Dictionary

All Word

68351 मनोविकृति ना. २. विक्षिप्तता; पागलपन।
68352 मनोविज्ञान ना. मानिसका मनको प्रकृति, उसका विभिन्न अवस्था तथा क्रिया र त्यसमा पर्ने प्रभाव आदिको अध्ययन-विश्लेषण गर्ने विज्ञान वा शास्त्र।
68353 मनोविनोद ना. मनोरञ्जन।
68354 मनोविश्लेषक वि. मनोविश्लेषण गर्ने।
68355 मनोविश्लेषण ना. १. कुनै खास प्रकारका रोग वा विकारलाई मनोवेगको दमन गर्नाले उत्पन्न भएको ठानेर उपचार गरिने आधुनिक मनोविज्ञानको एक शाखा; मन; स्नायुविकृतिको उपचारका लागि फ्रायडद्वारा प्रवर्तित एक मनोवैज्ञानिक उपचारविधि।
68356 मनोविश्लेषण ना. २. मनको विश्लेषण।
68357 मनोविश्लेषणात्मक वि. मनोविश्लेषण नै मूल रूपमा रहेको; मनोविश्लेषणका माध्यममा आएको।
68358 मनोवृत्ति ना. कुनै कामकुरोतर्फ लाग्ने वा त्यसबाट हट्ने मानसिक स्थिति वा झुकाउ; मनको क्रियाशीलता; चितवृत्ति; स्वभाव।
68359 मनोवेग ना. मनमा उत्पन्न हुने तीव्र आवेग।
68360 मनोवैज्ञानिक वि. १. मनोविज्ञासम्बन्धी।
68361 मनोवैज्ञानिक वि. २. मनोविज्ञानशास्त्रका ज्ञाता।
68362 मनोवैज्ञानिकता ना. मनोवैज्ञानिक हुनाको भाव वा अवस्था।
68363 मनोव्यथा ना. मनको भुटो; मानसिक चिन्ता, ताप वा कष्ट।
68364 मनोहर वि. मनलाई लोभ्याउने खालको; अति राम्रो; सुन्दर; आकर्षक।
68365 मनोहरता ना. मनोहर हुनाको भाव।
68366 मनोहरा ना. १. मनहरा; मनमती। वि.
68367 मनोहरा ना. २. मनलाई लोभ्याउने (स्त्री); सुन्दरी।
68368 मनोहारी वि. मनलाई हरण गर्ने; चित्ताकर्षक; राम्रो लाग्ने; मनोहर; सुन्दर।
68369 मनौती ना. १. मनाउन वा चित्त बुझाउनका लागि दिइने वस्तु।
68370 मनौती ना. २. आफ्नो मनोवाञ्छा पूरा भएमा देवदेवीलाई पूजा, बलि आदिले सन्तुष्ट पार्ने प्रतिज्ञा; भाकल।
68371 मन्छनु स.क्रि. १. दोबाटो आदिमा भूतप्रेत आदिलाई बलि दिनु; भूतप्रेत आदिलाई खुसी पार्ने भाग दिनु; मन्सनु; पन्साउनु।
68372 मन्छनु स.क्रि. २. कर परेर कसैलाई कुनै कुरो दिएर पठाउनु।
68373 मन्छाइ ना. मन्छने भाव, क्रिया वा प्रक्रिया।
68374 मन्छाइनु क.क्रि. मन्छन लाइनु।
68375 मन्छाउनु प्रे. क्रि. मन्छन लाउनु; मन्साउनु।
68376 मन्छिनु स.क्रि. १. मन्छनु। क. क्रि.
68377 मन्छिनु स.क्रि. २. मन्छने काम गरिनु।
68378 मन्छ्यौलो ना. १. समाज।
68379 मन्छ्यौलो ना. २. मानवकुल।
68380 मन्छ्यौल्याइँ ना. १. मानवता।
68381 मन्छ्यौल्याइँ ना. २. सामाजिकता।
68382 मन्जन ना. १. दाँत माझ्ने प्रयोजनका निम्ति तयार पारिएको चूर्ण वा लेदो पदार्थ।
68383 मन्जन ना. २. दतिउन, बुरुस आदिले दाँत सफा गर्ने काम; दाँतको सरसफाइ।
68384 मन्जुर वि. १. सकारिएको; स्वीकार गरिएको; स्वीकृत। ना.
68385 मन्जुर वि. २. स्वीकृति; अनुमति।
68386 मन्जुरनामा ना. कुनै काम, व्यवहारमा यति कारणले मेरो राजीखुसी छ भनी प्रमाणका निम्ति लिखित रूपमा दिइने कागज; स्वीकृतिपत्र।
68387 मन्जुरवाला ना. कुनै काम- कुरा गर्न वा नगर्नका लागि स्वीकृति दिने व्यक्ति; मन्जुर गर्ने व्यक्ति।
68388 मन्जुरी ना. मन्जुर गर्ने वा सकार्ने काम; प्रस्ताव आदिमा जनाइएको स्वीकृति; सहमति।
68389 मन्टिनु अ.क्रि. हे. मुन्टिनु।
68390 मन्टे ना. मन्टाको; मुन्टे।
68391 मन्टेसरी ना. शिशुहरूको प्रकृतिअनुरूप शिशुशिक्षामा जोड दिने एक शिक्षाविद् (पूरा नाम मेरिया मन्टेसरी)।
68392 मन्टेसरी विधि ना. मन्टेसरीद्वारा विकसित, शिशुहरूलाई खेलाउँदै तिनको मानसिक विकास र शिक्षामा जोड दिने एक विधि।
68393 मन्टेसरी स्कुल ना. त्यस्तो विधिद्वारा शिक्षा प्रदान गर्ने स्कुल।
68394 मन्टो ना. हे. मुन्टो।
68395 मन्ट्याइ ना. मन्टिने वा मन्ट्याउने क्रियाप्रक्रिया।
68396 मन्ट्याइनु क.क्रि. मन्ट्याउन लाइनु; मुन्ट्याइनु।
68397 मन्ट्याउनु स.क्रि. घोक्य्राउनु; गर्दन्याउनु; गलहत्याउनु; मुन्ट्याउनु।
68398 मन्ट्याहट ना. मन्टिने भाव, अवस्था वा क्रिया-प्रक्रिया।
68399 मन्डली ना. १. सानो एक समूह; सानो दल।
68400 मन्डली ना. २. कुनै सामूहिक र साहसिक काम गर्नाका निम्ति सङ्गठित जमात; दल।