Dictionary

All Word

6951 आत्मानुभव ना. २. आत्माको अस्तित्वको अनुभव ।
6952 आत्मानुभूति ना. १. आत्माको स्वरूप आदिका सम्बन्धमा अनुभव वा ज्ञान; आत्मज्ञान; आत्मबोध ।
6953 आत्मानुभूति ना. २. आफैँँआफ हुने अनुभूति ।
6954 आत्माभिमान ना. आफ्नो सम्मान र प्रतिष्ठाको विचार; आफ्नो मान अपमानको ज्ञान; स्वाभिमान; आत्मगौरव ।
6955 आत्माभिमानी वि. आफ्नो इज्जत र प्रतिष्ठा राख्ने; स्वाभिमानी ।
6956 आत्माभिमुख वि. आत्मातर्फ उन्मुख; अन्तर्मुख।
6957 आत्माराम ना. आफ्नै आत्मामा लीन हुने वा आत्मज्ञानले तृप्त योगी; आत्मज्ञानी; आत्मज्ञानद्वारा आनन्दमग्न भएको व्यक्ति ।
6958 आत्मालोचना ना. १. आफैँँले आफूमा भएका गुणदोषहरूको बारेमा गरिने आलोचना वा मूल्याङ्कन । २ साम्यवादी दलका कार्यकर्ताहरूलाई अनुशासित तुल्याउनका निम्ति आफ्नो भुल आफैँँले प्रकाशमा ल्याउन प्रत्येक बैठकमा गरिने गुणदोषको विवेचना |
6959 आत्मावलम्बी ना. अरू कसैको आश्रयमा नरहेर आफ्नै भरोसामा काम गर्ने व्यक्ति ।
6960 आत्मिक वि. १. आत्मासम्बन्धी; आत्माको ।
6961 आत्मिक वि. २. आफ्नो; आफूसँग सम्बन्धित; निजी।
6962 आत्मिक वि. 3. मनसम्बन्धी; मानसिक ।
6963 आत्मिक वि. ४. ज्यादै नजिकको ।
6964 आत्मिकता ना. १. आत्मिक हुने अवस्था वा भाव |
6965 आत्मीय वि. १. आत्मासम्बन्धी; आत्मासँग मिल्ने ।
6966 आत्मीय वि. २. निजी; आफ्नो ।
6967 आत्मीय वि. ३. आफ्नो पक्षको । ना.
6968 आत्मीय वि. ४. आफ्नो मानिस ।
6969 आत्मीय वि. ५. नातेदार; इष्टमित्र; कुटुम्ब ।
6970 आत्मीय वि. ६. मन मिलेको व्यक्ति ।
6971 आत्मीयता ना. १. आत्मीय हुनाको अवस्था वा भाव; आत्मीयपन; आफ्नोपन ।
6972 आत्मीयता ना. २. हार्दिकता; मैत्रीभाव ।
6973 आत्मोत्सर्ग ना. अर्काको भलाइका निम्ति आफ्ना सुखदुःखहरूको ख्याल नगर्ने काम; परोपकारका निम्ति आफ्नो जीवन सुम्पने क्रिया; आत्मत्याग; आत्मबलिदान ।
6974 आत्मोद्धार ना. १. आफ्नो आत्मालाई सांसारिक बन्धनबाट मुक्त गर्ने क्रिया ।
6975 आत्मोद्धार ना. २. ब्रह्ममा मिल्ने क्रिया; मोक्ष |
6976 आत्मोन्नति ना. १. आत्माको उन्नति ।
6977 आत्मोन्नति ना. २. आफैँँआफ गरिने आफ्नो तरक्की ।
6978 आत्मोन्नति ना. ३. मनोबललाई बढाउने काम ।
6979 आत्मोन्नति बिदा ना. विश्वविद्यालयजस्ता शैक्षिक निकायका शिक्षकहरूले खास सेवाअवधि पूरा गरेपछि आत्मोन्नतिका लागि गरिने अध्ययन, अनुसन्धान कार्यका निम्ति पाउन सक्ने नियमानुसारको एकबर्से वा तोकिएको अवधिको बिदा |
6980 आत्मोपजीवी वि. आफ्नै परिश्रमबाट जीविका चलाउने; स्वावलम्बी ।
6981 आत्रामात्रा ना. जेजति भएको खिच्रीमिच्री; सानोतिनो चिजबिज; खत्र्याकखुत्रुक; जेतेमेते ।
6982 आत्रेय वि. १. अत्रि गोत्र भएको; अत्रि गोत्रमा जन्मिएको । ना.
6983 आत्रेय वि. २. अत्रिका छोरा दत्तात्रेय ।
6984 आत्रेय गोत्र ना. दुवाडी, दुलाल, पौडेल, पानी - पोखरेल आदिको वंश परिचयात्मक नाम |
6985 आत्रेयी ना. १. अत्रि गोत्रमा जन्मिएकी स्त्री ।
6986 आत्रेयी ना. २. वेदान्तविद्यामा निपुण एक प्रसिद्ध विदुषी ।
6987 आत्रेयी ना. ३. ऋतुमती वा रजस्वला स्त्री ।
6988 आदत ना. १. अभ्यास ।
6989 आदत ना. २. स्वभाव; प्रकृति ।
6990 आदत ना. ३. बानी; बेहोरा; आचरण; लत; व्यवसाय ।
6991 आदम ना. १. इसाई, मुसलमान र यहुदीहरूका अनुसार मानवजाति उत्पन्न गर्ने आदिपुरुष; हिन्दूहरूका मनुको समकक्ष सृष्टिका आदिमनुष्य वा व्यक्ति ।
6992 आदम ना. २. आदमका सन्तान वा मनुष्य ।
6993 आदमारा ना. लेक र बेसीका बिचको बस्ती बस्ने भाग; कछाडको बस्ती |
6994 आदमी ना. आदमका वंशज वा सन्तान; मनुष्य; मानव ।
6995 आदर ना. १. कुनै व्यक्तिमा गरिने सम्मान वा सत्कारको भाव।
6996 आदर ना. २. मानभाउ; कदर ।
6997 आदर ना. ३. कुनै व्यक्तिप्रति अनुराग वा स्नेहका दृष्टि गरिने सत्कार ।
6998 आदर ना. ४. प्रतिष्ठा; इज्जत ।
6999 आदरणीय वि. आदर गर्न योग्य; सम्माननीय |
7000 आदरपत्र ना. इमानदारीसाथ राम्रो काम गर्ने कर्मचारी वा समाजसेवीलाई कुनै सङ्घ, संस्था, सरकार आदिबाट दिने प्रशंसापत्र |