Dictionary

All Word

7001 आदरभाउ ना. सत्कार; मानभाउ; इज्जत; प्रतिष्ठा ।
7002 आदरभाव ना. आदरभाउ ।
7003 आदरार्थी वि. १. आदर जनाउन प्रयोग गरिने; आदर बुझाउने (व्याकरणका विभिन्न रूपायक प्रत्यय वा बहुवचन, उदा.- तिमी जाऊ, तपाईं जानुहोस्, हजुर पाल्नुभयो, मौसुफको फिर्ती सवारी भयो इ.) ।
7004 आदरार्थी वि. २. आदर खोज्ने; आदरको अभिलाषा राख्ने ।
7005 आदर्श ना. १. रूप, गुण र विचारको अनुकरण गर्न सुहाउँदो व्यक्ति, पदार्थ वा सिद्धान्त ।
7006 आदर्श ना. २. कुनै वस्तु वा क्रियाको पूर्णता तथा उत्तमताको खास नमुना वा स्तर ३ ऐना ।
7007 आदर्श ना. ४. टीका; व्याख्या । वि.
7008 आदर्श ना. ५. सत्र न्यायी स्वभाव भएको (व्यक्ति) ।
7009 आदर्श जनसङ्ख्या ना. रूप, गुण, शील, स्वभाव आदि मानवमुखी भएका जनताहरूको सङ्ख्या; रोग, शोक र भोकले नसताइएका जनताहरूको समूह।
7010 आदर्शवाद ना. मानिसले सधैँ आदर्श वा असल कुरालाई लक्ष्य गरेर त्यसको सिद्धि वा प्राप्तिका निम्ति काम गरेमा संसार अवश्य नै सुन्दर र सुखद हुनेछ भन्ने सिद्धान्त; त्यस्तो गुणसम्पन्न रूपमा विभूषित साहित्यिक रचना गर्ने प्रवृत्ति ।
7011 आदर्शवादिता ना. आदर्शवादमा हुने गुण वा त्यसको स्वरूप; आदर्शवादको नीतिनियम ।
7012 आदर्शवादी वि. आदर्शवादलाई मान्ने; आदर्शवादको अनुयायी ।
7013 आदर्शविज्ञान ना. कल्पना आदिबाट विवेचना गरिने विज्ञानको एक शाखा |
7014 आदर्शीकरण ना. कुनै वस्तु वा कार्यलाई आदर्शका रूपमा प्रस्तुत गर्ने क्रिया वा प्रक्रिया |
7015 आदाता वि. लिने वा ग्रहण गर्ने; प्राप्त गर्ने; प्रापक ।
7016 आदान ना. लिने वा प्राप्त गर्ने काम; स्वीकार ।
7017 आदानप्रदान ना. लिनेदिने काम; लेनदेन ।
7018 आदि ना. १. थालनी; सुरु; प्रारम्भ; आरम्भ ।
7019 आदि ना. २. यस्तै किसिमले अरू वा बाँकी पनि सबै, इत्यादि । वि.
7020 आदि ना. ३. पहिलो; प्रथम ।
7021 आदि ना. ४. सुरुको; प्रारम्भिक ।
7022 आदि ना. ५. मुख्य; प्रधान ।
7023 आदिकवि ना. प्रथम महत्त्वपूर्ण वा प्रभावशाली कवि; परम्परा खडा गर्ने प्रारम्भका कवि (संस्कृतका वाल्मीकि, नेपालीका भानुभक्त, अङ्ग्रेजीका चौसर इ.) ।
7024 आदिकारण ना. १. सृष्टिको मूलकारण वा हेतु ।
7025 आदिकारण ना. २. ईश्वर वा प्रकृति ।
7026 आदित्य ना. १. सूर्य; रवि ।
7027 आदित्य ना. २. कश्यपका अदितिपट्टिका सन्तान; देवता ।
7028 आदित्यवार ना. आइतबार; रविवार ।
7029 आदिनाथ ना. १. शिव; महादेव ।
7030 आदिनाथ ना. २. काठमाडौँदेखि दक्षिणतिर चोभार नामक स्थानमा रहेको बुद्धमूर्ति; आदिबुद्ध । ( यिनी मत्स्येन्द्रनाथका गुरु मानिन्छन्) ।
7031 आदिनूतनाश्म युग ना. चार करोड पचास लाख वर्ष पहिले प्रारम्भ भएको युग ।
7032 आदिपुरुष ना. १. सृष्टिका पहिला पुरुष; मनु ।
7033 आदिपुरुष ना. २. कुल, गोत्र वंशको पहिलो व्यक्ति; कुलपुरुष ।
7034 आदिपुरुष ना. ३. पुर्खा ।
7035 आदिपुरुष ना. ४. विष्णु ।
7036 आदिपुरुष ना. ५. परमेश्वर ।
7037 आदिभूत वि. सुरुमा पैदा भएको; प्रारम्भमा उत्पन्न भएको ।
7038 आदिभूमि ना. १. कुनै जाति, व्यक्ति वा वस्तु जन्मेको मुख्य ठाउँ; उद्भव भूमि ।
7039 आदिभूमि ना. २. सुरुको ठाउँ ।
7040 आदिम वि. १. पहिलो; प्रथम; आदिकालीन; प्राक्कालीन ।
7041 आदिम वि. २. प्राचीन; पुरानो ।
7042 आदिम जाति ना. कुनै देशमा सबैभन्दा पहिले बसोबास गर्ने मानव- जाति ।
7043 आदिमता ना. आदिम हुनाको भाव, अवस्था वा स्थिति ।
7044 आदिमतापरक वि. पुराकथा, दन्त्यकथा र साहित्यलाई निकटतम ठान्ने र साहित्यको अध्ययनमा आदिम संस्कृतिमा अन्तर्निहित आद्यस्वरूपको महत्त्व देखाउने (समालोचना आदि) ।
7045 आदिवासी ना. कुनै भूभाग, देश वा स्थानमा पहिलेदेखि नै बसोबास गरिआएको जाति; आदिम निवासी; आदिम जाति ।
7046 आदिशक्ति ना. १. महामाया; दुर्गादेवी ।
7047 आदिशक्ति ना. २. शक्तिसिद्धान्तका अनुसार सृष्टिको आदितत्त्व मानिएकी देवी ।
7048 आदिष्ट वि. आदेश दिइएको; आज्ञा प्राप्त गरेको; अह्राइएको ।
7049 आदिस्वरलोप ना. शब्दका अगिल्तिरको स्वर लोप हुने क्रिया (जस्तै- अभ्यन्तर > भित्र, अघैया > घैया (धान) इ.) ।
7050 आदिस्वरागम ना. कुनै शब्दका अगाडि स्वर थपिने क्रिया ( स्कुल > इस्कुल, स्नान > इस्नान इ.) ।