Dictionary

All Word

6601 आखिरी वि. १. पछिल्लो; पछाडिको अन्तिमको आखिरको।
6602 आखिरी वि. २. आखिर वा अन्त्यमा भएको (कुरो; निर्णय; तोक इ. ) | ना.
6603 आखिरी वि. ३. अन्त्य।
6604 आखेट ना. सिकार खेलिने जीवजन्तु; सिकार; अहिरो।
6605 आखेटक वि. १. सिकार खेल्ने; अहिरो गर्ने। ना.
6606 आखेटक वि. २. सिकार खेल्ने व्यक्ति सिकारी।
6607 आखेटिक वि. सिकार खेल्न सिपालु सिकारी (पशु वा व्यक्ति )।
6608 आख्ता ना. खसी पारिएको घोडा; सुमरेको घोडा।
6609 आख्ते वि. खसी पारिएको (पशु वा घोडा ) |
6610 आख्यात वि. १. भनिएको; कथिएको; कहिएको।
6611 आख्यात वि. २. सबैले थाहा पाएको प्रसिद्ध; ख्यातिप्राप्त। ना
6612 आख्यात वि. ३. समापिका क्रिया बुझाउन धातुमा लगाइने प्रत्यय; तिप्रत्यय |
6613 आख्यात प्रत्यय ना. समापिका क्रिया बुझाउन धातुमा जोडिने प्रत्यय (गर् + यो = गयो; भन् + ला = भन्ला इ.)।
6614 आख्यान ना. १. कहिने वा भनिने कुरो वा भाव; बयान; वर्णन; वृत्तान्त।
6615 आख्यान ना. २. कहानी; कथा उपन्यास।
6616 आख्यान ना. ३. उपन्यासका विभिन्न भेदमध्ये पात्रद्वारा केही नभनाई स्वयम् उपन्यासकारले सबै कुरा भन्ने एक भेद।
6617 आख्यानक ना. छोटो किस्सा; लघुकथा; छोटो कथा।
6618 आख्यानात्मक वि. कथा वा कथानकको शृङ्खला भएको; किस्साले युक्त।
6619 आख्यायक वि. १. केही कुरा भन्ने वा बताउने।
6620 आख्यायक वि. २. समाचार दिने; सूचनावाहक |
6621 आख्यायिका ना. १. सिलसिला मिलेको सानो कहानी वा कथा |
6622 आख्यायिका ना. २. पात्रहरूद्वारा आफ्नो चरित्र केही मात्रामा आफैँंले वर्णन गरिने आख्यान।
6623 आगत वि. १. आएको; आइपुगेको; पुग्नुपर्ने ठाउँमा पुगेको।
6624 आगत वि. २. पाएको; प्राप्त भएको।
6625 आगतपतिका ना. परदेशबाट सकुशल फर्केर आएको पतिसँग भेट हुँदा हर्ष र आनन्दले गद्गद भएकी नायिका।
6626 आगत स्वागत ना. पाहुनाहरूलाई गरिने स्वागत; आगन्तुकको सत्कार।
6627 आगन्तुक वि. १. कतैबाट आइपुगेको; अपर्झट वा अचानक आएको (व्यक्ति)।
6628 आगन्तुक वि. २. एक भाषाबाट अर्को भाषामा आएको (शब्द आदि)। ना.
6629 आगन्तुक वि. ३. अतिथि; पाहुना।
6630 आगन्तुक दर्ता ना. आगन्तुकहरू के-कति कहाँ-कहाँबाट आएका हुन् भनी लिपिबद्ध गर्ने काम।
6631 आगन्तुक पुस्तिका ना. आगन्तुकहरूद्वारा हस्ताक्षर गरिने पुस्तिका।
6632 आगम ना. १. कुनै वस्तु वा व्यक्ति कतैबाट आउने वाठाउँमा पुग्ने काम (अर्थागम; समागम इ.)।
6633 आगम ना. २. कुनै शब्दमा ध्वनि, वर्ण, अर्थ आदि थपिने काम (स्वरागम, व्यञ्जनागम, आदिवर्णागम, अर्थागम आदि। )। ३ भेट; प्राप्ति सङ्गम।
6634 आगम ना. ४. आम्दानी; आय।
6635 आगम ना. ५. जन्म; उत्पत्ति।
6636 आगम ना. ६. मूल; निर्गमस्थान।
6637 आगम ना. ७. आउने समय; भविष्य।
6638 आगम ना. ८. तन्त्रशास्त्र।
6639 आगमन ना. १. आउने वा आइपुग्ने क्रिया वा प्रक्रिया।
6640 आगमन ना. २. बाहिरबाट विभिन्न तत्त्व आएर भाषालाई प्रभावित पार्ने प्रक्रिया |
6641 आगमन विधि ना. खास विषयमा प्रशस्त तथ्य वा उदाहरण उपलब्ध राई तिनको सामान्यीकरणद्वारा खास सिद्धान्त; नियम वा तथ्यमा पुग्ने प्रक्रिया वा विधि; अध्ययन; खोज तथा तर्क गर्ने क्रममा विशिष्टताबाट सामान्यतातिर बढ्दै जाने त्यस्तो पद्धति।
6642 आगमनात्मक वि. १. तथ्यहरूबाट सामान्यीकरण गरी निष्कर्ष निकालिने आगमन वा अनुगमन भनिने तर्कपद्धतिसँग सम्बन्ध राख्ने।
6643 आगमनात्मक वि. २. प्रयोग एवं व्यवहारद्वारा जानिने।
6644 आगमनात्मक वि. ३. भाषामा आगम ध्वनि वा शब्दहरू प्रशस्त रूपमा पाइने।
6645 आगरी ना. हे. आग्री |
6646 आगलागी ना. घर; बस्ती आदिमा अचानकसित आगो लाग्ने वा आगो सल्केर घर; सम्पत्ति सखाप पार्ने काम; अग्निकाण्ड। आगलागी झुपडी; डेढ घडी भद्रा (उखान )।
6647 आगामी वि. पछि आउने; पछि हुने; भविष्यसँग सम्बन्धित; आउँदो।
6648 आगार ना. १. बस्ने घर; वासस्थान।
6649 आगार ना. २. वस्तुहरू राखिने भण्डार; भँडार; ढुकुटी।
6650 आगे क्रि.वि. १. पहिले; अगि; अगाडि (भरपाई आदि लिखतमा प्रयुक्त)।