Dictionary

All Word

68501 मन्दाक्रान्ता ना. प्रत्येक चरणमा मगण, भगण, नगण, दुई तगण र अन्तमा दुई गुरु हुने र चार तथा नौ अक्षरमा यति हुने, सत्र अक्षरको एक वार्णिक छन्द।
68502 मन्दाग्नि ना. रोगीको पाचनशक्ति मन्द हुने र भोक नलाग्ने एक प्रकारको रोग; अजीर्ण; अपच।
68503 मन्दार ना. १. इन्द्रको नन्दनवनका पाँच प्रसिद्ध वृक्षमध्ये एक।
68504 मन्दार ना. २. आँकको रुख।
68505 मन्दार ना. ३. धतुरोको बोट।
68506 मन्दार ना. ४. स्वर्ग।
68507 मन्दार ना. ५. हात्ती।
68508 मन्दार ना. ६. हिरण्यकशिपुको एक पुत्रको नाम।
68509 मन्दिर ना. १. बस्ने घर; वासस्थान; भवन।
68510 मन्दिर ना. २. पूजा आदि गर्नाका लागि मूर्ति स्थापना गरिएको भवन; देवालय।
68511 मन्दिर ना. ३. कुनै विशिष्ट शुभकार्यका लागि बनेको भवन; देवालय।
68512 मन्दिर ना. ३. कुनै विशिष्ट शुभकार्यका लागि बनेको भवन (कलामन्दिर, साहित्यमन्दिर, शिक्षामन्दिर आदि)।
68513 मन्दिर ना. ४. छाउनी; शिविर।
68514 मन्दोदरी ना. रावणकी पत्नी; मय दानवकी पुत्री।
68515 मन्द्र ना. १. गम्भीर ध्वनि; जोरको शब्द।
68516 मन्द्र ना. २. सङ्गीतका तीन प्रकारका स्वरमध्ये अपेक्षाकृत मन्द हुने एक स्वर।
68517 मन्द्र ना. ३. मादल; मृदङ्ग। वि.
68518 मन्द्र ना. ४. सुन्दर; मनोहर।
68519 मन्द्र ना. ५. खुसी; प्रसन्न।
68520 मन्द्र ना. ६. मन्द; धीमा (स्वर)।
68521 मन्द्रसप्तक ना. सङ्गीतमा स्वरहरूको सबभन्दा मसिनो उच्चारण वा ध्वनि।
68522 मन्मथ ना. १. कामदेव।
68523 मन्मथ ना. २. कामवासना; प्रणय; प्रेम।
68524 मन्मथ ना. ३. साठी संवत्सरमध्ये उन्नाइसौँ संवत्सर।
68525 मन्मथी वि. कामुक; कामी।
68526 मन्मय वि. आत्ममय; आत्मनिष्ठ।
68527 मन्वन्तर ना. १. ब्रह्माको एक दिनको चौधौँ भाग; एकहत्तर चतुर्युगको समय।
68528 मन्वन्तर ना. २. मनु।
68529 मन्सनु स.क्रि. मन्छनु; पन्साउनु।
68530 मन्सरा ना. पहेँलो भुस र लाम्चो गेडा हुने मझौला खालको एक प्रकारको धान वा त्यसैको चामल।
68531 मन्साइ ना. मन्सने भाव, क्रिया वा प्रक्रिया।
68532 मन्साइनु क.क्रि. मन्सन लाइनु।
68533 मन्साउनु प्रे.क्रि. मन्सन लाउनु; मन्सने पार्नु।
68534 मपाईँ ना. आफैँले आफूलाई ठुलो वा सम्मानित ठहऱ्याउने चाल; आत्माभिमान; बडप्पन।
68535 मफत वि. १. केही नदिई वा विनामूल्य प्राप्त भएको। क्रि.वि.
68536 मफत वि. २. विनामूल्य; सित्तै; मुफ्त।
68537 मफती वि. विना मूल्यको; मुफती।
68538 मफलर ना. कम्ती चौडा हुने सानो गलबन्दी।
68539 मभिरा ना. धानको जस्तो जरा, कालो कन्द, मुटु आकारको पात र सेता फूल हुने एक हिमाली बुटी।
68540 मम१ सर्व. १. मेरो; आफ्नो। ना.
68541 मम१ सर्व. २. लोभ।
68542 मम२/ममचा ना. मैदाको मुछेको पिठोभित्र मसलादार मासुको धुलो हालेर ससाना डल्ला पारी बफाएर तयार पारिएको खाद्य पदार्थ; मोमोचा।
68543 ममता/ममत्व ना. १. मम वा मेरो भन्ने भाव, विशेषता वा समझ; स्नेह; माया; अनुराग (जस्तो- बाबुआमाको आफ्नो सन्तानप्रति हुने ममता)।
68544 ममता/ममत्व ना. २. मनमा हुने कुनै प्रकारको मोह वा लोभ।
68545 ममता/ममत्व ना. ३. 'म ठुलो हुँ' भन्ने अभिमान; घमन्ड।
68546 मय१ प.स. १. अरू शब्दका पछिल्तिर गाँसिएर तद्रूपता, विकार, प्रचुरता आदि अर्थ बुझाउने तद्धित प्रत्यय (जस्तो- करुणामय, तेजोमय, जलमय, दयामय इ.)।
68547 मय२ ना. २. पाण्डवहरूका निम्ति भव्य भवन बनाइदिने, स्थापत्यकलामा निपुण एक दानव।
68548 मय३ ना. १. मेक्सिकोको प्राचीन जाति।
68549 मय३ ना. २. सो जातिको सभ्यता।
68550 मयल१ ना. केही सानो र टर्रो स्वाद भएको एक जातको नास्पाती।