Dictionary

All Word

7051 आदी वि. कुनै काम वा कुरा गर्ने आदत बसेको; बानी परेको; अभ्यस्त ।
7052 आदेना ना. जौको जस्तो बोट हुने एक प्रकारको अन्न; जई |
7053 आदेय वि. लिन हुने; ग्रहण गर्न योग्य; ग्राह्य |
7054 आदेश ना. १. कुनै काम, कारबाईका बारेमा मन्त्री वा उच्च अधिकारीबाट दिइने निकासापुकासा वा निर्णयसम्बन्धी आज्ञा ।
7055 आदेश ना. २. आज्ञा; अह्रोट। ३ सन्देश; खबर ।
7056 आदेश ना. ४. उपदेश; अर्ती ।
7057 आदेश ना. ५. गोरखमतानुयायी साधुहरूले नमस्कार गर्दा उच्चारण गर्ने शब्द ।
7058 आदेश ना. ६. संस्कृत व्याकरणका अनुसार एक वर्णका स्थानमा अर्को वर्ण वा ध्वनि आउने क्रिया; अक्षर परिवर्तन ।
7059 आदेश उपदेश ना. आदेश र उपदेश; अह्रोट र अर्ती ।
7060 आदेशक वि. आदेश दिने; आज्ञा दिने; अह्राउने ।
7061 आदेशानुसार क्रि.वि. आदेशअनुसार; आज्ञा भएबमोजिम; अहाएमुताबिक |
7062 आद्य वि. १. पहिले भएको; पहिलेको; पहिलो; प्रारम्भिक ।
7063 आद्य वि. २. मुख्य; प्रमुख; प्रधान ।
7064 आद्यन्त क्रि.वि. आदिदेखि अन्तसम्म; आरम्भदेखि समाप्तिसम्म; थालनीदेखि टुङ्ग्याउनीसम्म |
7065 आद्या ना. १. आदिशक्ति । २ दशमहाविद्याहरूमा पहिलो महाविद्या ।
7066 आद्या ना. ३. प्रतिपदा तिथि ।
7067 आद्याक्षर ना. १. पहिलो अक्षर ।
7068 आद्याक्षर ना. २. कुनै शब्द वा नामको सङ्क्षेप जनाउनलाई लेखिने शब्द वा नामको पहिलो अक्षर (जस्तै- नेपाल प्रज्ञा-प्रतिष्ठान = ने प्र. प्र., कृपया उता पल्टाउनुहोस् ‍‍‍‍‍‍= कृ. उ. प., इत्यादि = इ.)।
7069 आद्याशक्ति ना. हे. आदिशक्ति ।
7070 आद्योपान्त क्रि.वि. १. आदिदेखि उपान्तसम्म; सुरुदेखि आखिरीसम्म; थालनीदेखि टुङ्ग्याउनीसम्म | वि.
7071 आद्योपान्त क्रि.वि. २. सबै भएभरको; सम्पूर्ण ।
7072 आधा वि. कुनै वस्तुको बराबर दुई भागमध्ये एक; अर्ध ।
7073 आधाआधी वि. अन्दाजी वा ठिक आधा; झन्डै झन्डै वा पूरापूर आधा ।
7074 आधान ना. १. राख्ने काम; स्थापना ।
7075 आधान ना. २. लिने काम; प्राप्त हुने अवस्था । ३ फिर्ता गर्ने काम ।
7076 आधाबोटी ना. धार्नी प्रणालीका तौलमा धार्नीको सोह्रौँ भाग ।
7077 आधामा वि. आधा मानु अट्ने; पाँचमुठे (भाँडो) ।
7078 आधार ना. १. कुनै वस्तु अड्ने वा रहने ठाउँ; आश्रय; अडान; टेको । ।
7079 आधार ना. २. सहारा; आलम्बन ।
7080 आधारतत्त्व ना. शब्दको संरचनामा एउटा अवयवका रूपमा रहने अर्थको प्रधानता भएको रूपिम; पूर्वसर्ग वा परसर्ग गाँसिने मूलशब्द।
7081 आधारपद ना. मूल शब्दका पछाडि लाग्ने प्रत्यय वा पद ।
7082 आधारभूत वि. १. आधार भएको; आश्रयस्वरूप ।
7083 आधारभूत वि. २. जग बनेको; पृष्ठभूमि तयार भएको ।
7084 आधार शिक्षा ना. गान्धीवादी दृष्टिकोण अनुरूपको शिक्षा; समा सदस्यका रूपमा व्यक्तिलाई आफ्ना सामान्य आवश्यकतापूर्तिका निम्ति आधारभूत खालका सिपहरु सिकाउने शिक्षा |
7085 आधारशिला ना. १. गाह्रो अड्याउन राखिएको सबभन्दा तलको ढुङ्गो ।
7086 आधारशिला ना. २. कुनै पनि कार्यको मुख्य आधार; पहिलो पृष्ठभूमि।
7087 आधारित वि. आधारमा रहेको; कुनै कुरालाई आधार बनाई तयार पारिएको ।
7088 आधार्य वि. कुनै वस्तु आदिको आधार बनेको; कुनै वस्तु आदि आधारित हुने ।
7089 आधि ना. १. मानसिक पीडा; मनको भुटो; चिन्ता |
7090 आधि ना. २. बन्धक; धरोट ।
7091 आधिकरणिक ना. १. हाकिम वा प्रमुख अधिकारी ।
7092 आधिकरणिक ना. २. न्यायाधीश । वि.
7093 आधिकरणिक ना. ३. अधिकरण वा न्यायालयसँग सम्बन्धित ।
7094 आधिकारिक वि. १. कुनै प्रकारको अख्तियार पाएको; अधिकारयुक्त; साधिकार । ना.
7095 आधिकारिक वि. २. अधिकारप्राप्त व्यक्ति; अधिकारी ।
7096 आधिकारिकी ना. १. कुनै विशेष अधिकार पाएका र त्यस्तो अधिकारको प्रयोग गर्ने व्यक्तिहरूको समूह; अधिकारीहरूको समुदाय ।
7097 आधिकारिकी ना. २. न्यायाधीशहरूको समूह ।
7098 आधिकारिक कथावस्तु ना. मुख्य फल पाउने नायकसँग सम्बन्ध राख्ने, आदिदेखि अन्तसम्म पुगेको मूल कथानक ।
7099 आधिक्य ना. १. अधिक हुनाको भाव वा अवस्था; अधिकता ।
7100 आधिक्य ना. २. सबैभन्दा असल हुनाको भाव; सर्वोत्कृष्टता ।