम।
63833 बेगारी ना. बेगारमा गरिने काम; ज्यालाबिनाको खेतालो वा ज्यामी।
63834 बेगन्ती/बेगिन्ति वि. १. गनिनसकिने; अनगन्ती; असङ्ख्य।
63835 बेगन्ती/बेगिन्ति वि. २. असाध्य; चौपट्ट।
63836 बेग्लाबेग्लै क्रि.वि. सँगै नरहने गरी अलग्गै छुट्टै भिन्नै।
63837 बेग्लो वि. १. अरूसँग नरहेको वा नजोरिएको; बेगल; भिन्न छुट्टो।
63838 बेग्लो वि. २. कामको सुर नपाउने; अलमलिएको।
63839 बेग्ल्याइ ना. १. बेग्लिने क्रिया वा प्रक्रिया। [ बेग्ल्याउ + आइ]
63840 बेग्ल्याइ ना. २. बेग्ल्याउने क्रिया वा प्रक्रिया।
63841 बेग्ल्याइनु क.क्रि अलग पारिनु छुट्ट्याइनु।
63842 बेग्ल्याउनु प्रे.क्रि. बेग्लो पार्नु; छुट्ट्याउनु।
63843 बेच्नु स.क्रि मोल लिएर माल दिनु; बिक्री गर्नु; लिनुपर्ने द्रव्य वा वस्तु लिएर कुनै चिज आफ्नो हकबाट अलग गर्नु।
63844 बेचबिखन ना. बेच्ने आदि काम बिक्री।
63845 बेचाइ ना. बेच्ने क्रिया वा प्रक्रिया।
63846 बेचाइनु क.क्रि बेच्न लाइनु।
63847 बेचाउनु प्रे.क्रि. बेच्न लाउनु; बिक्री गराउनु।
63848 बेचाबेच ना. परस्परमा बेच्ने काम; मेलसँगको बेचाइ।
63849 बेचाहा वि. बेच्ने स्वभावको बिक्री गर्ने; बेच्ने।
63850 बेचिनु क.क्रि बेच्ने काम गरिनु।