Dictionary

All Word

6851 आतिथ्य ना. २. अतिथिको सत्कार; पाहुनाको मानभाउ । वि.
6852 आतिथ्य ना. ३. अतिथिको अनुकूल; मान्नुपर्ने पाहुना सुहाउँदो ।
6853 आती वि. आउँदा लाग्ने; आउँदाखेरिको ।
6854 आतीजाती वि. आउँदा र जाँदा लाग्ने; आउँदा र जाँदाखेरिको; आतेजाते ।
6855 आतुर वि. १. घाउचोट लागेको; अस्वस्थ, बिरामी; रोगी ।
6856 आतुर वि. २. कुनै कार्य वा फलको विकलतापूर्वक प्रतीक्षा गर्ने; अधीर; हडबडाएको ।
6857 आतुर वि. ३. विकल; बेचैन ।
6858 आतुर वि. ४. दुःखी । क्रि.वि.
6859 आतुर वि. ५. चाँडो; छिटो |
6860 आतुरकाल ना. मर्ने बेला; अन्त्यकाल ।
6861 आतुरता ना. आतुर हुनाको भाव वा अवस्था; व्याकुलता।
6862 आतुर सन्न्यास ना. मर्ने बेलामा लिइने सन्न्यास; आखिरी समयमा ग्रहण गरिने चतुर्थाश्रम |
6863 आतुरी ना. १. हडबड; हतपत ।
6864 आतुरी ना. २. अबेर; बियाँलो; विलम्ब ।
6865 आतुरी ना. ३. आच्छुआच्छु ।
6866 आतुस ना. हे. आतस; अत्यास ।
6867 आते वि. आउँदा लाग्ने; आउँदाखेरिको ।
6868 आतेजाते वि. आउँदा र जाँदा लाग्ने; आउँदा र जाँदासँग सम्बन्धित ( खर्च, भाडा आदि) ।
6869 आते पाते ना. विधि नपुगेको हडबडको पूजा; मन नलगाई नलगाई करबलले गरिएको पूजा ।
6870 आत्तिनु अ.क्रि. १. आतसमा पर्नु; अत्यासमा पर्नु; आतिनु; अतासिनु; आतिनु ।
6871 आत्तिनु अ.क्रि. २. कहालिनु; डराउनु ।
6872 आत्तिनु अ.क्रि. ३. तर्सनु; दच्कनु ।
6873 आत्तुरी ना. हे. आतुरी ।
6874 आत्या वि.बो. प्रायः आगाले पोल्दा र काँडा आदिले घोच्दा आत्तिएर बोलिने पीडासूचक शब्द |
6875 आयु वि.बो. आत्या |
6876 आत्म वि. आफ्नो आत्मा वा मनसित सम्बन्धित; आफ्नो ।
6877 आत्मक वि. १. आत्मासित सम्बन्ध राख्ने; आत्मासम्बन्धी ।
6878 आत्मक वि. २. (यौगिक शब्दका अन्तमा ) भरिएको; युक्त; मय; ( हिंसात्मक, दुःखात्मक, व्यङ्ग्यात्मक इ.) ।
6879 आत्मकथा ना. आफ्ना सम्बन्धमा आफैँँले लेखेको वा भनिएको कथा; आफैँँले बनाएको आफ्नै वृत्तान्त; आफ्नै जीवनचरित्र; आत्मचरित्र ।
6880 आत्मगत वि. १. आफूमा भएको वा आत्मासँग सम्बन्धित ।
6881 आत्मगत वि. २. मनको; दिलको; स्वगत । विप. परगत ।
6882 आत्मगौरव ना. आफ्नो बढाइँ; आत्मप्रतिष्ठा; आत्मसम्मान ।
6883 आत्मघात ना. आफूले आफैँलाई मार्ने काम; आत्महत्या।
6884 आत्मघातक/घाती वि. आफूले आफैँलाई मार्ने; आत्महत्या गर्ने ।
6885 आत्मचरित/ चरित्र ना. आफैँले लेखेको वा भनेको आफ्नो जीवनी; जीवनकथा; आत्मकथा |
6886 आत्मज वि. १. आफूबाट पैदा भएको वा जन्मेको । ना.
6887 आत्मज वि. २. छोरो ।
6888 आत्मज वि. ३. कामदेव ।
6889 आत्मज्ञान ना. आत्मा र परमात्मासम्बन्धी ज्ञान; ब्रह्मज्ञान; तत्त्वज्ञान।
6890 आत्मत्याग ना. १. अर्काका भलाइका निम्ति आफ्नो स्वार्थ त्याग्ने काम।
6891 आत्मत्याग ना. २. परोपकारका निम्ति आफ्नो प्राण त्याग गर्ने काम ।
6892 आत्मत्यागी वि. आत्मत्याग गर्ने; आफ्नो मतलब साध्नपट्टि नलाग्ने; स्वार्थ त्याग्ने ।
6893 आत्मनिर्भर वि. आफ्नै खुट्टामा टेक्ने; बाँच्नका लागि अरूको भ पर्नु नपर्ने; स्वावलम्बी ।
6894 आत्मनिर्भरता ना. आफूमै निर्भर हुने वा आफ्नै भरोसामा रहने काम; आफ्नै भर वा खुट्टाको दर्हो टेकाइ |
6895 आत्मनिवेदन ना. १. आफूसमेत आफ्नो सर्वस्व इष्टदेवतालाई चढाउने काम; आत्मसमर्पण ।
6896 आत्मनिवेदन ना. २. आत्मादेखिकै अनुरोध; आत्मपुकार ।
6897 आत्मनिष्ठ वि. आत्मामा निष्ठा राख्ने; आत्मविद्याको खोजीमा लागेको ।
6898 आत्मनिष्ठता ना. आत्मनिष्ठ हुनाको भाव वा अवस्था; व्यक्तिको वैयक्तिक दृष्टिकोण वा आग्रहलाई विशेष महत्त्व दिने गुण ।
6899 आत्मनेपद ना. १. संस्कृत व्याकरणका केही धातुमा लाग्ने दुई प्रकारका आख्यात प्रत्ययमध्ये एक ।
6900 आत्मनेपद ना. २. सो प्रत्यय लाग्दा बन्ने क्रियाको रूप |