Dictionary

All Word

6551 आकाशसेवा पट्ट ना. हवाई सेवामा काम गर्ने कर्मचारीलाई प्रदान गर्ने उद्देश्यले २०२३ सालमा स्थापित एक पदक।
6552 आकाशोक्ति ना. रङ्गमञ्चका कुनै पात्रले आकाशतिर हेरेर टेलिफोनमा जस्तै यसो भनेको हो र यसो भनेको होइन भन्दै एक्लै गर्ने कुरो वा मनोवाद |
6553 आकीर्ण वि. चारैतिर छरिएको; फिँजिएको; व्याप्त भएको।
6554 आक्कलझुक्कल क्रि.वि. हे. आकलझुकल।
6555 आकुञ्चन ना. छरिएको वस्तुलाई एकत्रित तुल्याउने काम; समेट्ने काम; खुम्च्याउने काम।
6556 आकुञ्चित वि. १. समेटिएको; बटुलिएको।
6557 आकुञ्चित वि. २. खुम्चिएको; दोब्रिएको।
6558 आकुल वि. १. हडबडाएको; आत्तिएको।
6559 आकुल वि. २. दिग्दार; विह्वल।
6560 आकुल वि. ३. क्षुब्ध उद्विग्न।
6561 आकुलता ना. आकुल हुनाको भाव वा अवस्था; व्याकुलता; बेचैनी; उद्विग्नता।
6562 आकुलव्याकुल वि. अत्यासमा परेको; हडबडाएको; आत्तिएको; उद्विग्न।
6563 आकुलित वि. घबडाएको; आत्तिएको; आतसमा परेको।
6564 आकृति ना. १. कुनै वस्तु वा व्यक्तिको स्वरूप; आकार; अनुहार।
6565 आकृति ना. २. बाकी बनावट।
6566 आकृति ना. ३. मुख; चेहरा।
6567 आकृति चित्र ना. १. आकृति; अनुहार वा मुखको चित्रण गरिएको कलाकृति; मुहारचित्र।
6568 आकृति चित्र ना. २. कुनै योजनाका कार्यविधिलाई चित्रका रूपमा प्रस्तुत गरिएको ढाँचा वा रूप।
6569 आकृतिमूलक वर्गीकरण ना. आकृति वा रूपतत्त्वका आधारमा गरिने वर्गीकरण; भाषाहरूको त्यस्तो वर्गीकरण; पदनिर्माण तथा वाक्यनिर्माण गर्ने किसिमका योगात्मक र अयोगात्मक आदि स्वरूपका आधारमा विश्वका भाषालाई विभिन्न फाँटमा छुट्ट्याउने काम।
6570 आकृष्ट वि. १. प्रभावित भएको; आकर्षित।
6571 आकृष्ट वि. २. घिच्च्याइएको; तानिएको।
6572 आक्रन्दन ना. १. रोदन; रुवाइ; विलाप।
6573 आक्रन्दन ना. २. कराइ चिच्च्याहट |
6574 आक्रन्दित वि. १. रोएको; विलाप गरिएको; बिलौना गरिएको।
6575 आक्रन्दित वि. २. चिच्च्याइएको; कराइएको।
6576 आक्रमण ना. बलपूर्वक सीमा उल्लङ्घन गरेर अर्काको राज्य वा भूभागमा गरिने चढाइ; धावा; हमला।
6577 आक्रमणकारी वि. आक्रमण गर्ने; हमला गर्ने।
6578 आक्रमित वि. आक्रमण गरिएको; हमला गरिएको; धावा बोलिएको।
6579 आक्रान्त वि. १. हमला गरिएको; चढाइ गरिएको।
6580 आक्रान्त वि. २. घेराभित्र पारिएको; घेराउ गरिएको; घेरिएको।
6581 आक्रान्त वि. ३. हराइएको; पराजित |
6582 आक्रामक वि. हमला गर्ने; चढाइ गर्ने; आक्रमण गर्ने।
6583 आक्रोश ना. १. क्रोधपूर्वक कठोर वा कर्कश स्वरमा गरिने भर्त्सना।
6584 आक्रोश ना. २. गाली वा निन्दा गर्दै गरिने सराप।
6585 आक्रोश ना. ३. चिच्च्याहट |
6586 आक्रोश ना. ४. रिस; जङ।
6587 आक्षेप ना. १. कसैको कार्य, कथन वा आचरणसम्बन्धी दोषका निम्ति भनिने कटु वा कठोर वचन; व्यङ्ग्यपूर्वकको दोषारोपण; कलङ्क; बात।
6588 आक्षेप ना. २. निन्दा; तिरस्कार 3 फ्याँक्ने वा हुत्त्याउने काम।
6589 आक्षेप ना. ४. भन्ने कुरामा निषेधजस्तो र अनिष्ट विषयमा विधिजस्तो बुझिएमा हुने एक अलङ्कार।
6590 आक्षेपक वि. १. आक्षेप लगाउने; दोषारोपण गर्ने।
6591 आक्षेपक वि. २. फ्याँक्ने; हुत्त्याउने।
6592 आक्षेपक वि. ३. सिकारी।
6593 आक्षेपक वि. ४. एक प्रकारको बाथको रोग।
6594 आक्षेपण ना. १. दोष वा कलङ्क लगाउने काम।
6595 आक्षेपण ना. २. फ्याँक्ने वा हुत्याउने क्रिया।
6596 आखत ना. १. अछेता। २ इष्टलग्नको कुण्डलीमा अछेता राखेर वा खसालेर हेरिने शुभाशुभ फल जोखना।
6597 आखर ना. हे. अक्षर।
6598 आखिर वि. १. सबैभन्दा पछिको अन्तिम। क्रि.वि.
6599 आखिर वि. २. अन्त्यमा ; निचोरमा। ना ३ खाँचो; हर्जा; गर्ज।
6600 आखिरकार क्रि.वि. आखिरमा अन्तमा; अन्ततोगत्वा।