Dictionary

All Word

6751 आच्छुआच्छु क्रि.वि. १. आपद् पर्दा यसो गरूँ कि उसो गरूँ भएर; धौधौ। ना.
6752 आच्छुआच्छु क्रि.वि. २. मुस्किल; कठिनाइ।
6753 आच्छुआच्छु क्रि.वि. ३. हायलकायल |
6754 आच्छ्युँ ना. छिउँ; हाच्छ्युँ।
6755 आच्छ्यूँ ना. हे. छिउँ।
6756 आछा ना. आशा; आश्रय।
6757 आछापिछा क्रि.वि. १. दृष्टिगोचरमा।
6758 आछापिछा क्रि.वि. २. छेउछाउमा रहँदै। ना.
6759 आछापिछा क्रि.वि. ३. आश्रय; आधार।
6760 आज अव्य. १. यो दिन; वर्तमान दिन; अहिले भइरहेको दिन; अद्य।
6761 आज अव्य. २. वर्तमान समय; हाल |
6762 आजकल / काल क्रि.वि. अचेलभरि; हिजोआज; वर्तमान समयमा।
6763 आजन्म अव्य. १. जन्मिएदेखि आजसम्म।
6764 आजन्म अव्य. २. जीवनभरि; बाँचुन्जेल; आजीवन; भरजन्म |
6765 आजाद वि. स्वतन्त्र; मुक्त।
6766 आजादी ना. स्वतन्त्रता; मुक्ति।
6767 आजानुबाहु वि. घुँडासम्म पुग्ने लामा हात भएको; लामा लामा हात भएको; दीर्घबाहु |
6768 आजित वि. हैरान; दिक्क भएको।
6769 आजीवन क्रि.वि. जिन्दगीभर नै; बाँचुन्जेल; जीवनपर्यन्त; आमरण ।
6770 आजीवन बिमा ना. आफ्नो ज्यान तलमाथि भएपछि निर्धारित रकम प्राप्त हुने किसिमले गरिएको जीवन बिमा ।
6771 आजीविका ना. जीवन निर्वाह गर्नका लागि गरिने काम; रोजगार; पेसा ।
6772 आजीविका कर ना. जीवन निर्वाहका लागि प्राप्त हुने धन वा व्यवसायमा लगाइने कर ।
6773 आजु ना. केटाकेटीका तेलकासा, लुकामारी आदि खेलमा डुम हुनेले लघार्दा बच्नका निम्ति छोइने निश्चित स्थान वा वस्तु ।
6774 आज्ञप्त वि. आज्ञा दिइएको; अह्राइएको ।
6775 आज्ञप्ति ना. १. नियमकानुनका आधारमा दिइने आधिकारिक आज्ञा वा निर्णय ।
6776 आज्ञप्ति ना. २. सर्वोच्च अदालत वा न्यायाधीशको लिखित निर्णय |
6777 आज्ञप्ति ना. ३. आज्ञा; आदेश ।
6778 आज्ञा ना. १. आफ्ना अधीनमा रहेका वा आफूभन्दा साना कुनै व्यक्ति, कर्मचारी आदिलाई मौखिक वा लिखित रूपमा दिइने निर्देश; अह्रोट; आदेश।
6779 आज्ञा ना. २. कुनै कामकुरो गर्नका लागि पाइने अनुमति ।
6780 आज्ञाकारी वि. भनेको मान्ने; आज्ञापालन गर्ने; आज्ञापालक ।
6781 आज्ञाचक्र ना. योगशास्त्रका अनुसार शरीरमा रहेका षट्चक्रमध्ये मध्यमा हुने द्विदलीय एक चक्र ।
6782 आज्ञापक वि. आज्ञा दिने; अह्राउने ।
6783 आज्ञापत्र ना. कसैलाई केही काम गर्नका निम्ति अहाइएको पत्र; कुनै आज्ञा लेखेर दिइएको पत्र; आदेशपत्र |
6784 आज्ञापन ना. १. सूचना वा जनाउ दिने काम ।
6785 आज्ञापन ना. २. अह्राउने वा आज्ञा दिने काम ।
6786 आज्ञापालक वि. भनेको मान्ने; आज्ञापालन गर्ने; आज्ञाकारी ।
6787 आज्ञापालन ना. भनेको वा अह्राएको मान्ने काम; आदेशपालन ।
6788 आज्ञापित वि. १. सूचित गरिएको जनाउ दिइएको ।
6789 आज्ञापित वि. २. आज्ञा वा अनुमति दिइएको; अह्राइएको ।
6790 आज्ञाभङ्ग ना. मान्य जनको आज्ञा नमान्ने वा नटेर्ने काम; आज्ञाविरुद्ध आचरण ।
6791 आज्ञा क्रि.वि. आज्ञानुसार; अह्राएबमोजिम ( चिठीपत्र आदिको अन्तमा ।
6792 आज्य ना. १. घिउ ।
6793 आज्य ना. २. यज्ञमा आहुति दिइने वा होम गरिने घिउ आदि पदार्थ |
6794 आञ्जलिक वि. अँजुलीको; अँजुलीसम्बन्धी |
6795 आट ना. प्रायः घरभित्र कुनै सामान राख्न वा पर्दाका निम्ति उठाइएको केही अग्लो गारो; होचो डिल वा पेटी; आँटी ।
6796 आटा ना. गोरखनाथलाई भोग लगाउन बनाइने खास किसिमको ठुलो रोटी; रोटो ।
6797 आटिलोपाटिलो ना. आँखा चिम्लने व्यक्तिलाई थाप्लामा हिर्काई भाग्दै गरी खेलिने, केटाकेटीको एक खेल |
6798 आठ ना. १. सातपछिको सङ्ख्या; नौभन्दा पहिले आउने अङ्क। वि.
6799 आठ ना. २. छ र दुईका योगसङ्ख्याको; गन्तीका क्रममा सातपछि आउने ।
6800 आठपहरिया ना. राजा - महाराजाका साथमा आठै प्रहर वा दिनरात सँगै रहने अङ्गरक्षक।