Dictionary

All Word

63651 बुत्याउनु स.क्रि. २. मन परेका र नातागोता; कुलकुटुम्बलाई दिने वा तिनीहरूले पाउने गराउनु।
63652 बुत्यौनी वि. गाभिनी; गर्भिणी।
63653 बुथ ना. चुनावमा मतपत्र खसाल्न नियत गरिएको ठाउँ; निर्वाचनक्षेत्र। बुथ क्याप्चर एकपक्षले निर्वाचन क्षेत्र कब्जा गरी आफ्नो पक्षमा मत खसाउने काम।
63654 बुये ना. १. बोधो अनुहारको मान्छेलाई होच्याएर शब्द वि.
63655 बुये ना. २. बेढङ्गी।
63656 बुदी ना. ससाना भाइबहिनी।
63657 बुदुना ना. १. टाउको ठुलो हुने एक जातको माछो; बुधुना।
63658 बुदुना ना. २. मसिना केटाकेटी।
63659 बुदुने वि. १. बाक्ला जिउको (केटाकेटी )।
63660 बुदुने वि. २. अलिकति घुमेको र गहकिलो धार भएको (खुकुरी)।
63661 बुदौरी ना. घोप्टा सिङ भएको; सानो र कालो गाई।
63662 बुद्ध ना. घोप्टा सिङ भएको; सानो र कालो गाई।
63663 बुद्ध वि. १. जान्ने-बुझ्ने; बुद्धिमान्; विद्वान्।
63664 बुद्ध वि. २. बिउँझेको; जाग्रत्। ना.
63665 बुद्ध वि. ३. नेपाल तराईको लुम्बिनीमा मायादेवीको गर्भबाट जन्मेका शाक्यवंशज; बौद्ध धर्मका प्रवर्तक गौतम बुद्ध।
63666 बुद्ध वि. ४. विष्णुका दश अवतारमध्ये एक।
63667 बुद्धत्व ना. बुद्ध बन्ने काम; बुद्धपद।
63668 बुद्धधर्म ना. बुद्धले चलाएको धर्म; बौद्ध धर्म।
63669 बुद्धपुराण बुद्धको माहात्म्य वर्णन भएको एक पुराण
63670 बुद्धप्रेस ना. काठमाडौँका दुरुकाजी भन्ने कुवेररत्न वज्राचार्यले १९४८ सालमा बनाएको फलामको हाते प्रेस।
63671 बुद्धागम ना. बुद्धले चलाएका धर्मको सिद्धान्त र यम-नियम भएको शास्त्र।
63672 बुद्धि ना. १. बुझ; सोचविचार गर्ने तथा निर्णय गर्न सक्ने मानसिक शक्ति; ज्ञान; प्रज्ञा; मति।
63673 बुद्धि ना. २. समझ; अक्किल।
63674 बुद्धिकौशल ना. बुद्धिको चलाखी वा सिप; चतुइँ।
63675 बुद्धिगम्य वि. बुझ्न सकिने; बुद्धिले भ्याउने; बोधगम्य।
63676 बुद्धिचाल ना. विभिन्न चालमा चालिने; दुई बेग्लै रङका आठ-आठ मोहरा र आठ-आठवटै प्यादा लिएर आठ-आठ कोठाका आठ लहर हुने चौसट्ठीकोठे थर्कीमा युद्धसञ्चालनको अनुकरण गरे झैँ गरी खेलिने एक खेल सतरन्ज।
63677 बुद्धिजीवी वि. बौद्धिक काम गरेर जीविका चलाउने।
63678 बुद्धितत्त्व ना. बुद्धिको प्रमुखता रहेको स्थिति; कारण वा सार।
63679 बुद्धिपरीक्षा ना. खास व्यक्तिको बुद्धि वा बौद्धिक स्तर ठम्याउन तथा नका निम्ति लिइने परीक्षा।
63680 बुद्धिर्गत ना. बुद्धि र बल।
63681 बुद्धिबल ना. १. बौद्धिक शक्ति; बुद्धिको बल।
63682 बुद्धिबल ना. २. बुद्धिचाल।
63683 बुद्धिमत्ता ना. बुद्धिमान् कहलाउन चाहिने मुख्य गुण।
63684 बुद्धिमन्त वि. बुद्धिमान्।
63685 बुद्धिमान् वि. असल बुद्धि भएको; समझदार।
63686 बुद्धिवाद ना. मनुष्यको ज्ञानको स्रोत एक मात्र बुद्धि मान्ने; ज्ञानमीमांसाको एक सिद्धान्त।
63687 बुद्धिविनोद बुद्धि बहलाउने काम।
63688 बुद्धिसङ्गत वि. चित्तबुझ्दो; तर्कसम्मत।
63689 बुद्ध वि. १. बुद्धि कम भएको केही नजान्ने बोधो।
63690 बुद्ध वि. २. साह्रै सोझो; पुङमाडे।
63691 बुद्ध वि. हे. बुद्ध।
63692 बुद्रुक्क क्रि.वि. उफ्रने वा हाम फाल्ने गरी।
63693 बुदबुद ना. १. पानीको फोको।
63694 बुदबुद ना. २. पाँच रातको गर्भ।
63695 बुध वि. १. बुद्धि भएको; ज्ञानी; विद्वान् पण्डित। ना.
63696 बुध वि. २. नौ ग्रहमध्ये सातौं र सूर्यको सबभन्दा नजिकै रहने ग्रह।
63697 बुध वि. ३. चन्द्रमाका छोराको नाम।
63698 बुधवार ना. १. साताको चौथो दिन; मङ्गलवार र बृहस्पतिवारका बिचको वार।
63699 बुधवार ना. २. माहुरीहरूले घार सार्ने भनिएको एउटा वार। (उदा.- बस बस माहुरी; बुधवार जाउली। नदिने बराजु बुधवार बार्छन्। लोकोक्ति)।
63700 बुधवासर ना. बुधवार।